एक वर्षभित्र निर्माण गरिसक्ने गरि जिम्मा दिएको विद्यालय भवन चार वर्ष बितिसक्दा पनि ठेकेदार कम्पनीले विभिन्न बहानामा निर्माण नसकेपछि सुनसरीका दुई विद्यालय भारतीय दुताबासको कालो सुचीमा परेका छन्। सुनसरीको भादगाउ सिनवरी गाविसमा रहेको भासी उच्च मावि र महेन्द्रनगर गाविसमा रहेको महेन्द्र उच्च मावि कालोसूचीमा परेका हुन्।
दुतावासको ४ करोड रुपैयाको आर्थिक सहयोगमा एक वर्ष भित्रमा निर्माण पुरा गर्नु पर्ने सुनसरीको भादगाँउ सिनवरी गाविसमा रहेको भासी उच्च मावि र महेन्द्रनगर गाविसमा रहेको महेन्द्र उच्च माविको भवन चार वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न नहुदा दुताबासका प्राविधिक टोलीको निरिक्षण पछि दुतावासले कालो सुचीमा राखेको हो। ठेक्का पार्ने कम्पनी विराटनगरको युनाईटेड विल्डर्स प्रालि र गौरी पार्वती निर्माण सेवाले भने निर्माण समाग्रीको मूल्य अत्याधिक वृद्धि भएको, बन्द हड्तालले निर्माण समाग्री ढुवानी गर्न नसकेको लगायतका कारण देखाई विद्यालयको निर्माण नसकिएको बहाना बनाइरहेको छ।







There are currently no comments on चार वर्ष बितिसक्दा पनि विद्यालय भवन निर्माण हुन सकेन. Perhaps you would like to add one of your own?