Articles Posted on August 12th, 2011

  • syria

    अमेरिकाद्बारा भारत र चीनलाई आग्रह

    अमेरिकाले सिरिया सरकारले शान्तिपूर्ण विरोध प्रदर्शनमा उत्रिएका आफ्नै नागरिकमाथि हिंसात्मक दमन गरेकाले उसमाथि नाकाबन्दी गर्न भारत र चीनलाई आग्रह गरेको छ। विदेशमन्त्री हिलारी क्लिन्टनले नाकाबन्दीको आग्रह गर्दै चीन र भारतको उर्जा क्षेत्रमा भएको लगानीका कारण सिरियामाथि कठोर कदम चाल्न असजिलो भैरहेको आफूले बुझेको पनि बताएकी छन्। क्लिन्टनले अन्य मुलुकको सहकार्य नहुने अवस्थामा अमेरिकाले मात्र सिरियामाथि [...]

  • patanjali-gyapan-patra

    पतन्जली योगपीठ समितिले जिल्ला कार्यालय काठमाडौंमा ज्ञापनपत्र बुझाए

    भारतका योगगुरु बाबा रामदेवका प्रमुख सहयोगी आचार्य बालकृष्णमाथि झुठा आरोप लगाई फसाउन खोजिएको भन्दै पतन्जली योगपीठ समितिले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ज्ञापनपत्र बुझाएको छ। भारतीय योगगुरु रामदेवको भष्टाचार विरुद्धको अभियानमा नेतृत्व पंक्तीमा रहे र योगदान दिंदै आएका बालकृष्णलाई भारतले नेपाली भनी शक्तिकेन्द्रबाट विस्थापित गर्ने षड्यन्त्र रचेको पतंजली योगपीठ समितिको ज्ञापनपत्रमा उल्लोख गरिएको छ। ज्ञापनपत्र बुझ्दै [...]

  • nepal-criket-teamjpg

    दोस्रो स्थान हात पारेका नेपाली क्रिकेट टोली स्वदेश फर्कदै

    सन् २०१२ मा अष्ट्रेलियामा हुने अन्डर १९ विश्वकप क्रिकेटको छनोट खेलमा उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो स्थान हात पारेको नेपाली क्रिकेट टोली आज नेपाल फर्कदै छ। आयरल्याण्डमा सम्पन्न भएको विश्वकप छनोट खेलमा नौ खेलमा सातमा जित हात पारेको नेपालले स्कटल्याण्ड र क्यानडासंग पराजयको सामना गरेको थियो। सुरुवाती खेलमा ब्याटिङमा कमजोर देखिएको नेपालले पछिल्ला खेलमा भने उत्कृष्ट [...]

  • rajyabebasta

    राज्यव्यवश्था समिति

    व्यवस्थापिका संसद्को राज्यव्यवस्था समितिले नेपाली सेना मातहत रहेका पुरातात्विक हतियार बेचिएको भनिएको घटनाको निर्णय र सो क्रममा विभिन्न निकायसंग भएका पत्रचारका बारेमा पांचदिनभित्र विस्तृत  जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ। एघार वर्ष अगाडि नेपाली सेना मातहत रहेका चारसय पचास टन भन्दा बढी ऐतिहासिक हतियार एक अमेरिकी कम्पनीलाई बेचिएको समाचार हालै सार्वजनिक भएपछि राज्यव्यवस्था समितिले आजबाट [...]

  • bandh

    सदरमुकाम बेसीसहर बन्द

    प्रस्तावित लमजुङ नगरपालिकाको केन्द्र सदरमुकाम बेसीसहरमा राख्न माग गर्दै बेसीसहरबासीले आज सदरमुकाम बेसीसहर बन्द गरेका छन्। बन्द आव्हानका कारण बेसीसहरका सम्पुर्ण पसल, उद्योग कलकारखाना तथा विद्यालय बन्द रहेका छन्। बन्दका कारण सदरमुकाम बेसीसहरबाट छुट्ने लामो तथा छोटो दुरीको सवारी साधन छुट्न सेकनन्। सरकारले लमजुङ सदरमुकाम बेसीसहर, गाउंसहर र उदीपुर गाविसलाई समेटेर लमजुङ नगरपालिका घोषणा गरेपछि [...]

