पुर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र विराटनगरवाट आज प्रहरी जवान आधारभुत तालीम १२८ औं टोलीका सात सय १२ जना प्रहरी जवान दिक्षित भएका छन्। ६२ जना महिला र ६ सय ५० पुरुष प्रहरी जवानलाई पुर्व क्षेत्रीय तालीम केन्द्र विराटनगरले रानीस्थित तालीम हाताभित्र एक कार्यक्रमको आयोजना गरी दिक्षित गरेको हो। उनीहरुलाई पुर्वक्षेत्रीय प्रहरी कार्यालयका प्रमुख, डिआइजी विनोद [...]
सुडान घोटाला प्रकरणमा विशेष अदालतले स्थानीय ठेकेदार शम्भु भारतीसंग १५ करोड धरौटी माग गरेको छ। विशेष अदालतका अध्यक्ष गौरीवहादुर कार्की र सदस्यहरु ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासले ठेकेदार शम्भु भारतीलाइ १५ करोड धरौटी माग गरेको हो। धरौटी बुझाउन नसकेपछि भारतीलाइ डिल्लीवजार कारागार चलान गरिएको छ। बयानका क्रममा ठेकेदार भारतीले कांग्रेस नेतृ सुजाता कोइरालाकि [...]
एकीकृत माओवादीले सरकारमा पठाएका मन्त्रीहरुलाई सपथ गराउनु पर्ने अडानका बिषयमा एमाले स्थायी समितिले अस्विकार गरेपछि उत्पन्न परिस्थितिका बारेमो आज बस्ने भनिएको एमाले शीर्ष नेताहरुको बैठक बस्न सकेन। प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बस्ने भनिएको बैठकमा वरिष्ठ नेता माधव कुमार नेपाल, महासचिव इश्वर पोखरेल स्थायी समिति सदस्य केपी शर्मा ओली उपाध्यक्ष वामदेव गौतम लगायतका नेताहरु प्रधानमन्त्री कार्यालय सिंहदरवार [...]
राजनीतिक दलहरुको खराब नियतका कारण संविधानसभाले उल्लेख्य कार्य गर्न नसकेको संविधानविदहरुले बताएका छन्। काठमाडौमा आज आयोजित अन्तरक्रिया कार्यक्रममा संविधानविद् भिमार्जुन आचार्यले नेपालका राजनीतिक दलहरु पैसा,पद र सत्तामा मात्र केन्द्रित भएकोले यही संविधानसभाबाट नयाँ संविधान जारी हुन नसक्ने ठोकुवा गर्नुभयो। कार्यक्रममा नेपाल बार एसोसियसनका अध्यक्ष प्रेमबहादुर खड्काले दलहरुले नसक्ने अवस्था आए बारले नै नयाँ संविधान निमार्ण [...]
प्रधानमन्त्री झलनाथ खनाल र सभाभुख सुवासचन्द्र नेम्वाङले पांच बुंदे सहमति र अवरुद्ध संसद खुलाउने विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरवारमा आज भएको भेटमा पांच बुंदे सहमति कार्यान्वयनको विषयमा प्रधामन्त्रीको ध्यानाकर्षण गराएको सभामुख शुवासचन्द्र नेम्वाङले बताउनुभयो। जारी शान्ति प्रक्रिया र संविधान निर्माणमा उत्पन्न अवरोधको विषयमा पनि प्रधानमन्त्रीसंग छलफल भएको सभामुख नेम्वाङले जानकारी दिनुभयो।
ललितपुरको कुपण्डोलमा आज बिहान स्कुल बसको ठक्करबाट एकजना गम्भिर घाइते भएका छन्। दोलखा एघारकिलो घर भई हाल ललितपुर पाटनढोका बस्दै आएका पच्चिस बर्षिय दिपक थापामगरलाई नाइटिङ्गल बोर्डिङ स्कुलको बसले ठक्कर दिएको थियो। घाइते मगरको न्यूरो अस्पताल बांसबारीमा उपचार भइरहेको छ भने स्कुल बस र चालक भक्तपुरका राजाराम कवाङलाई जावलाखेर प्रहरीको नियन्त्रणमा लिइएको छ। मगरलाई पत्रिका [...]
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको पहिलो मस्यौदा तयार गर्ने ठोस उपलब्धीका लागि गृहकार्य भइरहेको बताउनु भएको छ। आज राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले जनताको इच्छा अनुसार अग्रगामी संविधानको मस्यौदा तयार गर्ने प्रक्रियालाई एक दूई दिनभित्र निष्कर्षमा पुर्याउन गृहकार्य भइरहेको बताउनु भयो। अध्यक्ष प्रचण्डले पार्टीभित्रको आन्तरिक विवाद तर्फ संकेत गर्दै ठूलो बहस [...]
अमेरिकी राष्ट्रपति बाराक ओबामाले राजस्व बढाउने विधेयक पारित गराउन प्रस्ताव गरिरहेका बेला त्यसको विरोधमा रिपब्लिकन पक्षबाट ल्याईको विधेयक सभासद्हरुको विवादका कारण रोकिएको छ। हाउसमा बहुमतमा रहेको रिपब्लिकनका पक्षबाट ल्याइएको विधेयक सहज ढंगले पारिति हुने अवस्था रहे तापनि विगत दुई महिनादेखि राजस्व बढाउने अभियानमा लागेका राष्ट्रपति तथा उनको पार्टी डेमोक्रेटिकका सभासद्हरुको लविङका कारण सो विधेयक रोकिएको [...]
संविधान निर्माण र शान्ति प्रक्रिया टुङगोमा पुर्याउन थपिएको समयसिमा सकिन लागिरहेका बेला युवा राजनीतिकर्मीहरुले शान्ति प्रक्रिया र संविधान निर्माणमा भइरहेको ढिलाईप्रति चिन्ता व्यक्त गरेका छन्। जीपि कोइराला सेन्टर फर डेमोक्रेसि,पिस एण्ड डेभलपमेन्टले राजधानिमा आयोजना गरेको अन्तक्रिया कार्यक्रममा विभिन्न राजनितिक दलका युवा नेताहरुले यस्तो चिन्ता व्यक्त गरेका छन्। कार्यक्रममा नेकपा एमाले नेता एवम् प्रधानमन्त्रीका राजनितिक सल्लाहाकार [...]
एकीकृत नेकपा माओवादीको पदाधिकारी बैठक सो पार्टीको केन्द्रीय कार्यालय पेरिसडांडामा बसिरहेको छ। जारी बैठकमा माओवादीका मन्त्रीहरु हेरफेर गर्न गरिएको प्रस्ताव कार्यान्वयनमा भइरहेको बिलम्बका बारेमा छलफल भइरहेको छ। बैठकमा मन्त्रीमण्डल पुर्नगठनका विषयमा विभिन्न दल र पक्षसंग भएको द्धिपक्षीय र बहुपक्षीय छलफलको प्रगति तथा सत्तारुढ दल नेकपा एमालेको निर्णयका बारेमा छलफल हुंने बताइएको छ। बिहीबार बसेको एमाले [...]