प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी आर्थिक वर्षका लागि सरकारले तयार पारेको बजेट संसदमा पेश नगर्दै सार्वजनिक भएको भन्दै आपत्ति जनाएको छ। आज व्यवस्थापिका संसदको बैठक सुरु हुना साथ नेपाली कांग्रेसका सभासद् एवम् पूर्वअर्थमन्त्री डाक्टर रामशरण महतले विशेष समय लिएर सरकारले तयार पारेको बजेट संसदमा पेश नहुंदै सार्वजनिक भएको भन्दै आपत्ति जनाउनु भएको थियो। बार्षिक [...]
झण्डै एक महिना लामो विदेश यात्रापछि कांग्रेस सभापति सुशील कोइराला आज स्वदेश फर्कनु भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति कोइराला स्वास्थ्य परीक्षणका लागि अमेरिका जानु भएको थियो। तर, उहांको विदेश यात्रा यत्तिमा मात्रै सीमित रहेन। उहांले भ्रमणका क्रममा अमेरिका, युरोप र भारतमा महत्वपूर्ण राजनीतिक भेटवार्ता पनि गर्नुभयो। छिमेकी देश भारतमा उच्च पदस्थ अधिकारीहरुसंग [...]
प्रस्तावित नंया व्यवस्था खारेजी गरिनु पर्ने, व्यवस्थामा तराई र डुवर्सका नेपालीभाषी वाहुल्य क्षेत्र समावेश गर्न नहुने लगायतका माग राख्दै गोर्खा जनमुक्ति मोर्चा विरोधी विभिन्न डेढ दर्जन जातीय एवं क्षेत्रीय संगठनहरुले शुक्रवारदेखि दार्जिलिङसहित पश्चिम बंगालमा ५ दिन लामो बन्द आव्हान गरेका छन्। बन्दका कारण दार्जिलिङ मुद्धाका विषयमा हुन लागेको त्रिपक्षीय वार्ता समेत प्रभावित हुने भएको छ। [...]
नेपाली सेनाको उपरथीबाट दुईदिन अघि रथी पदमा बढुवा हुनु भएका नेपालभुषण चन्दलाई शुक्रवार रथी पदको दर्ज्यान्ही चिन्ह प्रदान गरिएको छ। शुक्रवार जंगी अड्डामा आयोजित एक समारोहका बीच प्रधानसेनापति छत्रमान सिंह गुरुङले चन्दलाई रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो। चन्दले आजैबाट बलाधिकृत रथीको जिम्मेवारी सम्हाल्नु भएको छ। दुई दिनअघि बसेको मन्त्रिपरिषदको बैठकले चन्दलाई रथीमा बढुवा [...]
नयां बजेट पेश गर्ने विषयमा सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच सहमति भएको छ। संविधानसभा भवन नयां बानेश्वरमा भएको सरकार र मोर्चाका नेताहरुबीचको वार्तामा मोर्चाको मागलाई सरकारले सम्वोधन गर्ने र मोर्चाले बजेट पेश गर्न दिने सहमति भएको हो। दोस्रो चरणको वार्तामा बजेटका विषयमा दुवै पक्ष सहमति नजिक पुगेका हुन्। मोर्चाका नेता रामजनम चौधरीले वार्ता सकारात्मक [...]
नेपाल राष्ट्रिय शिक्षक संगठनको सोह्रौं राष्ट्रिय परिषद् भेला काठमाडौंमा सुरु भएको छ। ट्रेड युनियन अधिकार, पेशागत दक्षता गुणस्तरीय शिक्षामा हाम्रो सम्लग्नता भन्ने मुल नाराका साथ परिषदको भेला आयोजना गरिएको हो। संगठनले आज बिहान रत्नपार्कको शान्ति बाटिकाबाट र्यालीको आयोजना गर्यो। र्यालीमा देशका विभिन्न जिल्लाहरुबाट आएका शिक्षकहरुको उपस्थिति थियो।
बर्दियाको सदरमुकाम गुलरियादेखि करिब ३० किलोमिटर पश्चिममा रहेको राजापुर क्षेत्रका ११ गाविस जोड्ने अस्थायी पुलको रुपमा कोठियाघाट गेरुवा कर्णाली नदीमा संचालन हुने पन्टुन पुल सम्भवत आगामी वर्ष देख्न पाइने छैन। हिउदमा संचालनमा आएको पन्टुन पुल बर्षा सुरु हुनु अघि सुरक्षित ठाउंमा निकालेर राखिनुपर्नेमा त्यसो नगरेका कारण पन्टुनका डब्बा बगेर गएका छन्। यस बर्ष ठेकेदार र [...]
मध्यपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र नेपालगञ्जमा संचालित प्रहरी जवानहरुको आधारभूत तालिम सम्पन्न भएको छ। तालिम केन्द्रले आज १ सय २७औंे दीक्षान्त समारोहको आयोजना गरी तालिम सम्पन्न गरेका प्रहरी जवानहरुलाई कार्यक्षेत्रमा पठाएको छ। दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रहरी नायब महानिरीक्षक केदार प्रकाश साउदले प्रहरी संगठनको उद्देश्य जनतालाई सुरक्षा दिने र अनुसन्धानलाई बलियो बनाई आपराधिक गतिबिधिलाई नियन्त्रण [...]
धार्मिक पर्यटकीय नगरी जनकपुर अव्यवस्थित वधशालाका कारण दुर्गन्धित बन्न थालेको छ। व्यवस्थित बधशालाको अभावमा मासु व्यवसायीहरुले जताततै खसीबोका काट्ने गरेकाले त्यसबाट निस्कने फोहर मैलाले जनकपुर दुर्गन्धित बन्दै गएको हो। जनकपुरको धार्मिक महत्वलाई जोगाउन व्यवस्थित पशुवधशाला निर्माणको पहल नभएको चांही होइन। तर, सम्बन्धित पक्षको लापरबाहीले गर्दा बजेट निकासा भएपनि वधशाला निर्माण हुन सकेको छैन। बधशाला नभएकै [...]
एकिकृत नेकपा माओवादीका उपाध्यक्ष मोहन वैद्य किरणले जनयुद्वको समयमा आफ्ना पार्टीका नेताहरुलाई लागेका मुद्दा खारेज नभएसम्म शान्ति प्रक्रियाले गति लिन नसक्ने बताउनुभएको छ। भक्ति लामिछानेद्वारा रचित जनगीति संग्रह जनसुसेली एल्बमको काठमाडौंमा विमोचन गर्दै उपाध्यक्ष वैद्यले सञ्चारमन्त्रि अग्नि सापकोटा लगायतका नेताहरुको मुद्दालाई खोतल्ने प्रयासले शान्ति प्रक्रियामा अप्ठ्यारो स्थिति सृजना हुने समेत बताउनुभयो। कार्यक्रममा वैद्यले विभिन्न समयमा [...]