नेपाल क्रिकेट संघको निर्वाचनको माग गर्दै सर्वोच्च अदालतमा परेको रिटको लिखित जवाफ दिदै खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्ले रिट खारेजीको माग गरेका छन्। नेपालका पूर्व राष्ट्रिय खेलाडीहरुले नेपाल क्रिकेट संघ पछिल्लो ६० वर्षदेखि तदर्थवादमा चलेको भन्दै सर्वोच्च अदालतमा मुद्धा दायर गरेका हुन्। सोही मुद्धा उपर गत जेठ ३१ गते सर्वोच्च अदालतले युवा तथा खेलकुद [...]
सञ्चारकर्मी तथा साहित्यकार शंकर खरेलद्वारा लिखित को १ च ७ नामक पुस्तकको आज विमोचन गरिएको छ। गोल्छा अर्गनाइजेशनको सदस्य एवंम शिक्षा सेवी राज्यलक्ष्मी गोल्छाको जीवन यात्रामा केन्द्रीत सो पुस्तकको राष्ट्रपति डाक्टर रामवरण यादवले विमोचन गर्नुभएको हो। सो अवसरमा राष्ट्रपति यादवले गोल्छाले पुर्याउनु भएको योगदानको चर्चा गर्नुभएको थियो। कार्यक्रममा शिक्षा मन्त्री गंगालाल तुलाधर, उद्योगपति तथा सभासद् [...]
एक वर्षभित्र निर्माण गरिसक्ने गरि जिम्मा दिएको विद्यालय भवन चार वर्ष बितिसक्दा पनि ठेकेदार कम्पनीले विभिन्न बहानामा निर्माण नसकेपछि सुनसरीका दुई विद्यालय भारतीय दुताबासको कालो सुचीमा परेका छन्। सुनसरीको भादगाउ सिनवरी गाविसमा रहेको भासी उच्च मावि र महेन्द्रनगर गाविसमा रहेको महेन्द्र उच्च मावि कालोसूचीमा परेका हुन्। दुतावासको ४ करोड रुपैयाको आर्थिक सहयोगमा एक वर्ष भित्रमा [...]
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले बजेट ल्याउनु अघि सरकारले मोर्चासंग गरेको सहमति कार्यान्वयन गर्न माग गरेको छ। सिंहदरवारस्थित फोरम लोकतान्त्रिकको संसदीय दलको कार्यालयमा वसेको मोर्चाको वैठकले सहमति कार्यान्वयनका लागि प्रधानमन्त्रीले आलटाल गरेको भन्दै तत्काल सहमति कार्यान्वयनको माग गरेको हो। वैठकले मोर्चालाई चौथो शक्तिका रुपमा स्वीकार गर्न समेत माग गरेको छ। वैठकले नेपाली कांगे्रसले मोर्चालाई चौथो शक्तिका [...]
काभ्रेको धुलिखेलमा सभा भवनभित्र एकताका लागि नेता र कार्यकर्ताहरुको बहस चलिरहंदा बाहिर भने असहमतिका पर्चाहरु छरिएका छन्। दलका प्रभावशाली नेता केपी शर्मा ओलीको तर्फबाट भनी प्रकाशित पर्चामा असहमतिका पन्ध्र बुँदा सार्वजनिक गरिएको छ। शनिबारदेखि सञ्चालित दुई दिने एमाले राष्ट्रिय कार्यकर्ता भेलाको पहिलो सत्रमा महासचिव ईश्वर पोख्ररेलले प्रस्तुत गर्नु भएको पार्टीको विधान संशोधनमाथिको समूह छलफल जारी [...]
कैलालीको मोहना नदीमा वर्षायामसंगै डल्पि्कन देखिन थालेका छन्। स्वांसु जातको माछा भन्दै शिकार गर्दै आएका स्थानीयवासिन्दाले १५ वर्षदेखि डल्पि्कन संरक्षणका लागि पहल गर्दै आएका छन्। मोहना, पथरैया र कांढा नदीमा पाइने डल्पि्कन ग्याङ्गेटिक जातको भएको डल्पि्कन संरक्षण केन्द्रका अध्यक्ष एवं संरक्षणकर्मी भोजराज श्रेष्ठले वताउनुभयो। डल्पि्कन संरक्षणका लागि श्रेष्ठकै अगुवाईमा डल्पि्कन संरक्षण केन्द्र र १४ वटा [...]
नेपाली कांग्रेसका नेता उमाकान्त चौधरीले ५ बुंदे सहमति कार्यान्वयन बिना माओवादीले प्रधानमन्त्रीका लागि अघि सारेका उपाध्यक्ष डाक्टर बाबुराम भट्टराईलाई प्रधानमन्त्रीका लागि सहमति हुन नसक्ने बताउनुभएको छ। नेपाल प्रेस युनियन दाङ्गले तुल्सीपुरमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता चौधरीले भट्टराईलाई सबै दलले प्रधानमन्त्रीका रुपमा स्वीकार गर्न पहिले पांच बुदे सहमति कार्यान्वयन हुनुपर्ने बताउनुभयो। उहांले माओवादीको हतियारको मोहकै [...]
प्रहरीले यातायात मजदुरलाई कुटपिट गरेको भन्दै नेपालगञ्ज–गुलरिया सडकखण्डको खजुरामा आज बिहानदेखि मजदुरहरुले यातायात अवरुद्ध पारेका छन्। भे १ ज २९ नम्बरको जिपका चालक सोनु राईलाई ईलाका प्रहरी कार्यालय धनौली अगाडी प्रहरीले कुटपिट गरेको भन्दै मजदुरहरु आन्दोलनमा उत्रिएका हुन। जिपको छतमा यात्रु राखेको भन्दै प्रहरीले कुटपिट गरेको मजदुरको दाबी छ।
फुटबलको विश्वब्यापी संस्था फिफाले एशियन फुटबल काउन्सिलका अध्यक्ष मोहम्मद बिन हमामलाई जीवनभरका लागि फुटबल क्रियाकलापबाट निलम्बन गरेको छ। शनिवार फिफाको अनुशासन कमिटीले हमामको बारेमा गरेको कारवाहिमा उनले गरेको अनुशासन विरुद्धको कार्य सहि हुनआएको र भ्रष्टाचारमा पनि मुछिएकाले हमामलाई जीवनभरका लागि फुटबल गतिविधिबाट निलम्बन गरेको बताएको छ। फिफाको अध्यक्ष पदको उम्मेदवारको रुपमा सेप ब्ल्याटर विरुद्ध उत्रेका [...]
श्रीलंकामा स्थानीय निर्वाचन सम्पन्न भएको छ। उत्तरी युद्धग्रस्त क्षेत्रमा अपेक्षाकृत शान्तिपूर्ण रुपमा निर्वाचन भए पनि अन्य क्षेत्रमा भने निर्वाचनका कारणले हत्याका घटना पनि भएका छन्। शनिबार सम्पन्न स्थानीय स्तरको निर्वाचनका क्रममा कानुन उल्लंघन गर्ने र निर्वाचनमा सहभागी नहुन दबाब दिने घटनाका कारण निर्वाचन शान्तिपूर्ण भने हुन नसकेको निर्वाचन अनुगमन समितिले जनाएको छ। यद्यपि निर्वाचन आयुक्तले [...]