सरकारले पांच बुदे सहमति कार्यान्वयन गर्ने प्रतिवद्धता पुनः जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री झलनाथ खनालले यस्तो प्रतिवद्धता जनाउनुभएको हो। उहांले साउन २८ भित्र शान्ति प्रक्रियालाई गतिशिल बनाउने गरि काममा जुट्न पनि मन्त्रीहरुलाई निर्देशन दिनुभएको छ। यसैगरि बैठकले नेपाल विद्युत प्राधिकरणको अध्यक्षमा ऊर्जा सचिव रहने ब्यवस्था गरेको छ। विद्युत प्राधिकरण ऐन संशोधन गरि उर्जा सचिव अध्यक्ष रहने ब्यवस्था गरिएको हो।
यस अघि उर्जा मन्त्री अध्यक्ष रहने ब्यवस्था थियो। सरकारले सरसफाइ गुरुयोजना पनि पारित गरेको छ।









There are currently no comments on सरकारले पांच बुदे सहमति कार्यान्वयन गर्ने प्रतिवद्धता पुनः जनाए. Perhaps you would like to add one of your own?