कुपण्डोलमा स्कुल बसको ठक्करबाट एकजना गम्भिर घाइते

Written by admin. Posted in विविध, विशेष

Published on July 29, 2011 with

ललितपुरको कुपण्डोलमा आज बिहान स्कुल बसको ठक्करबाट एकजना गम्भिर घाइते भएका छन्। दोलखा एघारकिलो घर भई हाल ललितपुर पाटनढोका बस्दै आएका पच्चिस बर्षिय दिपक थापामगरलाई नाइटिङ्गल बोर्डिङ स्कुलको बसले ठक्कर दिएको थियो। घाइते मगरको न्यूरो अस्पताल बांसबारीमा उपचार भइरहेको छ भने स्कुल बस र चालक भक्तपुरका राजाराम कवाङलाई जावलाखेर प्रहरीको नियन्त्रणमा लिइएको छ। मगरलाई पत्रिका पुर्‍याउन साइकलमा जांदै गर्दा ललितपुरको कुपण्डोलमा बसले ठक्कर दिएको हो।

facebook comments:

Leave a Comment