नेता परिवर्तन र हस्ताक्षर संकलन सबै बेमौसमको बाजा भएको प्रकाशमान सिंह भनाई

Written by admin. Posted in राजनीति, विशेष

Published on August 04, 2011 with

नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले पार्टी संसदीय दलका नेता परिवर्तनको खेलमा लागेर हस्ताक्षर संकलन गर्नुलाई बेमौसमको बाजा भएको टिप्पणी गर्नुभएको छ। प्रेस युनियन सप्तरीले राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री सिंहले हस्ताक्षर संकलन अभियानलाई आफूले पार्टीलाई संगठित रुपमा अगाडि बढाउनमा अवरोधको रुपमा लिएको बताउनुभयो।

विशेष समितिको बैठकमा अनुपस्थित भएर माओवादीले शान्ति प्रक्रियालाई अगाडि बढाउन नचाहेकोले शान्ति प्रक्रियाको बाधकको रुपमा माओवादी देखापरेको आरोप लगाउनु भयो। पांच बुंदे सहमतिलाई संसदले समेत अनुमोदन गरिसकेको अवस्थामा संसदीय अभ्यास र मान्यता विपरित मन्त्रीपरिषद् पुनर्गठन गरेका कारण प्रधानमन्त्री झलनाथ खनाललाई कुर्सीमा बस्नुको औचित्य समाप्त भएको बताउनुभयो।

facebook comments:

Leave a Comment