विश्वबिद्यालय अनुदान आयोगमा प्राध्यापक संघले लगाएको ताला आज खोलिएको छ। प्रधानमन्त्री कार्यालयका मन्त्री घनश्याम भुसाल र संघबीचको बैठकमा अयोगमा राजनीतिक रुपमा नियुक्ती नगर्ने र संघसंगको सहकार्यमा मात्रै शिक्षा मन्त्रालय अन्तर्गतका निकायहरुमा नियुक्ती गर्ने सहमति भएपछि ताला खोलेको नेापाल प्राध्यापक संघका महासचिव चन्द्रमणि पोखरेलले बताउनुभयो। बैठकमा आयोगका अध्यक्ष र सदस्य सचिवलाई बर्खास्त गरी नयां नियुक्ती गर्ने [...]
दशबर्ष लामो सशस्त्र द्वन्द्वका क्रममा राज्य र तत्कालिन विद्रोही पक्षवाट आफन्त गुमाएका परिवारका सदस्यको आज नेपालगन्जमा पुनर्मिलन गरिएको छ। स्थानीय शान्ति समितिले आयोजना गरेको कार्यक्रममा राज्य र तत्कालिन विद्रोही पक्षवाट आफन्त गुमाएका, बेपत्ता पारिएका र घाइते तथा अङ्गभङ्ग भएका व्यक्तिका परिवारको सहभागिता रहेको थियो। शान्ति समितिले सशस्त्र द्वन्द्वकाक्रममा राज्य र विद्रोहीपक्षबाट पीडित भएका परिवारका सदस्यहरुलाई [...]
ब्यापारको लागि भनेर २ जना भारतीय नागरिकहरुलाई आफ्नै खर्चमा नेपाल बोलाएर नाटकीय रुपमा अपहरण गरी फिरौती माग्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। भारतीय ब्यपारीहरु जोगिन्दर पाल र सलामत अलिको अपहरण गर्ने कुख्यात भारतीय अपहरणकारी मन्जिल राईसहित प्रहरीले ६ जनालाई पक्राउ गरेर पिडितलाई अपहरण मुक्त गराएको छ। रुद्राक्ष लागायतका सामानहरु किन्नका लागि भन्दै नेपालबाट आफूलाई ब्यापारी [...]
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर दिनेशचन्द्र देवकोटाले सरकारले आगामी बजेटमा ठूला परियोजनालाई विशेष समिति मार्फत अगाडि बढाउने योजना ल्याउन लागेको खुलासा गर्नुभएको छ। काठमाण्डौंमा आज आयोजित साक्षात्कारमा उपाध्यक्ष देवकोटाले सरकारी संयन्त्रको क्षमता विस्तार हुन नसक्दा पुँजीगत खर्च हुन नसक्नुका साथै विकास निर्माणमा प्रतिकूल असर परेको र सहकारीले नीजि क्षेत्रको व्यापार व्यसायलाई धरासायी होइन सहयोग गर्ने [...]
अन्तर्राष्ट्रिय मुद्रा कोष(आइएमएफ)ले इटलीलाई बढ्दो ऋण संकटलाई समाधानका लागि खर्च कटौती गर्न महत्वपूर्ण कदम चाल्न आग्रह गरेको छ। युरोजोन क्षेत्रमा देखिएको ऋण संकटको दोस्रो चरणमा इटली प्रभावित हुने कुरा सार्वजनिक भैरहदा कोषले यस्तो आग्रह गरेको हो। युरोलाई एकल मुद्राको रुपमा प्रयोग गर्दै आएका ग्रिस, आयरल्यान्ड र पोर्चुगल पहिलो चरणको सार्वजनिक ऋण तिर्न नसक्ने अवस्थामा पुगेका [...]
आफ्नै अंगरक्षकले गोली हानी हत्या गरिएका भाइको अन्त्येस्टिमा अफगान राष्ट्रपति हमिद कारजाई सहित हजारौ अफगानीहरु संलग्न भएका छन्। अहमद वाली कारजाईको लामो समयदेखि अंगरक्षकको रुप तथा पारिवारिक मित्र सरदार मोहम्मदले कान्दाहारस्थित घरमा हिजो गोली हानी हत्या गरेका थिए। सरदारले दुई गोली प्रहार गरेपछि आफैंलाई गोली हानी आत्महत्या गरेका थिए। अन्त्येष्टी कन्दाहारबाट बीस किलोमिटर पर रहेको [...]
न्युज अफ द वर्ल्डको फोन ह्याकिङ काण्ड सार्वजनिक भएपछि बेलायतका प्रमुख तीन राजनीतिक दलले संयुक्त रुपमा मिडिया मुगल रुपर्ट मर्डोकलाई ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेशनको खरिद कार्य स्थगित गर्न आग्रह गर्ने भएका छन्। सत्तारुढ कन्जरभेटिभ र लिबरल डेमोक्र्याटले प्रतिपक्षी दल लेबरले फोन ह्याकिङको अनुसन्धान समाप्त नहुन्जेलसम्म सो कार्य स्थगित गर्ने प्रस्तावमा मतदान गर्ने भएका छन। संसदमा हुने [...]
कारागारमा कैदी तथा बन्दी जीवन विताइरहेका व्यक्तिहरुमा क्षयरोग वा एचआइभीको संक्रमण हुन सक्ने भन्दै कारागारमा स्वास्थ्य कार्यक्रम संचालन गरिनुपर्ने आवश्यकता औल्याइएको छ। राजधानीमा युवा शक्ति नेपालले आयोजना गरेको क्षयरोग र संचार विषयक छलफल कार्यक्रममा मुलु कभरका कारागारमा क्षयरोग, मलेरिया तथा एचआइभी संक्रमित व्यक्ति भएको भन्दै उनीहरुलाई लक्षित गरी कार्यक्रम ल्याइनुपर्नेमा जोड दिइएको छ। छलफलमा सहभागीहरुले [...]
ऐतिहासिक महत्व बोकेको बुटवलको टक घर संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेको छ। राणाकालदेखि नै परम्परागत रुपमा सिक्का छाप्ने काममा प्रयोग हुंदै आएको टक घर अहिले अतिक्रमणको चपेटामा परेको छ। जसका कारण एउटा जीवित इतिहास नै लोप हुनसक्ने खतरा बढेको छ। बुटवल बजारको मध्य भागमा रहेको करोडौ रुपैया मूल्य पर्ने जग्गा नेपाली सेनाले कब्जामा राखेको [...]
बंगलादेशका लागि राजदूतमा सिफारिस गरिएको विषयमा परराष्ट्रमन्त्री उपेन्द्र यादवले स्पष्टीकरण नदिएकोप्रति व्यवस्थापिका संसदको संसदीय सुनुवाई विषेश समितिले आपत्ती जनाएको छ। सिंहदबारमा आज बसेको समितिको बैठकले बंगलादेशमा रहेका राजदुतको म्याद पांच महिना बांकी रहेकै बेला अर्को राजदुत सिफारिस गर्नुको कारण तथा संसदीय प्रकृया मिचेर सिफारिस गर्नुमा रहेको नियतका बारेमा मन्त्री यादवसंग जानकारी लिने कार्यसुचीमा उल्लेख थियो। [...]