Articles Posted on July 26th, 2011

  • uml-1

    मन्त्रिपरिषद पुर्नगठन अन्यौलमा

    सत्तारुढ प्रमुख घटकहरुबिचको असमझदारीका कारण मन्त्रिपरिषद पुर्नगठन अन्यौलमा परेको छ। लामो बिबादका बीच एकीकृत माओवादीले पार्टीभित्र सन्तुलन मिलाउन  मन्त्रिपरिषदमा नयां अनुहार पठाउने  निर्णय गरेपनि एमालेले सो प्रस्ताव अस्वीकार गरेपछि गठबन्धन थप संकटमा परेको छ।  आफ्नो दलको तर्फवाट १२ जना मन्त्री र १२ जना राज्यमन्त्री पठाउने एकीकृत माओवादीको निर्णयमा सहमति जुटाउन सोमवार दिनभर  गृहकार्यमा जुटेपनि माओवादीलाइ […]

  • purwa-janamukri-sena

    पूर्व लडाकुहरुले सरकार र पार्टी वेवास्ता गरेको गुनासो

    एकीकृत नेकपा माओवादीका बहिर्गमनमा  परेका पूर्व लडाकुहरुले आफुहरुलाई सरकार र पार्टी दुवैले वेवास्ता गरेको गुनासो गरेका छन्। आज राजधानीमा आयोजित एक कार्यक्रममा पूर्व अयोग्य लडाकुहरुले  आफुहरुको अवस्थाको वारेमा जिम्मेवार निकायले ध्यान नदिएको गुनासो गरे । माओवादी  सेनाका पूर्व लडाकुका संयोजक कृष्ण प्रसाद दङ्गालले  आफुहरुलाई दशबर्ष सशस्त्र युद्ध लडेकोले  कमजोर नठान्न चेतावनी दिए। कार्यक्रममा एकीकृत माओवादीका […]

  • prakash-man-singh

    मन्त्रीमण्डल पुर्नगठन गर्न लागेकोले थप आशंका : प्रकाशमान सिंह

    प्रधानमन्त्रीको राजीनामालाई प्रमुखतका साथ उठाइरहेको  नेपाली कांग्रेसका कारण आज पनि संसद बैठक अवरुद्ध भएको छ। संसद बैठक शुरु हुनासाथ नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले काम चलाउ भैसकेको सरकारले फेरि मन्त्रीमण्डल पुर्नगठन गर्न लागेकोले थप आशंका जन्मिएको बताउनुभयो। उहांले पांच बुदे सहमति कार्यान्वयनका लागि पनि तत्काल प्रधानमन्त्रीको राजीनामा आउनुपर्ने बताउनुभयो। त्यस लगत्तै कांग्रेस मुख्य सचेतक लक्ष्मणप्रसाद […]

  • congress-meeting

    विश्वविद्यालय सञ्चालनका लागि आवश्यक बजेटको माग

    सुदूरपश्चिम विश्वविद्यालय सञ्चालनका लागि आवश्यक बजेटको माग गर्दै आन्दोलनरत विद्यार्थी र प्रहरीबीच कञ्च्ानपुरको महेन्द्रनगरमा झडप भएको छ।  झडपमा ६ विद्यार्थी र चार प्रहरी घाइते भएका छन्। स्थानीय सिद्धनाथ बहुमुखी क्याम्पसबाट निस्केको विद्यार्थीको जुलुस जिल्ला प्रशासन कार्यालय तर्फ जांदै गरेको बेला अस्पताल रोडमा प्रहरीसंग झडप भएपछि स्थिति तनावपूर्ण बनेको हो। प्रहरीले जुलुसलाई रोक्न खोज्दा विद्यार्थीहरुले ढुंगा […]

  • nepali-congress-flag

    पांच बुदे सहमति कार्यान्वयन गर्न सशक्त रुपमा प्रस्तुत हुने : नेपाली कांग्रेस

    नेपाली कांग्रेसले संविधान सभाको म्याद थप गर्दा भएको पांच बुदे सहमति कार्यान्वयन गर्न सशक्त रुपमा प्रस्तुत हुने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले पांच बुदा मध्ये संविधान सभाको म्याद थप गर्ने एकमात्र बुंदा कार्यान्वयन भएको र अन्य बुंदा कार्यान्वयन नभएकाले सहमति कार्यान्वयनमा दबावका लागि सक्रिय भूमिका निर्वाह गर्न […]

