Articles Posted on August 8th, 2011

  • teacher-strike

    शिक्षक आन्दोलन

    आफूहरुका माग पूरा नभएको भन्दै नेपाल राहत शिक्षक संघर्ष समिति बाजुराले  चरणबद्ध आन्दोलन सुरु गरेको छ।  राहत शिक्षकहरुले आफुहरुको माग पूरा गर्न दबाब दिदै जिल्ला शिक्षा कार्यालय बाजुरामा तालाबन्दी गरी धर्नामा बसेका छन्। साउन २० गते बुझाएको चार बुदे ज्ञापनपत्रका बारेमा कुनै सुनुवाइ नभएको भन्दै राहत शिक्षकहरुले माग पूरा नभएसम्म जिल्ला शिक्षा कार्यालय बाजुरामा लगाइएको [...]

  • bangladesh-pm

    बंगलादेश अदालतले पूर्व प्रधानमन्त्री खालेदा छोराविरुद्ध पक्राउ पूर्जी जारी

    बंगलादेशको एउटा अदालतले पूर्व प्रधानमन्त्री खालेदा जियाका छोराविरुद्ध सोमबार पक्राउ पूर्जी जारी गरेको छ। अदालतले भ्रष्टाचार गरेको करोडौं रुपैंया विदेशमा जम्मा गरेको र मुद्रा निर्मलीकरणको आरोपमा जियाका जेठा छोरा तारेक रहमानविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो। विशेष अदातलले रहमान र उनका व्यापारिक साझेदार दोषी ठहर्‍याउँदै पक्राउ पूर्जी जारी गरेको हो। अदातलती सुनुवाइमा भने रहमान अनुपस्थित [...]

  • आमा समूहका पदाधिकारी विवाद

    आमा समूहका पदाधिकारी विवाद

    सुधार्ने नाममा दिइएको यातनापछि बुटवलकी एक महिलाले आत्महत्या गरेपछि बुटवलको जोगीकुटीस्थित जनजागरण आमा समूहका पदाधिकारीहरु विवादमा तानिएका छन्। मादक पदार्थ खाई होहल्ला गर्ने बानीमा सुधार गर्न जनजागरण आमा समूहका पदाधिकारी तथा सदस्यहरुले कविता थापालाई गत शनिबार बुटवलको जोगिकुटीस्थित मन्दिरमा लगी यातना दिएका थिए। त्यसलगत्तै कविताले आफ्नै घरको सुत्ने कोठामा पासो लगाई आत्महत्या गरेकी थिइन्। कविताका [...]

  • pashupati-shamshr-rana

    प्रमुख तीनदलको अकर्मण्यताका कारण मुलुकले निकास पाउन नसकेको आरोप : शमशेर राणा

    राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले प्रमुख तीनदलको अकर्मण्यताका कारण मुलुकले निकास पाउन नसकेको आरोप लगाउनु भएको छ। जनकपुरमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राणाले तीन दलको हैकमवादी प्रवृतिले मुलुकले निकास पाउनुको सट्टा मुलुक अनिर्णयको बन्दी वनेको बताउनुभयो। उहाले प्रधानमन्त्रीले साउन २८ गते भित्र शान्ति प्रक्रियाले ठोस आकार नलिए आफुले राजीनामा गर्ने घोषणा गरेपनि [...]

  • kamal-thapa1

    माओबादी बाहेक देशका अधिकांश पार्टी नयां चुनाबको पक्षमा : कमल थापा

    राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले एकीकृत नेकपा माओबादी बाहेक देशका अधिकांश पार्टी नयां चुनाबको पक्षमा रहेको बताउनुभएको छ। जनकपुरमा पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले चुनावबाट दादागिरी समाप्त हुने डरले माओवादीले चुनावको बिरोध गरेको बताउनुभयो। उहांले बर्तमान अवस्थाको निकास चुनावलेमात्र दिन सक्ने भएपनि तीन दलको क्रियाकलापले नेपाली जनातलाई निराश बनाएको बताउनुभयो। [...]

