बेलायती सेना फिर्ता पठाउंदा सुरक्षा अवस्था गम्भीर

Written by admin. Posted in विदेश, विशेष

Published on July 17, 2011 with

अफगानिस्तानी सांसदहरुले शान्ति सुरक्षाको स्थिति मजबुत हुनुअघि नै त्यहांबाट बेलायती सेना फिर्ता पठाउंदा सो क्षेत्रमा रहेको सेनाको सुरक्षा अवस्था अझ गम्भीर हुने बताएका छन्। संसदीय प्रतिरक्षा समितिले बेलायती प्रधानमन्त्री डेविड क्यामरुनको दुई हजार चौधको अन्त्यसम्ममा सम्पूर्ण सेना फिर्ता पठाउने योजनाले अन्तर्राष्ट्रिय संयुक्त सुरक्षा रणनीति प्रभावित हुने टिप्पणी गरेको छ।

सांसदहरुका दृष्टिमा आजकै अवस्थामा पनि अफगानिस्तानमा पर्याप्त हेलिकोप्टर छैन भने यसलाई अझ घटाउने रणनीति प्रत्युत्पादक हुनेछ। प्रतिरक्षा सचिव डाक्टर लियाम फक्स सेना फर्काउने चरणमा पुग्न अहिले निकै चरण पार गर्नु आवश्यक छ। जुलाई महिनाको सुरुमा अफगानिस्तान भ्रमणमा गएका प्रधानमन्त्री क्यामरुनले पांच सय सेना तत्कालै फिर्ता पठाउने र दुइ हजार बाह्रको सेप्टेम्बरसम्ममा यो संख्या नौ हज्जार पुग्ने बताएका थिए।

facebook comments:

Leave a Comment