Articles Posted on August 4th, 2011

  • tin-dal-and-morcha

    तीन दल र मधेशी मोर्चा छलफलमा जुटे पनि कुनै सहमति जुट्न सकेन

    संविधानसभाको थप भएको तीन महिना सकिन लाग्दा पनि दलहरु राज्यपुनरसंरचना आयोग गठनका विषयमा सहमतिमा पुग्न सकेका छैनन्।  सिंहदरवारस्थित राज्य व्यवस्था समितिको कार्यकक्षमा आज राज्य पुनरसंरचना तथा राज्यशक्तिको बांडफांड विषयमा शीर्ष तीन दल र मधेशी मोर्चा छलफलमा जुटे पनि कुनै सहमति  जुट्न  सकेन।  बैठकपछि संचारकर्मीसंग कुरा गर्दै मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष जयप्रकाशप्रसाद गुप्ताले अन्तरिम संविधानमा [...]

  • thagi

    ठगी आरोपमा पक्राउ परेको प्रति उद्योग व्यवसायीहरुले आपत्ति जनाए

    दी फुलबारी एण्ड स्पाका कार्यकारी अध्यक्ष पीयूषबहादुर अमात्यलाई ठगीको आरोपमा गरिएको पक्राउ प्रति उद्योग व्यवसायीहरुले आपत्ति जनाएका छन्। दोष र अपराधको प्रमाणित नभइकन उद्योगपतीलाई पक्राउ गरि मान मर्यादामा आँच पुर्‍याएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श तथा होटल संघ नेपाललगायतका संघसंस्थाले आपत्ति जनाएका हुन्।  उनीहरुले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गरि निर्दोष [...]

  • lekha-samiti-aug2

    लेखा समिति

    आकाशेपुल निर्माण बिबादमा लेखा समितिले अनावश्यक चासो देखाएको भन्दै समितिका सदस्यहरुनै असन्तुष्ट देखिएका छन्। समितिका सदस्यहरुले असन्तुष्टि ब्यक्त गरेपछि समितिको आजको बैठकले  आवश्यक शर्त र पूर्वाधारको सीमाभित्र रहि निर्माण प्रक्रियाका बारेमा १५ दिनभित्र जानकारी गराउन सम्बन्धित निकायलाइ निर्देशन दिएको छ। सार्वजनिक लेखा समितिको बिहिवारको बैठकमा  भौतिक योजना तथा निर्माणमन्त्री  टोपवहादुर रायमाझले आकाशे पुल निर्माणले चिनियां [...]

  • grill-business

    ग्रिल व्यवसाय दर्ता गर्न पाउनुपर्ने माग

    ग्रिल व्यसायीले घरेलु तथा साना उद्योग कार्यालयमा आफ्नो व्यवसाय दर्ता गर्न पाउनुपर्ने माग गरेका छन्। ग्रिल व्यवसायीहरुको छाता संगठन ग्रिल व्यवसायी संस्था नेपाल कमलपोखरी एरियाको दोस्रो वार्षिक साधारण सभामा व्यवसायीहरुले लोडसेडिङ र दक्ष जनशक्तिको अभावमा सो व्यवसाय संकटमा परेको बताएका छन्। संस्थाका केन्द्रीय अध्यक्ष मोहन कटवालले ग्रिल व्यवसायलाई कानुनी दायरामा ल्याउन जरुरी भएको बताउनुभयो। संस्थाका [...]

  • prakash-man

    नेता परिवर्तन र हस्ताक्षर संकलन सबै बेमौसमको बाजा भएको प्रकाशमान सिंह भनाई

    नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले पार्टी संसदीय दलका नेता परिवर्तनको खेलमा लागेर हस्ताक्षर संकलन गर्नुलाई बेमौसमको बाजा भएको टिप्पणी गर्नुभएको छ। प्रेस युनियन सप्तरीले राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री सिंहले हस्ताक्षर संकलन अभियानलाई आफूले पार्टीलाई संगठित रुपमा अगाडि बढाउनमा अवरोधको रुपमा लिएको बताउनुभयो। विशेष समितिको बैठकमा अनुपस्थित भएर माओवादीले शान्ति प्रक्रियालाई अगाडि बढाउन नचाहेकोले [...]

