Articles Posted on July 23rd, 2011

  • diarria

    दैलेखमा झाडापखालाबाट एकै परिवारका तीन जनाको मृत्यु

    दैलेखमा झाडापखालाबाट एकै परिवारका तीन जनाको मृत्यु भएको छ। झाडापखालाबाट विशाला गाविस वडा नम्बर एक बजाहाका  नरबहादुर शाहीका १० वर्षीया छोरी पवित्रा शाही, ६ वर्षीया दिपा र ४ वर्षीया निर्मला शाहीको मृत्यु भएको हो। झाडापखालाबाट बिरामी परेका उनीहरुको  उपचारका क्रममा घरमै मृत्यु भएको स्थानीयवासी विष्णु शाहीले जानकारी दिनुभयो । उपस्वास्थ्य चौकी टाढा भएकोले स्थानीय स्वास्थ्यकर्मी […]

  • olympics-nepal

    राष्ट्रिय खेलकुद परिषदमा ओलम्पिक विवाद

    नेपाली खेलकुद क्षेत्रमा रहेका विवादहरुलाई न्यून पार्दै गएको राष्ट्रिय खेलकुद परिषदले ओलम्पिक विवाद समाधान गर्न ओलम्पिकका नाममा हुने गतिविधिमा बन्देज लगाउनेसम्मका काम गर्ने चेतावनी दिएको छ। नेपालमा दुई वटा ओलम्पिक कमिटी भएपछि देखिएको विवादलाई समाधान गर्न परिषदले दुवैलाई मिल्न आग्रह गरिसकेको छ। तर, दुबै ओलम्पिक कमिटी आपसमा नमिलेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यताका रुपमा छुट्टाछुट्टै गतिविधि […]

  • krishna-prasad-sitaula

    कांग्रेसमा नेता परिवर्तन हुन सक्ने संकेत : कृष्णप्रसाद

    नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले नेपाली कांग्रेसमा संसदीय दलको नेता परिवर्तन हुन सक्ने संकेत गर्नुभएको छ। नेपाल प्रेस युनियन लमजुङद्वारा आयोजित पत्रकार भेटघाटमा महामन्त्री सिटौलाले पार्टी सभापति सुशील कोइराला र वरीष्ठ नेता शेरबहादुर देउवाबीच पदाधिकारी मनोनयनका क्रममा संसदीय दलको नेता देउवालाई बनाउने विषयमा सहमति भएको खुलासा गर्नुभयो। उहांले पदाधिकारी मनोनयन गर्दा पनि सहमतिवाटै भएकाले अब […]

  • mega-bank

    मेगा बैंक

    पाँचतारे बैंकिङ सेवाको नारा दिएर सञ्चालनमा आएको मेगा बैंकले पहिलो वर्ष पूरा गर्दा ५ अर्ब ३७ करोड निक्षेप परिचालन र ४ अर्ब ८२ करोड रुपैंया कर्जा तथा लगानी गरेको छ। काठमाडौं कान्तीपथस्थित बैंकको मुख्य कार्यालयमा आज आयोजित प्रथम वार्षिकोत्सव समारोहमा यस्तो जानकारी दिइएको हो। समारोहलाई सम्बोधन गर्दै बैंकका अध्यक्ष डाक्टर मदन दाहालले आर्थिक सशक्तिकरणका लागि […]

  • jhalnath

    काभ्रेको धुलिखेलमा नेकपा एमालेको राष्ट्रिय भेला

    काभ्रेको धुलिखेलमा नेकपा एमालेको राष्ट्रिय भेला सुरु भएको छ। धुलिखेलको एक रिसोर्टमा आयोजित भेलाको प्रधानमन्त्री तथा पार्टी अध्यक्ष झलनाथ खनालले उद्घाटन गर्नु भयो। एमाले संगठन विभागले आयोजना गरेको विधान संशोधन सम्बन्धी राष्ट्रिय भेलामा अध्यक्ष खनालसहित बरिष्ठ नेता माधवकुमार नेपाल, नेता केपी ओली लगायतका केन्द्रीय कमिटीका नेताहरुसहित करिव दुई सय जना प्रतिनिधिको सहभागिता रहेको छ। भेलामा […]