  • दुई स्कुले बालिकाको अवस्था अझैसम्म अज्ञात

    दुई स्कुले बालिकाको अवस्था अझैसम्म अज्ञात

    पर्वतको पिपलटारी गाबिसबाट एक साताअघि अपहरित दुई स्कुले बालिकाको अवस्था अझैसम्म अज्ञात रहेको छ। अनुसन्धान प्रकृया निष्कर्षमा पुग्न कठिनाई भएपछि अपहरणको नबौं दिनसम्म पनि बालिका तथा अपहरणकारीका बारेमा कुनै पत्तो लाग्न नसकेको हो। परिवारले सही जानकारी नदिने र अपहरणकारीले अहिलेसम्म कुनै सम्पर्कसमेत नगरेकाले अनुसन्धानमा कठिनाइ भएको प्रहरीले बताएको छ। पर्वतको पिपलटारी गाबिसको वडा नम्वर नौ [...]

  • youth-force

    युथफोर्स कार्यकर्ताको हत्या

    नेकपा एमाले निकट युथ फोर्सका जनकपुर नगर इञ्चार्ज माथबर मुखियाको हत्या भएको छ।  गोली लागी घाइते भएका मुखियाको जनकपुर अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीले गोली हान्ने सर्लाहीका मुकेश पण्डितलाई पक्राउ गरेको छ। मुखियालाई जनकपुर कुवामा गोली प्रहार भएको थियो।

  • jewellery-expo

    ज्वेलरी एक्स्पो

    नेपालका मौलिक र अत्याधुनिक गरगहनाबारे विस्तृत जानकारी गराई आन्तरिक तथा बाह्य बजार प्रवर्द्धन गर्ने उदेश्यका साथ नेपाल रत्न तथा आभूषण संघले प्रथम नेपाल जेम्स ज्वेलरी एक्स्पो आयोजना गर्ने भएको छ । यस एक्स्पोले मुलुकमा जेम तथा ज्वेलरी क्षेत्रलाई प्रवर्द्धन गर्न टेवा पुरयाउने संघले जनाएको छ। काठमाडौको होटल सोल्टीमा भदौ २ गते देखि ४ गतेसम्म चल्ने  [...]

  • kendriya-tatyang

    नेपाल जीवन स्तरमा वृद्धि

    नेपाली जनताको उपभोग्य क्षमता पन्ध्र वर्षमा उच्च वृद्धि भएको केन्द्रीय तथ्याङ्क विभागको सर्वेक्षणले देखाएको छ। विभागले सार्वजनिक गरेको नेपाल जीवन स्तर सर्वेक्षण तेस्रोको नतिजा अनुसार २०५२/५३मा एकाउन्न प्रतिशत जनताको खाद्य उपभोग आवश्यकता भन्दा कम थियो। तर अहिले सोह्र प्रतिशत जनतामा मात्र खाद्य समस्या देखिएको विभागको निश्कर्ष छ। देशभरका छानिएका घर परिवारबाट तथ्याङ्क संकलन गरि जनताको [...]

  • Nepali-Congress

    कांग्रेस विवाद

    कांग्रेसवृत्तमा यतिबेला संसदीय दलको नेता परिवर्तनको विषय उत्कर्षमा पुगेको छ। वरिष्ठ नेता शेरबहादूर देउवाले  संसदीय दलको नेता बन्न हस्ताक्षर अभियान नै थालेपछि कांग्रेसभित्र चर्किएको विवादले उग्र रुप लिने संकेत देखिएको छ। आफूलाई भाबी प्रधानमन्त्रीको रुपमा दाबी गर्न थालिसकेका कांग्रेसका वरिष्ठ नेता शेरबहादूर देउवा यतिबेला कांग्रेस संसदीय दलको नेता बन्ने लबिङमा लागि रहेका छन्। पदाधिकारी मनोनयनको [...]