संविधान निर्माणमा भइरहेको ढिलाईप्रति चिन्ता व्यक्त गर्दै : युवा राजनीतिकर्मीहरु

Written by admin. Posted in राजनीति, विशेष

Published on July 29, 2011 with

संविधान निर्माण र शान्ति प्रक्रिया टुङगोमा पुर्‍याउन थपिएको समयसिमा सकिन लागिरहेका बेला युवा राजनीतिकर्मीहरुले शान्ति प्रक्रिया र संविधान निर्माणमा भइरहेको ढिलाईप्रति चिन्ता व्यक्त गरेका छन्। जीपि कोइराला सेन्टर फर डेमोक्रेसि,पिस एण्ड डेभलपमेन्टले राजधानिमा आयोजना गरेको अन्तक्रिया कार्यक्रममा विभिन्न राजनितिक दलका युवा नेताहरुले यस्तो चिन्ता व्यक्त गरेका छन्।

कार्यक्रममा नेकपा एमाले नेता एवम् प्रधानमन्त्रीका राजनितिक सल्लाहाकार प्रकास ज्वालाले दलहरु शान्ति प्रक्रिया र संविधानमा निर्माणमा केन्द्रित हुनुपर्ने बेलामा सत्तालाई मुख्य प्राथमिकता दिएको बताउनुभयो।  कार्यक्रममा नेपाली कांग्रेसकी कोषाध्यक्ष चित्रलेखा यादवले दलहरु संविधान निर्माण गर्ने चाहना नभएको र शान्ति प्रक्रिया र संविधान निर्माणलाई हल्का रुपमा लिएकोमा आपत्ति जनाउनुभयो। कार्यक्रममा बक्ताहरुले युवा राजनीतिकर्मी एकिकृत भएर शान्ति प्रक्रिया र संविधान निर्माणमा दबाब दिनुपर्नेमा जोड दिएका थिए।

facebook comments:

Leave a Comment