पांच बुंदे सहमति कार्यान्वयन अनुगमन विशेष समितिले संविधानसभाको म्याद थप्दा भएको पांच बुंदे सहमतिका बारेमा पटक पटक सरोकारवालासंग छलफल गरे पनि कार्यान्यवनमा भने कुनै प्रगति हुन सकेको छैन। छलफलकै शिलशिलालाई निरन्तरता दिदैं अनुगमन समितिले शुक्रबार माओवादी सेनाका लडाकुको रेखदेख, समायोजन तथा शान्ति प्रक्रियामा भएका कार्य प्रगतिका बारेमा जानकारी लिएको छ। सिंहदरबारस्थित राज्यव्यस्था समितिको कार्यकक्षमा बसेको [...]
नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले सुडान घोटालामा आफ्नो कुनै संलग्नता नभएको दावी गर्नुभएको छ। बाग्लुङमा पत्रकारहरुसंग कुरा गर्दै उपाध्यक्ष गौतमले नेपाल प्रहरीलाई शान्ति स्थापनाका लागि सुडान पठाउने निर्णय राजनीतिक भएपनि आर्थिक अनियमिततामा आफ्नो कुनै संलग्नता नभएको दावी गर्नुभयो। उहाँले नेपाल प्रहरीको कल्याण कोषको रकम सञ्चालनमा गृहमन्त्रीले कुनैपनि काम गर्न नपाउने वताउनुभयो। नेपालमा शान्तिपूर्ण जनक्रान्तिको बलमा [...]
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले राजनीतिक चरित्र र माग बोकेका सशस्त्र समूहहरुलाई वार्ताको माध्यमबाट शान्तिपूर्ण राजनीतिमा ल्याउन आवश्यक हरेक प्रयत्न गर्न सरकारसंग माग गरेको छ। मधेसी जनाधिकार फोरम लोकतान्त्रिकको संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको मोर्चाको बैठकले सो आग्रह गरेको हो। मोर्चाले राजनीतिक कारणले पक्राउ परेका कार्यकर्ताको रिहाइ र गैर न्यायिक हत्या रोकी तत्काल वार्ताको वातावरण [...]
विश्वकप फुटबलको एसियाली छनोटको दोस्रो चरण अन्तरगत पहिलो लेग खेल्न जोर्डन पुगेको नेपाली टोलीले मध्यपंक्तिलाई ध्यान दिएको छ। जोर्डन पुगेको एकदिन पछि नेपाली टोलीका प्रशिक्षक ग्राहम रोबट्सले नेपालले जोर्डनसंगको खेलमा मध्यपंक्तिलाई बलियो बनाउने तयारी गरेका हुन्। शुक्रबार पहिलो रोजाइका ११ खेलाडीको नाम तय गरेपछि प्रशिक्षक रोबर्टस्ले मध्यपंक्तिलाई बलियो रहन निर्देशन दिएका हु्न्। उनले मध्यपंक्तिमा निराजन [...]
धनुषाको झटियाही गाविसस्थित झटियाही माविमा अभिभावक भेला भएको विवादमा गोली चल्दा मधेशी जनअधिकार फोरम गणतान्त्रिकका कार्यकर्ता राम एकवाल मण्डलको मृत्यु भएको छ। भटहीका ४५ वर्षीय मण्डलको छातीमा गोली लागेको थियो । अभिभावक भेला चलिरहेको वेला एमाले कार्यकर्ताहरुले आफना पक्षधरलाई सर्वसम्मतीले अध्यक्ष बनाउन दबाब दिएपछि विवाद भएको थियो। सोहि क्रममा एमाले कार्यकर्ता सुशिल साहले गोली चलाउदा [...]
उपप्रधान एवं गृहमन्त्री कृष्णवहादुर महराले विरोधका कार्यक्रमप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको भन्दै कर्मचारीलाई विरोधका कार्यक्रम स्थगित गर्न आह्वान गर्नुभएको छ। आज विज्ञप्ती जारी गरी मन्त्री महराले विरोधका कार्यक्रमले सर्वसाधारणलाई असुविधा पुगेको भन्दै सम्पूर्ण कर्मचारीहरुलाई विरोधका कार्यक्रम स्थगित गर्न आग्रह गर्नुभएको हो। उहाले कर्मचारीका मागका सम्वन्धमा वार्ताको माध्यमवाट समस्याको समाधान खोजिने वताउनुभएको छ। नेपाल राष्ट्रिय निजामति [...]
नेपाली सांगितिक फाँटमा नयाँ प्रकारको प्रतियोगिता नेपाल आईडियल २०६८ आयोजना हुने भएको छ। कार्यक्रमबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा सरगम संगित विद्यालय, आमा फिल्मस प्राली, कल्चर कटेज प्रालीको संयुक्त आयोजनामा शुरु हुने प्रतियोगिताको प्रथम चरणको छनौट प्रकृया आगामी असोजको पहिलो साता पूर्वाञ्चलबाट शुरुहुने जानकारी दिईएको थियो। प्रथम चरणको छनौट नेपालको पचहत्तर वटै जिल्लामा संचालन [...]
नेपालमा अझैपनि दात तथा मुखको स्वास्थ्य प्रति मानिसहरु सचेत देखिएका छैनन्। विषेषगरी दन्त हर्षको समस्या अत्यधिक रहेको पाइन्छ। यस्तै समस्याबाट छुटकारा पाउन एवम दात तथा मुख सम्बन्धी सचेतना गराउन काठमाडौंमा दन्त चिकित्सा तथा दन्त स्वास्थ्य प्रदर्शनी आयोजना गरिएको छ। दन्त चिकित्सा अध्ययनरत विद्यार्थीहरुले यस प्रदर्शनीमा भाग लिएका छन्। प्रर्दशनीमा अवलोकनकर्ताहरुलाई दात तथा मुखको स्वास्थ्य सम्बन्धी [...]
प्रेम असफल भएपछि रुकुमका एक जोडीले आत्महत्या गरेको छ। प्रेम असफल भएपछि दक्षिणी रुकुमको नुवाकोटका १७ वर्षीय रणजित पुन र १५ वर्षीया दुर्गा पुनले गाउं नजिकै एउटै रुखमा पासो लगाएर आत्महया गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक युवराज खड्काले जानकारी दिनुभयो। केटीका परिवारले अर्कै केटासंग विवाह गरिदिने भन्दै कुरा अगाडि बढाएपछि दुवैले आत्महया गरेको प्रहरीको [...]
विगत लामो समयदेखि विवादको घेरामा रहदै आएको नेपाल सितेरियो कराते संघकै पदाधिकारी र खेलाडीहरुले अध्यक्षको विरोध गर्दै राष्ट्रिय खेलकुद परिषद् समक्ष संघ विघटनको माग गरेका छन्। २०५९ सालमा परिषद्मा दर्ता भएको सितेरियो करांते संघले उल्लेखनीय काम नगरेको तथा संघका अध्यक्ष केदारबाबू सिवाकोटी भ्रष्टाचारमा लिप्त रहेको जनाउदै परिषद् समक्ष सो माग गरेका हुन्। नेपाल कराते महासंघका [...]