Articles Posted on July 28th, 2011

  • amale flag

    मन्त्रीपरिषद पुर्नगठन गर्ने निर्णय नेकपा एमालेले अस्वीकार गरे

    मन्त्रीपरिषद पुर्नगठन गर्ने एकीकृत नेकपा माओवादीको निर्णय फेरि नेकपा एमालेले अस्वीकार गरेको छ। पार्टी मख्यालय बल्खुमा आज बसेको स्थायी समिति बैठकले माओवादीले यही सरकारमा पठाएको मन्त्रीहरुको सपथ नगराउने निणर्य गरेको सचिव शकंर पोखरेलले बताउनुभयो। बैठकले राष्ट्रिय सहमतिको सरकारका लागि अधिकतम लचकता अपनाउने निर्णय भएको प्रधानमन्त्री एवं पार्टी अध्यक्ष झलनाथ खनालले बताउनुभयो। यसैगरी स्थायी समिति सदस्य [...]

  • janardan-prabhakar

    परिषदमा सदस्यहरुको हेरफेर समानुपातिक सहभागी गराउने प्रयास : प्रभाकर

    एकीकृत नेकपा माओवादीका नेता जनार्दन शर्मा प्रभाकरले मन्त्री परिषदमा सदस्यहरुको हेरफेर समानुपातिक सहभागी गराउने प्रयास मात्र भएको स्पष्ट पार्नुभएको छ। काठमाडौमा आज आयोजित अन्तरक्रिया कार्यक्रममा नेता प्रभाकरले अन्य दलहरुले यसलाई अतिरंजित ढंगबाट व्याख्या गर्ने गरेको बताउनुभयो । सोही कार्यक्रममा नेपाली कागे्रसका नेता डाक्टर नारायण खड्काले माओवादीको मन्त्री फेर्ने निर्णय गुणस्तरहिन राजनीति भएको बताउनुभयो। कार्यक्रममा एमालेका [...]

  • uml-1

    माओवादी र एमाले थप गृहकार्यमा जुटे

    सत्तारुढ दल एकीकृत माओवादी र एमालेका शीर्ष नेता मन्त्रीमण्डल पुनर्गठन गर्न सहज विकल्पका लागि थप गृहकार्यमा जुटेका छन् तर उनीहरुको गृहकार्यको प्रतिफलले ठोस आकार ग्रहण गरिसकेको छैन  सात बुंदे सहमतिको आधारमा माघ बीस गते प्रधानमन्त्री निर्वाचित भएका एमाले अध्यक्ष झलनाथ खनालको बालुवाटार बसाइलाई धेरैले डांडामाथिको घामसंग तुलना गर्न लागिसकेका छन्। वर्तमान सरकारको मेरुदण्ड माओवादीद्धारा प्रस्तावित [...]

  • anil-jha

    अनिल झाको सदस्यता छानबिन गर्न बिहीवार संसदीय समिति गठन

    सदभावना पार्टी फुटाएर नयाँ दल दर्ता गराएका सभासद् अनिल झाको सदस्यता छानबिन गर्न बिहीवार संसदीय समिति गठन भएको छ। कार्यव्यवस्था परामर्श समितिको बैठकले पाँच सदस्यीय संसदीय समिति गठन गरेको हो। समितिले झाको सदस्यता कायम रहने, नरहने संसद् सचिवालयलाई जानकारी गराउने छ। झाको सदस्यताको छानबिनपछि समितिले आफ्नो प्रतिवेदन संसद् बैठकमा प्रस्तुत गरिन्छ। त्यस्तै कार्यव्यस्था समितिको बैठकमा [...]

  • hotel-staff

    मजदुरहरु तलव वृदिको माग गर्दे आन्दोलनमा उत्रिए

    काठमाडौंको सुन्धारा क्षेत्रमा रहेका होटल तथा रेष्टुरेण्टका मजदुरहरु  तलव वृदिको माग गर्दे आन्दोलनमा उत्रिएका छन्। उनीहरुले होटल व्यवसायिहरुसंग आफ्नो तलव वृद्धिगर्नुपर्ने, ५ प्रतिशत भत्ता रकम पाउनुपर्ने लगायतका विभिन्न पांच बुदे माग राखी आजदेखि आन्दोलनमा उत्रिएका हुन्। सुन्धारा क्षेत्रको ८० भन्दा बढी होटल तथा रेष्टुरेण्डहरुमा  करिव १३ सय कर्मचारीहरु कार्यरत छन्। उनीहरुले आफ्ना तलव ४६ सय [...]

