पछिल्लो समय समाचार लेखेकै आधारमा देशभर पत्रकारहरुमाथि भैरहेको भौतिक आक्रमणको घटनामाथि छापा माध्यमका सम्पादकहरुले एमाले अध्यक्ष एवं प्रधानमन्त्री झलनाथ खनालको ध्यानाकर्ष गराएका छन्। नेकपा एमाललेको पार्टी कार्यालय बल्खुमा पुगी सम्पादकहरुले समाचार लेखेकै आधारमा पत्रकारहरुमाथि सांघातिक हमला भइरहनुले मुलुकमा व्याप्त रहेको दण्डहिनतालाइ प्रश्रय दिएको बताएका छन्। पत्रकार आक्रमण गर्ने अभियुक्त पशुराम बस्नेतलाई पक्राउ नगर्नु, एमाले निकट [...]
प्रधानमन्त्री झलनाथ खनालले भोलिसम्ममा राजीनामा दिने प्रतिवद्वता पुनः ब्यक्त गर्नुभएको छ। पार्टी मुख्यालय बल्खुमा आज बसेको एमाले केन्द्रीय कमिटीको बैठकमा प्रधानमन्त्री झलनाथ खनालले भोलिम्ममा राजीनामा दिने प्रतिवद्वता जनाउनुभएको एमाले प्रचारबिभाग प्रमुख प्रदीप ज्ञवालीले जानकारी दिनुभयो। उहांले प्रधानमन्त्री खनालले भोलि संसदमा सम्बोधन गरि राजीनामा दिने पनि जानकारी दिनुभयो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री खनालले केन्द्रीय [...]
पदवहाली गरेको डेढसाता पनि बित्न नपाउदै उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले उच्च प्रहरी अधिकृत डिआइजीहरुको सरुवा गरेपछि प्रहरी प्रशासनमा असन्तुष्टि देखिएको छ। गृहमन्त्री श्रेष्ठले आफ्नो तजबिजमा डिआइजीकेा सरुवा गरेको भन्दै प्रहरी संगठनमा असन्तुष्टि छाएको हो। ढिलै भए पनि एकीकृत नेकपा माओवादीका नेता कृष्ष्ण बाहादुर महरा गृहमन्त्री भएका थिए तर आफ्नै पाटि्रको निर्णयको कारण धेरै समय [...]
एकीकृत नेकपा माओवादीका नेता देव गुरुङ्गले राष्ट्रिय सहमतिको आधार बिना प्रधानमन्त्रीले राजीनामा दिन नहुने वताउनुभएको छ। क्रान्तिकारी पत्रकार संघले बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता गुरुङले अहिलेकै अवस्थामा राजीनामा दिए मुलुक अस्थिरता र अराजकता तर्फ धकेलिने खतरा भएकाले सहमतिको सरकार गठन हुने आधार तयार भएपछि मात्र राजीनामा दिनुपर्ने बताउनुभयो। उहाले प्रधानमन्त्रीले विकल्प बिना राजीनामा दिएर [...]
नेपाली कांग्रेसका महामन्त्री कृष्ण सिटौलाले कांग्रेसले राष्टिय सहमतिय सरकार गठनको प्रयास गर्ने र असम्भव भए बहुमतिय सरकारको भएपनि नेतृत्व गर्ने बताउनु भएको छ। झापाको विर्तामोडमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री सिटौलाले शान्ति प्रक्रिया नेपाली कांग्रेसको नेतृत्वको सरकारले मात्र टुङ्गोमा पुर्याउन सक्ने भएकाले अवको सरकारको नेतृत्व कांग्रेसले गर्ने दावी गर्नुभयो। उहाले शिविरमा रहेका लडाकुको [...]
राष्ट्रिय खेलकुद परीषदले आउदो फागुनमा सुदुरपश्चिममा गर्ने भनेको छैटौ बृहत राष्टिय्र खेलकुदका लागि एक साता भित्र स्थानीय तहमा समितीहरु बनाएर कामको जिम्मेवारी सम्पने भएको छ। युवा तथा खेलकुद मन्त्री ओनसरी घर्तिमगरको नेतृत्वमा सुदुपश्चिमको भ्रमणमा निस्केको निरीक्षण टोलीले धनगडी र कञ्चनपुरको निरीक्षण गरीसकेपछि स्थानीय तहमा जिम्मेवारी दिने सोच बनाएको हो। टोलीले आज विहान महेन्द्रनगरका विभिन्न खेल [...]
बर्माकी प्रजातन्त्रवादी नेतृ आङ सान सूची रिहा भएपछि पहिलो पटक रङ्गुन बाहिर राजनीति यात्रामा निस्केकी छन्। उनी नोभेम्बरसम्म घरमै नजरबन्दमा रहेकी थिइन्। बर्माको प्रमुख शहर रङगुनबाट ८० किलोमिटर उत्तरमा पर्ने बागोकोमा सम्बोधन गर्दै उनले राष्ट्रिय एकताका लागि आह्वान गरेकी छिन। राजधानी बागोमा उनी चढेको सवारी साधान प्रवेश गर्दा सडकको दुवै किनारामा भेला भएका सयौं नागरिकले [...]
सुदूरपश्चिम दबाब समूहले सुदूरपश्चिमको समग्र विकासका लागि जारी गरेको २१ बुदे मागप्रति ऐक्यवद्धता जनाउदै आज धनगढीमा विभिन्न विद्यार्थी संगठनले र्याली निकालेका छन्। सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र यसका आंगिक क्याम्पस, मेडिकल कलेज, कृषि क्याम्पस, छैठौं राष्ट्रिय खेलकुद र भौतिक पूर्वाधारको निर्माण लगायतका २१ वटा माग सहित र्याली निकालिएको हो। र्याली धनगढी वजार परिक्रमा गरि एलएन चोकमा पुगेर [...]
बेजोड अभिनयका कारण ५० र ६० को दसकमा हिन्दी सिनेमाको पर्दाका चर्चित अभिनेता शम्मी कपुरको आइतवार विहान निधन भएको छ । ७९ वर्षका कपुर पछिल्ला केही वर्षदेखि विरामी थिए ।उनको मृगौलाले काम नगरेपछि डाइलासिस गरिंदै आएको उनको पारिवारिक स्रोतले बताएको छ । सातामा तीनपटकसम्म डाइलासिस गर्नुपर्ने भएका उनी मुम्बइको बीच क्याण्डी अस्पतालको गहन चिकित्सा इकाइमा [...]
ज्ञानका विभिन्न स्रोतहरुमा नेपालीको समान पहुंच छैन। पुस्तकालय मात्र यस्तो स्रोत हो जहां नेपालीको अधिक पहुंच सम्भव छ। तर राजधानीबाहिर रहेका समृद्ध पुस्तकालयमा पनि प्रचारप्रसारको अभावका कारण नागरिकको पहुंच छैन। रुपन्देहीको बुटवलस्थित महावीर पुस्तकालय ओझेलमा परेको यस्तै एक समृद्ध ज्ञानको भण्डार हो। विक्रम सम्वत् दुई हजार चार सालमा स्थापना गरिएको यो पुस्तकालय बुटवलमा छ भन्ने [...]