लुम्बिनीमा ३ अर्ब अमेरिकी डलरको महत्वाकांक्षी परियोजना तयार पारिरहेको भनिएको एसिया प्यासिफिक एक्स्चोन्ज कोअपरेसन एपेकले आफ्नो योजनाका बारेमा आजै पत्रकार सम्मेलन गर्दै छ। लुम्बिनीको स्थलगत अध्ययन भ्रमण गरी काठमाण्डौ फर्केको एपेकको प्रतिनिधिमण्डलले पत्रकार सम्मेलन गरी आफ्नो योजना सार्वजनिक गर्न लागेको हो। मलेशियामा भएको एपेकको बैठकपछि सो संस्थाका सहअध्यक्ष समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहालका साथ [...]
काठमाडौं बौद्धस्थित पांच तारे ह्यात होटेलका मजदुरहरुले सरकारले व्यवश्था गरेबमोजिम तलबभत्ता वृद्धिको माग गर्दै नौ दिनयता धर्ना दिदैं आएका छन्। सरकारले हालै राजपत्रमा पाचसय रुपैया तलब र एघारसय रुपैया भत्ता वृद्धि गरेको जनाएपनि होटेल ह्यातले वेवास्ता गरेको मजदुरहरुले जनाएका छन्। आधा घण्टाबाट थालिएको धर्ना कार्यक्रम दैनिक आठघण्टासम्म पुग्दापनि होटेल व्यवश्थापनले कुनै सुनुवाइ नगरेकाले आन्दोलनलाई सशक्त [...]
सन् २०१२ मा अष्ट्रेलिया र न्यूजिल्याण्डमा सञ्चालन हुने अन्डर नाइन्टीन विश्वकप क्रिकेटमा नेपाले समूह चरणमा नै बलिया राष्ट्रको सामना गर्नुपर्ने भएको छ। बिहीबार अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले सार्वजनिक गरेको खेल तालिका अनुसार, नेपाल समूह एमा परेको छ। जसमा डिफेन्डिङ च्याम्पियन अष्ट्रेलिया, सन १९९८ को विजेता इङ्ल्याण्ड तथा आयरल्याण्ड परेको छ। नेपाल आयरल्याण्डमा सम्पन्न छनौट खेलमा दोस्रो [...]
राजनीतिक दलहरुबीचको असहमतिका कारण शान्ति र संविधानको भविष्य अन्योलमा परेको बेला राष्ट्रपति डाक्टर रामवरण यादवले प्रमुख तीन दल र मधेशवादी दलबीचको सहमतिले मात्र शान्ति र संविधान निर्माण प्रक्रिया अघि बढ्ने बताउनुभएको छ। रिपोटर्स क्लव नेपालले आज राष्ट्रपति कार्यलयमा गरेको साक्षात्कार कार्यक्रममा राष्ट्रपति यादवले शान्ति र संविधानको लागि सहमतीय सरकारको आवश्यकता रहेको उल्लेख गर्नुभयो। विगतका बहुमतीय [...]
घरबाट बिद्यालय जाने क्रममा अपहरणमा परेका ९ वर्षीय बालकलाई भारतको राजधानी नयांदिल्लीबाट सकुशल उद्धार गरी आज परिवारको जिम्मा लगाइएको छ। दाङको तुल्सीपुर नगरपालिकाका खेलावन बर्माका कान्छा छोरा सुरज बर्मालाई नयांदिल्लीवाट उद्धार गरी नेपालगन्ज ल्याइएको हो। तुल्सीपुरको इन्नोभटिभ ज्ञानज्योती पब्लिक स्कुलमा कक्षा २ मा अध्ययनरत बर्मालाई आजै परिवारको जिम्मा लगाइएको छ। गत चैत ७ गते घरवाट [...]
संसदको सार्वजनिक लेखा समितिले नेपाल रेलवे सेवा कम्पनिलाई भौतिक योजना तथा निर्माण मन्त्रालय मातहत ल्याई रेलवे सेवाको संचालन तथा भौतिक पूर्वाधारको विकास गर्न सरकारलाई निर्देशन दिएको छ। रेलवे सेवाको विस्तार तथा पुर्वाधार निर्माणमा नेपाल सरकारका दुई वटा मन्त्रालयले छुट्टाछुट्टै काम गरी रहेका छन्। श्रम तथा यातायात व्यवस्था मन्त्रालयले नेपाल रेलवे सेवा कम्पनिबाट व्यवस्थापन लगाएतका कार्य [...]
रसुवा जिल्लाको प्रसिद्ध धार्मिक तीर्थस्थल गोसाईंकुण्ड मेलामा तीर्थयात्री जाने क्रम सुरु भएको छ। साउन शुक्ल पूर्णिमाका दिनदेखि जनैपूर्णिमासम्म ५ दिन लाग्ने मेलामा स्नान गर्न तीर्थयात्रीहरुको जाने क्रम सुरु भएको हो। देशका विभिन्न जिल्लाबाट गोसाईकुण्ड जाने तर्थयात्री वढेपछि सदरमुकाम धुन्चेमासमेत चहलपहल बढेको छ। सदरमुकाम धुन्चेबाट दुई दिनको पैदल यात्रापछि पुगिने सो स्थानमा हजारौं तीर्थयात्रीहरुको वर्षेनी भीड [...]
विना प्रमाणपत्र र विना इजाजत क्लिनिक र औषधि पसल संचालन गर्ने एक नक्कली डाक्टरलाई आज विराटनगरवाट प्रहरीले पक्राउ गरेको छ। विराटनगर गुद्री बजारस्थित लिलादेवी साहको घरमा कोठा भाडा लिई डाक्टर हुं भन्दै क्लिनिक संचालन गरी विरामीलाई ठगी गर्दै आएका ५९ वर्षीय अजमल हुसेनलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीले हुसेनको क्लिनिकवाट अबैध रुपमा विक्री गर्दै आएको [...]
गत शनिवार आत्महत्या गरेकी बुटवल जोगिकुटीकी ४२ वर्षीया कविता थापाको शव आज आफन्तले जिम्मा लिएका छन्। घटनाको छानबिन गर्न गठित संसदीय छानबिन समितिले घटनाको अध्ययन गरी परिवारको मागको सुनुवाई गर्ने आश्वासन दिएपछि आफन्तले आज शव बुझेका हुन्। सभासद् विनोद पहाडीको संयोजकत्वमा गठित समितिले हिजो घटनास्थल योगिकुटीमा पुगी मृतकका परिवारसंग घटनाका बारेमा जानकारी लिएको थियो। समितिले [...]
गत शनिवार अफगानिस्तानमा मारिएका एक फ्रान्सेली सैनिक नेपाली भएको खुलेको छ। अफगानिस्तानमा मारिनेमा स्याङ्जाको पकवादीका तीस वर्षीय किसनवहादुर थापा रहेको खुलेको हो। घटनामा उनीसहित एक अफि्रकी मुलका फ्रान्सेली सैनिक पनि मारिएका थिए भने पांच जना घाइते भएका थिए। थापाका श्रीमती र ६ वर्षे छोरा छन्। थापाको मृत्यु भएको दोस्रो दिन गत आइतवार मात्रै श्रीमती रेनुलाई [...]