  • पत्रकार किशोर बुढाथोकीमाथि आक्रमण

    पत्रकार किशोर बुढाथोकीमाथि आक्रमण

    नेपाल पत्रकार महासंघ सङखुवासभाका सह–सचिव किशोर बुढाथोकीमाथि गएराति आक्रमण भएको छ।  सङखुवासभा खाँदबारीका बिकास राई लगायत ४ जनाको समुहले पत्रकार बुढाथोकीलाई मरणासन्न हुने गरी कुटपिट गरेको हो। गएराति  कोठामा सुतिरहेको अवस्थामा राईले बाहिर बोलाई कुटपिट गरी बोहोस बनाएर ओछ्यानमै पुर्‍याएका थिए। बुढाथोकीको टाउको र पेटमा खुकुरीको गहिरो चोट लागेको छ भने दांत भाँचिएको छ। उनको [...]

  • sushil-koirala

    अब बन्ने सरकारको नेतृत्व नेपाली कांग्रेसलाई दिन आग्रह : सुशील कोइराला

    नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले अब बन्ने सरकारको नेतृत्व नेपाली कांग्रेसलाई दिन एमाले अध्यक्ष एवम् प्रधानमन्त्री झलनाथ खनाललाई आग्रह गर्नु भएको छ। प्रधानमन्त्री झलनाथ खनालले पदबाट राजीनामा दिनु एक दिनअघि कांग्रेस सभापति कोइरालाले प्रधानमन्त्री एवम् एमाले अध्यक्ष खनाललाई भेटी कांग्रेस नेतृत्वको नयां सरकारमा सहमति जनाउन आग्रह गर्नु भएको हो। अस्वस्थताका कारण निवासमा आराम गरिरहनु भएका [...]

  • father-two-child-kidnapped

    आप्नै बाबुद्बारा नमुना र नबिनाको हत्या

    आफैंले जन्माएका छोराछोरीप्रति आमाबाबुको माया कति होला? यो मापन गर्न विषय होइन। आफ्नै मुटुको टुक्राका रुपमा लिइने छोरा छोरीको कुनै बाबु आमाले हत्या गर्न सक्ला? यो अर्को प्रश्न। तर, पर्वतका एक पापी बाबुले आफ्ना दुई कलिला नानीको हत्या गरेको रहस्य खुलेको छ।  पर्वतको पिपलटारी गाबिसमा वडा नम्बर नौ सिल्मी फांटका कृष्णप्रसाद तिवारीका दुई छोरी सात [...]

  • geetkilla

    बुटवलको जितगढी किल्लाको अस्तित्वनै संकटमा

    नेपालकै ऐतिहासिक धरोहरको रुपमा रहेको बुटवलको जितगढी किल्ला उचित संरक्षण र प्रचार प्रसारको अभावमा ओझेलमा मात्र परेको छैन अस्तित्वनै संकटमा  परेको छ। सन् १८१४ ताका तत्कालिन पाल्पाली राजा मणिमुकुन्द सेनले अंग्रेज फौजसंगको युद्धमा पाल्पालाई विजयी गराउन युद्ध गरेको यो स्थान अहिले जीर्ण अवस्थामा छ। यही अवस्था रहीरहने हो यो गढी इतिहासका पानामा मात्रै सीमित रहने [...]

  • congress-bhathak-stagit

    प्रधानमन्त्रीको उम्मेदवारी सम्बन्धी विषयका कारण आजको बैठक स्थगित

    नेपाली कांग्रेस केन्द्रीय समितिको आज बस्ने भनिएको बैठक स्थगित भएको छ। राज्य पुर्नसंरचना सम्बन्धी प्रस्तावमा छलफल गरिरहेको कांग्रेसको हिजोको बैठकमा प्रधानमन्त्रीको भावी उम्मेदवार को बन्ने भन्ने विषयले प्रवेश पाएको थियो। हिजोको बैठकमा वरिष्ठ नेता शेरबहादुर देउवा र संसदीय दलका नेता रामचन्द्र पौडेल दुवैले आफूलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा प्रस्तुत गरेका थिए। प्रधानमन्त्रीको उम्मेदवारी सम्बन्धी विषयमा विवाद [...]