फुटबलको विश्वब्यापी संस्था फिफाले एशियन फुटबल काउन्सिलका अध्यक्ष मोहम्मद बिन हमामलाई जीवनभरका लागि फुटबल क्रियाकलापबाट निलम्बन गरेको छ।
शनिवार फिफाको अनुशासन कमिटीले हमामको बारेमा गरेको कारवाहिमा उनले गरेको अनुशासन विरुद्धको कार्य सहि हुनआएको र भ्रष्टाचारमा पनि मुछिएकाले हमामलाई जीवनभरका लागि फुटबल गतिविधिबाट निलम्बन गरेको बताएको छ।
फिफाको अध्यक्ष पदको उम्मेदवारको रुपमा सेप ब्ल्याटर विरुद्ध उत्रेका हमामलाई अन्तिम समयमा अनुशासन र भ्रष्टाचारमा मिलेको भन्दै फिफाले यसअघि नै अनौपचारिक रुपमा निलम्बन गरेको थियो। कारवाहिमा परेपनि हमामले आफु निर्दोष भएको भन्दै आएका छन भने कतारले पनि उनलाई सर्मथन गरेको छ। हमामका अनुसार आफुलाई गरेको कारवाहिमा कुनै ठोस प्रमाण नभएको र सबै कारवाहि नाटकिए भएको प्रतिक्रिया दिए। ६२ वर्षे कतारका हमामले फिफा कमिटी सदस्य हुंदा आफ्नो देशलाई २०२२ को विश्वकप फुटबलको आयोजना गर्ने मौका दिलाएका थिए।








There are currently no comments on मोहम्मद बिन हमाम जीवनभरका लागि फुटबल क्रियाकलापबाट निलम्बन. Perhaps you would like to add one of your own?