श्रीलंकामा स्थानीय निर्वाचन सम्पन्न भएको छ। उत्तरी युद्धग्रस्त क्षेत्रमा अपेक्षाकृत शान्तिपूर्ण रुपमा निर्वाचन भए पनि अन्य क्षेत्रमा भने निर्वाचनका कारणले हत्याका घटना पनि भएका छन्। शनिबार सम्पन्न स्थानीय स्तरको निर्वाचनका क्रममा कानुन उल्लंघन गर्ने र निर्वाचनमा सहभागी नहुन दबाब दिने घटनाका कारण निर्वाचन शान्तिपूर्ण भने हुन नसकेको निर्वाचन अनुगमन समितिले जनाएको छ।
यद्यपि निर्वाचन आयुक्तले भने समष्ठीमा सामान्य रुपमा मतदान सफल भएको जनाएका छन्। राष्ट्रपति महिन्दा राजपाक्षे भने श्रीलंकाको उत्तरी क्षेत्रमा लोकप्रिय छैनन्, यो क्षेत्रमा तामिल समर्थित पार्टीले विजय हासिल गर्ने अनुमान गरिएको छ। नयां निर्वाचन आयुक्त महिन्दा देशप्रियले श्रीलंकाको मध्यक्षेत्रमै सरकारमा रहेको पार्टीभित्रै हिंसा हुनु दुर्भाग्यपूर्ण हो भनेका छन्। तुलनात्मक रुपमा युद्धग्रस्त तामिल प्रभावित क्षत्रमा भने शान्तिपूर्ण निर्वाचन सम्पन्न भएको उनले बताएका छन्।









There are currently no comments on श्रीलंकामा स्थानीय निर्वाचन सम्पन्न. Perhaps you would like to add one of your own?