प्रहरीले रुपन्देहीको सालझण्डीमा अवैध रुपमा काठ काटी ल्याउंदै गरेको अवस्थामा एउटा जीप सहित ३ जना तस्करलाई नियन्त्रणमा लिएको छ। प्रहरी टोलीले गएराति कपिलबस्तुको पिपरास्थित जंगलबाट काटेर ल्याउदै गरेको अबस्थामा बुटवलका रमेश मल्ल , मदन झ्याली मगर र कपिलवस्तुका द्रोण नेपालीलाई पक्राउ गरेको हो। प्रहरीले उनीहरुको साथबाट ५ गोलिया काठ र लु १ च ३०८९ नम्बरको [...]
प्रशासनले रिहा गर्ने आदेशपछि पनि कारागारमै अनसन बसेका भारतका नागरिक समाजका अगुवा अन्ना हजारे र सरकारबीच प्रदर्शनका लागि सरकारले अघि सारेको शर्तहरुमाथि अहिलेसम्म सहमति जुट्न सकेको छैन। यस विषयमा दिल्ली प्रहरी तथा नागरिक समाजका प्रतिनिधिबीच हजारेलाई राखेको तिहाड जेलमा वार्ता भैरहेको छ। प्रहरीले अघि सारेको सर्तमध्ये हजारेले मान्न अस्वीकार गरेको छवटा मध्ये पांच वटा बुंदामा [...]
विश्व वैकका बङलादेश र नेपालका सामाजिक विकास मामिला हेर्ने कन्ट्री डाइरेक्टर एलेन्ट गोल्डस्टिन र कन्ट्रिमेनेजर क्रिस्टिना काइम्स आफ्ना कार्यक्रम हेर्न काभ्रेका गाउंगाउंमा पुगेका छन् । उनीहरुले काभ्रेको कानपुरका बिभिन्न गाउंमा गएर विश्व बैकंद्वारा संचालित कार्यक्रको अवलोकन गरेका थिए। गाउं पुगेका विश्व बैकका निर्देशकसहितको टोलीलाई स्थानीयबासीले खादा र मालाले स्वागत गरेका थिए। विश्व बैकको आर्थिक सहयोगमा [...]
बिहान एघार बजेका लागि बोलाइएको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक अझै सुरु हुन सकेको छैन। प्रधानमन्त्री झलनाथ खनालको राजीनामापछि नयां सरकारको नेतृत्वको दाबी गर्दै आएको नेपाली कांग्रेसमा प्रधानमन्त्रीको उम्मेदवारका विषयमा किचलो बढेपछि केन्द्रीय समितिको बैठक प्रभावित भएको हो। हिजो सभापति सुशील कोइरालाको निवास महाराजगन्जमा बसेको पार्टीका शीर्ष नेताहरुको बैठकले सहमतीय सरकारको नेतृत्वका लागि बरिष्ठ नेता [...]
व्यवस्थित ढल निकास नहुंदा सिरहाको लहान वजार डुबानमा परेको छ। व्यवस्थित ढल निकास नहुंदा लाहान नगरपालिका भित्रका सडक, सरकारी कार्यालय तथा निजी घर डुबानमा परेका हुन्। सडक तथा वजारमा पानी जमेपछि सर्वसाधारणलाई सरकारी कार्यालयमा सेवा लिन जान समेत सम्ास्या हुने गरेको छ। पानी निकास नहुदा लहान नगरपालिका कार्यालय, विद्युत प्राधिकरण, भू–संरक्षण, खानेपानी तथा सरसफाइ डिभिजन, [...]
राष्ट्रपतिले दिएको समयसीमा भित्र आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन एकीकृत नेकपा माओवादीले दलहरुबीचको छलफललाई तीव्रता दिएको छ। मंगलवार बसेको माओवादी पदाधिकारी बैठकले उपाध्यक्ष डाक्टर बाबुराम भट्टराईको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन अन्य दलहरुसंगको वार्तालाई तीव्रता दिने निर्णय गरेको थियो। सोही अनुसार माओवादीले सरकार निमार्णमा आफ्नो पार्टीलाई समर्थन जनाउन आग्रह गर्ने उद्देश्यसहित आज मधेशी मोर्चासंग [...]
अविरल वर्षापछि बांकेको राप्तीनदीमा पानीको सतह बढ्ने क्रम जारी छ। नदीमा पानीको सतह बढ्दै गएपछि नदी आसपासका आधादर्जन गाविसहरु डुबानको जोखिममा छन्। कुसुमस्थित जलमापन केन्द्रका अनुसार अहिले पानीको सतह ४ दशमलव ५ मिटर पुगेको छ। नदीमा पानीको सतह बढ्नेक्रम जारी रहेको गेजरिडर भद्रबहादुर थापाले जानकारी दिनुभयो। कुसुममा पानीको सतह ५ दशमलब ४० मिटर पुगे भारतले [...]
राज्यबाट प्रदान गरिने हरेक सेवा सुविधामा पछाडी परेको गुनासो गर्ने सुदुरपश्चिम अहिले खेलकुद क्षेत्रबाट भने चर्चै चर्चाको शिखरमा उभिन पुगेको छ। सुदुरपश्चिमका मुख्य गरी कैलालीको धनगढी र कन्चनपुरको महेन्द्रनगरका वासिन्दाहरु आगामी फागुनमा हुने छैटौं राष्ट्रिय खेलकुदलाई भव्यरुपमा सम्पन्न गर्ने तयारीमा छन्। उनीहरुको एउटै चाहना छ। राज्यको आँखा नपुगेको सुदुरपश्चिममा खेलकुदले नयाँ सन्देश दिनेछ। सुदरपश्चिमका यी [...]
सिन्धुली जिल्लाकै पहिलो जुस उद्योगको रुपमा जुनार र भुईकटहरको जुस उत्पादन गर्ने उद्योग संञ्चालनको तयारी सुरु भएको छ। जुनार र भुईकटहरका लागि प्रख्यात सिन्धुलीमा सिन्धुली उद्योग वाणिज्य संघको पहलमा उद्योग संचालन गर्ने तयारी भएको हो। उद्योग संञ्चालनका लागि नेपाल उद्योग वाणिज्य महासंघले सहयोगको आश्वासन दिएकाले उद्योग संचालनका लागि तयारी सुरु भएको सिन्धुली उद्योग वाणिज्य संघले [...]
पर्साको निर्मलबस्ती गाविसको विजयबस्ती क्षेत्रबाट प्रहरीले ठूलो परिमाणमा लागू औषध गांजा बरामद गरेको छ। गाउसंगै जोडिएको वन क्षेत्रमा रहेका झुपडीहरुबाट प्रहरीले करिब १० क्वीन्टल गाजा बरामद गरेको हो। प्रहरीले त्यहावाट गांजा प्रसोधन गर्ने तयार पार्ने काठ र फलामका केही उपकरणसमेत बरामद गरेको जनाएको। अविरल बर्षाका कारण बाटोमा पर्ने खोलाहरुको जलस्तर वृद्धि भएकाले बरामद भएको गांजा [...]