  • uml

    तीन दिनका लागि स्थगित भएको संसद बैठक बिहिवार पनि त्यस्तै

    शान्ति र संबिधानको प्रक्रिया ठप्प छ, संसद ठप्प छ अनि जनताको आशा र भरोसा त्यहि संसद यतिवेला हसिमजाक गर्ने थले बनिरहेको छ। नियमित कार्यसूचीमा प्रवेश नगरि तीन दिनका लागि स्थगित भएको संसद बैठकमा आज हिन्दी सिनेमाको एक गीतले राम्रै चर्चा पायो। केहिदिन देखि अबरुद्ध हुंदै आएको संसद बैठकमा बिहिवार पनि त्यस्तै दृष्य दोहोरियो। बैठक सुरु [...]

  • Dev-Gurung

    मन्त्रीहरुलाई सपथ नगराए चर्को मुल्य चुकाउनुपर्ने चेतावनी : देव गुरुङ

    एकीकृत माओवादीका नेता देव गुरुङले सरकारलाई समावेशी बनाउन माओवादीले पठाएका मन्त्रीहरुलाई सपथ नगराए एमालेले त्यसको चर्को मुल्य चुकाउनुपर्ने चेतावनी दिनुभएको छ। काठमाडौमा आज आयोजित अन्तरक्रिया कार्यक्रममा नेता गुरुङले नयाँ मन्त्रीहरुलाई सपथ गराउन ढिला गरेर एमाले समानुपातिक समावेशी मान्यताको विरुद्ध उभिएको आरोप लगाउनुभयो। सोही कार्यक्रममा एमाले नेता रघुवीर महासेठले सरकारमा कसलाई पठाउने भन्ने कुरा माओवादीको अधिकारक्षेत्रभित्र [...]

  • cctv

    नर्सिङ कलेजले शुल्क नघटाए परीक्षा रोक्ने चेतावनी

    अनेरास्ववियू क्रान्तिकारीले नर्सिङ कलेजले शुल्क नघटाए भोलिदेखि हुने नर्सिङको प्रवेशका परीक्षा रोक्ने चेतावनी दिएको छ। नर्सिङ कलेजले मनपरी शुल्क बृद्धि गरेको विरोधमा आज सिटिइभिटीमा क्रान्तिकारी र सिटिइभिटीका पदाधिकारीवीच भएको बैठक विना निष्कर्ष टुंगिएपछि अनेरास्ववियु क्रान्तिकारीले सिटीइभिटीका उपाध्यक्ष, सदस्य सचिव र परीक्षा शाखामा तालाबन्दी गरि भोलिदेखि हुने नर्सिङको प्रवेशिका परीक्षा रोक्ने चेतावनी दिएको हो। क्रान्तिकारीका अध्यक्ष [...]

  • white-house

    ह्वाइट हाउसले विशेषाधिकार भिटो प्रयोग गर्ने चेतावनी : जोन बोएनर

    अमेरिकी प्रतिनिधिसभाका सभामुख जोन बोएनरले ह्वाइट हाउसले विशेषाधिकार भिटो प्रयोग गर्ने चेतावनी दिए पनि पुरानो अडानमा कायम रहन रिपव्लिकन सभासदलाई आग्रह गरेका छन्। राष्ट्रपति बाराक ओबामाले करको दायरा बढाएर न्यून बजेटबाट अमेरिकालाई जोगाउन प्रतिपक्षी रिपब्लिकन सिनेटरहरुलाई आग्रह गरिरहेका बेला सभामुखले पूर्व अडानमा कायम रहन आग्रह गरेका हुन्। हाउसमा बहुमत रहेको रिपब्लिकनका नेता बोएनरको यस आग्रहपछि [...]

  • bir-hospital

    वीर अस्पतालको एक सय २२ औ वार्षिकोत्वस

    प्रधानमन्त्री झलनाथ खनालले ठूलो दलको हैसियतले माओवादी जिम्मेवार र क्रियाशील भएमा शान्ति प्रक्रिया छिट्टै टुंगिने बताउनुभएको छ।  वीर अस्पतालको एक सय २२ औ वार्षिकोत्वसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री खनालले माओवादी शान्ति र संविधानको लागि गम्भिर भएमा छिट्टै ठोस परिवर्तनको अनुभव गर्न पाईने बताउनु भयो। उहांले छोटो समयलाई व्यवस्थित ढंगले लैजान नसकेको स्वीकार गर्दै देश [...]