  • कपिलवस्तुमा सकेट बम फेला

    कपिलवस्तुमा सकेट बम फेला

    कपिलवस्तु जिल्ला कृष्णनगर ५ गल्लामण्डिमा मंगलबार बिहान सकेट बम फेला परेको छ।  स्थानीय पुरुषोत्तम नागलिया र राजेन्द्र नागलियाको घर पछाडीको साईड पेटीमा कालो प्लास्टिकले बेरेर राखेको अवस्थामा सो सकेट बम फेला परेको हो। सिमेन्टका व्यापारि समेत रहेका नागलियासंग चन्दा लिनका लागी सो बम राखेको हुनसक्ने आशंका गरिएको छ।

  • दुई जना हतियार सहित प्रकाउ

    दुई जना हतियार सहित प्रकाउ

    सप्तरी प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका दुई जनालाई सोमबार हतियार सहित प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा सप्तरीको मोहनपुर गाविस ३ निवासी ‘दिलजले’ भनिने उमेश राम र नेङ्गडा गाविस ९ निवासी शम्भु यादव रहेका छन्। प्रहरीले सप्तरीको कठौना बजारस्थित न्यू चौधरी पशुपति होटलमा बसिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिबाट एक थान कटुवा […]

  • norway-shok-sabha

    नर्वेमा ज्यान गुमाएकाहरुको चिर शान्तिको कामना गर्दै शोक सभा

    गत शुक्रवार नर्वेमा भएको आक्रमणमा परि ज्यान गुमाएकाहरुको चिर शान्तिको कामना गर्दै नेपालमा संयुक्त युवा तथा विद्यार्थी मञ्चले एक श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको छ। काठमाडौको पुल्चोकस्थित नेपालका लागि नर्वेको आवासिय कार्यलयमा आज आयोजित सो श्रद्धाञ्जली कार्यक्रममा घटनामा दिवंगत भएकाहरुप्रति श्रद्धाञ्जली प्रकट गर्दै दिप प्रज्वलन गरिएको थियो। शुक्रवार नर्वेको राजधानी ओस्लो र उटोयोमा भएको गोलीकाण्डमा ७६ […]

  • police-chapa

    सवारी अनुमति पत्र बनाउन प्रयोग गर्ने नक्कली समान बरामद

    प्रहरीले नवलपरासीको कावासोतीमा रहेको नवलपुर ड्राइभिङ्ग सेवामा छापा मारी लुम्बिनी अञ्चल यातायात कार्यालयको छाप सहित सवारी अनुमति पत्र बनाउन प्रयोग गर्ने नक्कली समान बरामद गरेको छ। ईलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी निरिक्षक रामाशंकर कोहारको नेतृत्वमा गएको प्रहरीले छापा मारी समान बरामद गरेको हो। प्रहरीले छापा मारि अनधिकृत रुपमा प्रयोग गरेको लुम्बिनी अञ्चल यातायात कार्यालयको छाप, […]

  • obama-and-john

    ओबामा र जोन बोएनरबीच आरोप प्रत्यारोप

    राजस्वको दायरा बढाउने विषयमा अमेरिकी राष्ट्रपति बाराक ओबामा र प्रमुख प्रतिपक्षी रिपब्लिकन पार्टीका प्रवक्ता जोन बोएनरबीच आरोप प्रत्यारोप सुरु भएको छ। राजस्व उठाउन नसके सरकारले ठूलो परिमाणमा बजेट कटौती गर्न वाध्य हुनुपर्ने अवस्था आएपछि राष्ट्रपति ओबामाले विगत एक महिनादेखि रिपब्लिकन पार्टीका सदस्यहरुसंग निरन्तर बैठक गर्दै आएका थिए। कंग्रेसबाट राजस्व उठाउने विधेयक पारित हुनुपर्ने समयसीमा नजिकै […]