शान्ति र संबिधानको प्रक्रिया ठप्प छ, संसद ठप्प छ अनि जनताको आशा र भरोसा त्यहि संसद यतिवेला हसिमजाक गर्ने थले बनिरहेको छ। नियमित कार्यसूचीमा प्रवेश नगरि तीन दिनका लागि स्थगित भएको संसद बैठकमा आज हिन्दी सिनेमाको एक गीतले राम्रै चर्चा पायो। केहिदिन देखि अबरुद्ध हुंदै आएको संसद बैठकमा बिहिवार पनि त्यस्तै दृष्य दोहोरियो। बैठक सुरु हुनासाथ कांग्रेसका सभासदहरु उठेर बैठकको प्रक्रिया अघि नबढाउन आग्रह गर्दै थिए। कांग्रेस सभासद मिनेन्द्र रिजालले फगत नारावाट देशलाइ बन्दी नवनाउन आग्रह गर्दै प्रधानमन्त्रीको आलोचनमा निकै शब्द खर्चिए।
सभासद रिजालले बोल्दै गर्दा एक हिन्दी सिनेमा दंवगको चर्चित गीत मुन्नी बदनाम हुइ डार्लिङ तेरेलिए भन्ने गीतको आशय जस्तै कसैको बिमतिको डार्लिङ नहुन प्रधानमन्त्री झलनाथ खनाललाइ ब्यङ गर्दे थिए। कांग्रेस सभासद रिजालले आफ्ना भनाइ नटुग्याउदै तत्काल नियमापत्ति गरिन् स्दभावना आनन्दीदेवीकी सभासद सरिता गिरीले। गिरीले सभासद रिजालको अभिब्यक्तिले महिलालाइ अपमान गरेको भन्दै तत्काल यसरी आपत्ति प्रकट गरिन्।
जनताले चुनेको प्रतिनिधिहरुको गरिमामय थलो संसदमै यो हदसम्मको हसिमजाक र छेडछाडले सभासदहरु कति गैर जिम्मेवार छन् भन्ने प्रष्ट हुन्छ।देशका तमाम समस्या, संविधान निर्माणका विषय , शान्ति प्रक्रिया टुग्याउने विषय ज्यूंका त्यू छन्। अनि संविधान बनाउने निकाय संविधान सभा अर्थात संसद बनिरहेको छ हिन्दी सिनेमाको गीत गाउने थलो। यो भन्दा तल्लो स्तरको प्रहसन के हुन सक्छ माननीय ज्यू?तपाइहरुमा जिम्मेवारीबोध छ कि छैन आम नागरिक यस्तै प्रश्न सोधिरहेका छन्।









There are currently no comments on तीन दिनका लागि स्थगित भएको संसद बैठक बिहिवार पनि त्यस्तै. Perhaps you would like to add one of your own?