अभिभावक संघ नेपालले आज शूल्क निर्धारण तथा छात्रवृत्तीविषयलाइ लिएर उच्च माध्यामिक परिषद्का उपाध्यक्षलाइ ज्ञापन पत्र बुझाएको छ। उच्च माध्यामीक शिक्षा परिषद् अर्न्तगत सञ्चालित विद्यालयहरुमा मनोमानी शुल्क लिने गरेको भएतापनि परिषद् उदासिन रहेको भन्दै अभिभावक संघले ध्यानाकर्षण गराएको छ। संघले सामुदायीक विद्यालय बाट उर्त्तिण गरेका विद्यार्थी मात्र छात्रबृत्तिको परीक्षामा सम्मिलित हुन पाउने नियम खारेज गर्न समेत [...]
सरकारले बांकेको कोहलपुरलाई नगरपालिका घोषणा गरेपछि त्यहांका बासिन्दाले खुशियाली मनाएका छन्। कोहलपुर र रझेना गाविसलाई सरकारले बजेट मार्फत कोहलपुर नगरपालिका घोषणा गरेपछि कोहलपुरवासीले खुशी हुदै पञ्चे बाजा बजाई नाचगान गर्दै कोहलपुर नगर परिक्रमा गरेका थिए। नागरिकको तर्फबाट कोहलपुर उद्योग व्यापार संघको आयोजनामा सम्पन्न खुशियाली र्याली कोहलपुरको पिपलचौताराबाट सुरु भई न्यूरोड, मेडिकल कलेज लाइन हुदै चौराहमा [...]
समयमा बजेट नपाएका कारण अघिल्लो वर्ष छैटौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्नबाट बन्चित भएका सुदुरपश्चिमका खेलकर्मीले यसवर्ष भने समयमा नै काम थाल्ने सांच बनाएका छन्। सरकारले यस वर्षको बजेटमा नै सुदुरपश्चिमको धनगढीमा छैटौ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न बजेट छुट्याएपछि सुदुरपश्चिमेलीहरु समयमा नै काम गर्न तयार भएका हुन्। तर, उनीहरुले सरकारले बजेटमा तोकेको १३ करोड रुपैया प्रतियोगिता [...]
विश्वकप फुटबलको एसियाली छनोटको दोस्रो चरणमा सहभागी हुन नेपाली टोली आज जोर्डन प्रस्थान गरेको छ। आउदो शनिबार जोर्डनमा हुने छनोट खेलमा नेपालले जोर्डनसंग प्रतिस्पर्धा गर्न लागेको हो। पहिलो चरणमा नेपालले घरेलु मैदान दशरथ रंगशालामा इस्ट टिमोरलाई हराएर दोस्रो चरणको यात्रा पक्का पारेको थियो। विश्व वरियातामा नेपाल भन्दा ६० औं स्थान माथि रहेको जोर्डनसंग नेपालले जित [...]
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेको छ। काठमाडौं बालुवाटारस्थित केन्द्रीय बैंक सभाहलमा गभर्नर डक्टर युवराज खतिवडाले मौद्रिक नीति सार्वजनिक गर्नुभएको हो। मौद्रिक नीतिले बैंक तथा वित्तीय क्षेत्रमा तरलता प्रवाह एवं संस्थागत सुशासनलाई मुख्य प्राथमिकतामा राखेर अनिवार्य नगद अनुपात सिआरआर ५ दशमलब ५ प्रतिशतका सट्टा शुन्य दशमलव ५ प्रतिशत विन्दुले घटाएर [...]
नेपाली कांग्रेसले व्यवस्थापिका संसदको आगामी बैठकसम्म पनि पांच बुंदे सहमति कार्यान्वयन नभए संसद बैठक नै अवरुद्ध गर्ने भएको छ। सभापति सुशील कोइरालाको निवास महाराजगन्जमा आज बिहान बसेको कांग्रेसका प्रभावशाली नेताहरुको अनौपचारिक बैठकले पांच बुंदे सहमति कार्यान्वयन नभएकोप्रति आपत्ति जनाउंदै संसद बैठक अवरुद्ध गर्ने निर्णय गरेको हो। सत्ता पक्षले सहमति कार्यान्वयनमा चासो नदेखाएका कारण पांच बुंदे [...]
एकीकृत माओवादी भित्रको आन्तरिक कलहका कारण शान्ति प्रकृया र संविधान निमार्ण कार्यले गती लिन नसकेको आरोप अन्य दलका नेताहरुले लगाएका छन्। आज काठमाडौमा आयोजित एक कार्यक्रममा नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले माओवादीले देखाएको दोहोरो चरित्रले शान्ति र संविधान निमार्णमा बाधा सृजना गरेको आरोप लगाउनुभयो। यस्तै अवस्था रहेमा आगामी भदौमा संविधानको पहिलो मस्यौदा आउन नसक्ने ठोकुवा [...]
नेपालका लागि चीनिया राजदूत यङ हउलानले नेपालको आन्तरिक राजनीतिले जुनसुकै मोड लिएपनि नेपालप्रति चीनको दृष्टिकोणमा कुनै परिवर्तन नआउने बताउनुभएको छ। नेपालको राजनीति आन्तरिक विषय भएकाले जसको नेतृत्वमा सरकार बनेपनि चीनले गर्ने सहयोगमा कुनै परिवर्तन नहुने उहांको धारणा थियो। राजदूत हउलानले नेपालमा चीनविरोधी गतिविधि नहुनेमा आफूं विश्वस्त रहेको पनि बताउनुभयो। चीनसंग नेपालको खुला सीमाना रहेकाले पूरै [...]
विशेष अदालतले सुडान घोटाला प्रकरणका आरोपी पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक मदनबहादुर खड्कासंग बयान लिइरहेको छ। पूर्व एआइजी खड्का बयानका लागि बिहान साढे दश बजे अदालतमा उपस्थित भएका थिए। बयान सकिएपछि आजै अदालतमा थुनछेकको बहस सुरु हुने छ। थुनछेकको बहसपछि उनलाई सफाइ दिने, थुनामा राखेर छानबिन अगाडि बढाउने वा धरौटी लिएर रिहा गर्ने भन्ने विषयमा फैसला [...]
विभेदकारी तलववृद्धि खारेजी लगायत ९ बुंदे माग राखी विराटनगरस्थित जिल्ला प्रशासन कार्यालय बन्द गराउन गएका सत्तरी भन्दा बढी कर्मचारीलाई प्रहरीले आज पनि नियन्त्रणमा लिएको छ। जिल्ला प्रशासन कार्यालय पुगेर जर्बजस्ती बन्द गराउने प्रयत्न गरेपछि उनीहरुलाई नियन्त्रणमा लिएर स्थानीय कभर्ड हलमा राखिएको छ। विभेदकारी तलव वृद्धि खारेजी लगायतका माग गर्दै राष्ट्रिय कर्मचारी संगठन, राष्ट्रिय स्वतन्त्र कर्मचारी [...]