  • prachanda-narayan-babu

    माओवादीभित्र देखिएको गुटवन्दीको कटु आलोचना : नागरिक समाजका प्रतिनिधि

    नागरिक समाजका प्रतिनिधिहरुले माओवादीभित्र देखिएको गुटवन्दीको कटु आलोचना गरेका छन्। माओवादी अध्यक्ष प्रचण्डको प्रमुख आतिथ्यमा गरिएको अन्तक्रियामा प्रचण्डविरोधी खेमाकारुपमा चित्रित उपाध्यक्षद्धय मोहन बैद्य र बाबुराम भट्टराई संगसंगै प्रचण्डको पनि आलोचना भयो। प्रगतिशिल नागरिक समाजद्धारा आयोजित र केही संचार माध्यमबाट प्रत्यक्ष प्रशारण भएको सो अन्तरक्रियामा प्रचण्डको जति प्रंशसा भएको थियो उत्तिनै उपाध्यक्षत्रय मोहन बैद्य, बाबुराम भट्टराई […]

  • Maoist-Flag

    माओवादीमा विवाद मिल्यो

    एकीकृत नेकपा माओवादीमा कार्यविभाजनका विषयमा देखिएको विवादमा नेताहरुबीच सहमति जुटेको छ।  सो सहमतिलाई आज बस्ने केन्द्रीय समितिको बैठकले ठोस रुप दिने जनाइएको छ। पछिल्लो सहमति अनुसार अध्यक्ष र संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्ड नै रहनु हुनेछ। त्यस्तै उपाध्यक्षत्रय मोहन वैद्यले संगठन विभाग, बाबुराम भट्टराईले संसदीय विभाग र नारायणकाजी श्रेष्ठ संसदीय दलको उपनेताको जिम्मेवारी सम्हाल्नु […]

  • amale-flag

    देशभरका नेकपा एमाले कार्यकताको भेला सुरु हुंदैछ

    नेकपा एमालेको देशभरका राष्ट्रिय कार्यकता भेला आजदेखि धुलिखेलमा सुरु हुंदैछ।  देशभरबाट आएका नेता तथा कार्यकर्तालाई स्वागत गर्नको लागि एमाले काभ्रेले विभिन्न स्थानमा स्वागत गेट, सडकका दायां बायां झण्डा र ब्यानर झुण्ड्याएर सिंगारिएको छ। भेलामा आउने सबैलाई भक्तपुर र काभ्रेको सीमानामा पर्ने सांगामा सामुहिक रुपमा स्वागत गर्ने र मोटरसाइकल र्स्कटिङ गरेर कार्यक्रमस्थल धुलिखेल पुर्‍याउने कार्यक्रम रहेको […]

  • prachanda-single

    पार्टीभित्रको विवादलाई गाई जात्राको संज्ञा दिदै : पुष्पकमल दाहाल

    एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्रको विवादलाई गाई जात्राको संज्ञा दिदै तर, सोही गाई जात्राले पार्टीमा नयां नेतृत्व, नयां विचार र नयां व्यवस्था ल्याउने दाबी गर्नुभएको छ।  आज राजधानीमा आयोजित एक अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष दाहालले पार्टीभित्रको अन्तरसंघर्ष स्वभाविक भएको उल्लेख गर्नुभयो। दाहालले स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाले मृत्यु शैयाबाट आफुलाई देशको जिम्मेवारी लिन गरेको आग्रहलाई […]

  • Norway-80

    नर्वेमा भएको दुई छुट्टाछट्टटै घटनामा परी एकानब्बे जनाको मृत्यु

    आतंकले विश्वमा जरा गाडिरहेका बेला नर्वेमा भएको दुई छुट्टाछट्टटै घटनामा परी कम्तीमा एकानब्बे जनाको मृत्यु भएको छ। प्रधानमन्त्री कार्यालय नजिकै भएको विस्फोटमापरी सात जना र अर्को एक शिवरमा प्रहरी पोशाकधारीले गरेको आक्रमणबाट कम्तीमा चौरासी जनाको मृत्यु भएको हो। राजधानी ओस्लोमा भएको बम आक्रमणको केही घण्टापछि चौरासी जनाको मृत्यु हुने गरी अर्को आक्रमण भएको थियो। शुक्रबार […]