  • jhalnath-sapath

    प्रधानमन्त्रीलाई कारवाही

    नेकपा एमाले सल्लाहकार परिषदका अध्यक्ष एवम अनुशासन आयोगका सदस्य सिद्धिलाल सिंहले पार्टी अध्यक्ष झलनाथ खनालमाथि कारवाही हुने दावी गर्नु भएको छ। बिहीबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा सिंहले माओवादी मन्त्रीहरुलाई सपथ नगराउने स्थायी समितिको निर्णय बेवास्ता गरेर प्रधानमन्त्री समेत रहेका अध्यक्ष खनालले पार्टीको अनुशासन उल्लघन गरेको भन्दै उहाँले अनुशासन उल्लघन गर्ने जो सुकैलाई पनि कारवाही हुने [...]

  • kamal-thapa1

    नेपाललाई असफल राष्ट्र बनाउने प्रयास : कमल थापा

    प्रमुख तीन दलले नेपाललाई असफल राष्ट्र बनाउने प्रयास गरीरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको ठहर रहेको छ। केन्द्रीय सामितिको निर्णय सार्वजनिक गर्न आज पार्टी कार्यलय बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा  अध्यक्ष कमल थापाले देशमा सर्वसत्तावाद र चरम अधिनायकवादको खतरा बढ्दै गएको उल्लेख गर्नुभयो। संविधानसभाको विकल्पको लागि नयाँ चुनावमा जानुपर्ने आवाज उठाउँदै आएको राप्रपा नेपालले दवावस्वरुप विभिन्न संघर्षका [...]

  • narayanman-bijukche

    प्रधानमन्त्रीले मन्त्रीमण्डल विस्तार गरेकाले टिप्पणी गर्नु आवश्यक नभएको : नारायणमान विजुक्छे

    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले आफ्नो अधिकार प्रयोग गरि प्रधानमन्त्रीले मन्त्रीमण्डल विस्तार गरेकाले यसका बारेमा टिप्पणी गर्नु आवश्यक नभएको बताउनुभएको छ।  भक्तपुर आयोजित अन्तरक्रियामा अध्यक्ष विजुक्छेले मन्त्री पठाउने दल र मन्त्रीलाई शपथ खुवाउने दुबै तयार भएको अवस्थामा अन्य दलका नेताहरु कराउनु व्यर्थ भएको बताउनुभयो। उहांले मन्त्रीमण्डल विस्तारले शान्ति र संविधान निर्माणमा असर नपार्ने [...]

  • fohor-byawasta

    फोहोर व्यवस्थापन परियोजना

    सुनसरी र मोरङका ४ नगरपालिका र ९ गाविसमा उत्पादन हुने फोहोरलाई आधुनिक प्रविधिको माध्यमवाट प्रशोधन गरि व्यवस्थापन गर्न  क्षेत्रीय फोहोर व्यवस्थापन परियोजना विराटनगरले काम शुरु गरेको छ। १५ महिना अघि नै सुरु गरिसक्नुपर्ने परियोजना जग्गा प्राप्तीमा ढिलाई र सरकारको प्रशासनिक वाधा अड्चनका कारण समयमै परियोजना संचालन गर्न नसकिएको परियोजनाका संचारअधिकृत भुवन अधिकारीले जानकारी दिनुभयो। स्थानीय [...]

  • mantri-parisadh

    सरकारले पांच बुदे सहमति कार्यान्वयन गर्ने प्रतिवद्धता पुनः जनाए

    सरकारले पांच बुदे सहमति कार्यान्वयन गर्ने प्रतिवद्धता पुनः जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री झलनाथ खनालले यस्तो प्रतिवद्धता जनाउनुभएको हो। उहांले साउन २८ भित्र शान्ति प्रक्रियालाई गतिशिल बनाउने गरि काममा जुट्न पनि मन्त्रीहरुलाई निर्देशन दिनुभएको छ। यसैगरि बैठकले नेपाल विद्युत प्राधिकरणको अध्यक्षमा ऊर्जा सचिव रहने ब्यवस्था गरेको छ। विद्युत प्राधिकरण [...]