तलव बृद्धि असमान भएको भन्दै आन्दोलनको घोषणा

Written by admin. Posted in राजनीति, विशेष

Published on July 18, 2011 with

विभिन्न कर्मचारी संगठनहरुले आर्थिक वर्ष २०६८/६९ को बजेटमा  कर्मचारीको  तलव बृद्धि गरिएपनि तलवमान असमान भएको भन्दै आन्दोलनको घोषणा गरेका छन्।
राजधानीमा आज आयोजित पत्रकार सम्मेलनमा कर्मचारी संगठनहरुले समान रुपले तलब बृद्धि गरिनुपर्ने माग तत्काल सम्बोधन नभए भोलिदेखि देशव्यापी आन्दोलन गर्ने जनाएका छन्।

उनीहरुले देशभरका जिल्ला प्रशासन कार्यलय तथा  देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबार समेत ठप्प पार्ने चेतावनी दिएका छन्। आफ्नो आन्दोलनमा करार, अस्थायी र ज्यालादारी कर्मचारीहरुको समेत ऐक्यबद्धता रहेको उनीहरुको भनाइ छ। कर्मचारी संगठनका प्रतिनिधिहरुले  एकलौटी रुपमा तलब बृद्धि गरेको, स्थायी कर्मचारीलाई मात्र पोशाक भत्ताको व्यवस्था गरेको विषयप्रति आपत्ति जनाएका छन्।

facebook comments:

Leave a Comment