एमाले निकट युवा संघ र कांग्रेस कार्यकर्ताबीच सुनसरीको इटहरीस्थित जुट विकास चोकमा भएको झडपका क्रममा गोली चलेको छ। गोली लागी कांग्रेस कार्यकर्ता राजकुमार राई घाइते भएका छन्। घाइते राईको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। त्यस्तै रिक्सा चालक इस्तियाक मोहम्मदको हातमा चोट लागेको छ। झडपको कारण र घटनाको थप विवरण आउन वांकी छ।









There are currently no comments on एमाले युवा संघ र कांग्रेस कार्यकर्ताबीच झडपका क्रममा गोली चले. Perhaps you would like to add one of your own?