Articles Posted on July 12th, 2011

  • nepal-bank

    आगामी बजेटमा पूजीवृद्धि योजनाको नीति ल्याइनु पर्ने माग

    नेपाल बैंक कर्मचारी संघले आगामी बजेटमा नेपाल बैंक लिमिटेडको पूजीवृद्धि योजनाको नीति ल्याइनु पर्ने माग गरेको छ। संघले हाल बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावको समस्या समाधान गर्न, उत्पादनशील क्षेत्रमा लगानी बढाउन, ग्रामीण क्षेत्रमा छरिएर रहेको निक्षेप परिचालन गर्न नेपाल बैंक लिमिटेडको चुक्तापूंजि २ अर्ब पुर्‍याइनु पर्ने माग गरेको हो। संघले जारी गरेको पे्रस विज्ञप्तीमा विकास [...]

  • mahila-balbalika

    महिला बालबालिका समिति सभासद्को सहभागिता नभएकोमा आपत्ति

    जेनेभामा महिला विरुद्धको भेदभावको अन्त्यका विषयमा हुने बैठकमा महिला सभासद्को सहभागिता नभएकोमा महिला बालबालिमा तथा समाज कल्याण समितिका सदस्यहरुले आपत्ति जनाएका छन्।  व्यवस्थापिका संसदको महिला बालबालिका तथा समाज कल्याण समितिले महिलासंग सम्बन्धित मुद्धामा महिला सभासद्लाई सहभागी नगराएको भन्दै विभागीय मन्त्री खड्कबहादुर विश्वकर्मासंग स्पष्टीकरण मागेको हो। सभासद्हरुले जेनभामा जुलाई ११ देखि २९ सम्म हुने सिड कमिटीको [...]

  • lekha-samiti

    लेखा समिति बैठक

    सार्वजनिक लेखा समितिले आगामी बजेटमा कृषि सामग्री खरीदमा भन्सार छुट, मलखाद तथा कृषिलाई आधुनिकीकरण गर्ने विषयमा आवश्यक नीति बनाउन कृषि र अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ। सिंहदरबारस्थित समितिको कार्यकक्षमा आज बसेको बैठकले कृषि सामग्रीको खरिदमा हुने भन्सार छुट तथा कृषि क्षेत्रको समग्र आधुनिकीकरणको सम्बन्धमा छलफल गर्दै सो निर्देशन दिएको हो। बैठकमा समितिका सदस्यहरुले नेपालको मुख्य [...]

  • afghanistan

    अफगानिस्तानका राष्ट्रपति हमिदका भाइ अहमद वालीको हत्या

    अफगानिस्तानका राष्ट्रपति हमिद कारजाईका भाइ अहमद वाली कारजाईको हत्या भएको छ। अहमद वाली दक्षिणी अफगानिस्तानको शक्तिशाली राजनीतिज्ञ मध्येका एक  थिए। कान्दाहार प्रान्तका गभर्नरका प्रवक्ताले घरमै गोली हानी उनको हत्या भएको बताएका छन। उनी कान्दाहार प्रान्तका प्रमुख रहेका थिए। परिवारका सदस्यहरुले अतिथीहरुसँग कुरा गरिरहेको बेला अंगरक्षकले उनीलाई गोली प्रहार गरेको बताएका छन्। यसअघि पनि उनका तीन [...]

  • purnakumari-subedi

    शान्ति र संविधान निर्माण कार्यमा अवरोध : पुर्णाकुमारी सुवेदी

    संविधानसभाका उपाध्यक्ष पुर्णाकुमारी सुवेदीले प्रमुख राजनीतिक दलहरुको अन्तर बिरोधले शान्ति र संविधान निर्माण कार्यमा अवरोध पुगेको बताउनुभएको छ। क्रान्तिकारी पत्रकार संघ बांकेले आज नेपालगन्जमा गरेको पत्रकार भेटघाटमा उपाध्यक्ष सुवेदीले एउटै राजनीतिक दलका नेताहरुको फरक फरक धारणाका कारण शान्ति र संविधान निर्माणमा अवरोध पुगेको बताउनुभयो। उहांले प्रमुख तीन दलबीच जेठ १४ गते भएको सहमति अनुसार भदौ [...]

  • ghanan-player-injured

    घाना खेलाडी माइकल इसेन घाइते

    चेल्सीका मिडफिल्डर तथा घाना खेलाडी माइकल इसेन चोटका कारण छ महिना मैदानबाट टाढा हुनेभएका छन्। दायां खुट्टाको चोटको अपरेसन गरेपछि आराम गरीरहेका इसेन २०१२ को मध्यसम्म मैदानबाहिर बस्ने भएका छन्। २८ बर्षे अफ्रिकी खेलाडी इसेनलाई गत साता प्रशिक्षणका दौरान तेस्रो पटक दायां लिगामेन्टमा चोट लागेपछि शैल्यक्रिया गरिएको छ। चेल्सीका आधिकारीक वेवसाईटका अनुसार इसेनको चोटले टिमलाई [...]

  • budget

    बजेट सक्ने मेसो

    आर्थिक वर्षको अन्त्यतिर वजेट सक्नकै लागि भनेर विकास निर्माणका काम तीव्र गतिमा हुने गरेका छन्। यसरी वजेट सक्नकै लागि हतारमा गरेका काम दीगो नहुने अनुभवले सिद्ध गरेको छ। तर यस्तो थाहा हुदाहुदै नेपालगंज नगरपालिका क्षेत्रमा सडक निर्माण, खानेपानीको पाइपलाइन विस्तारको कार्य भइरहेको छ। बर्षाको शुरुवात संगै  नेपालगन्ज नगरपालिका क्षेत्रमा सडक निर्माण, खानेपानीको पाईपलाइन बिस्तार तथा [...]

  • america-syria

    सिरियाली राष्ट्रपति शासन गर्ने वैधानिकता गुमाइसकेको : हिलारी क्लिन्टन

    अमेरिकी विदेश मन्त्री हिलारी क्लिन्टनले सिरियाली राष्ट्रपति बसार अल असादले शासन गर्ने वैधानिकता गुमाइसकेको बताइएकी छन्। दुवै देशबीच कुटनीतिक तनाव बढ्दै गएको समयमा क्लिन्टनको यस्तो भनाइ सार्वजनिक भएको हो। अमेरिकी दुतावासमा भएको आक्रमणपछि बोल्दै क्लिन्टनले कुटनीतिज्ञ तथा सम्पत्तिको सुरक्षा सम्बन्धी अन्तर्राष्ट्रिय जिम्मेवारी पुरा गर्न माग गरेकी छन्। भीडले सोमबार राजधानी दमास्कसस्थित अमेरिकी र फ्रान्सेली दुतावासमाथि [...]

  • maoist-meeting

    स्थायी समिति बैठक माओवादीद्बारा स्थगित

    भोलि बस्ने भनिएको केन्द्रीय समिति बैठकमा शीर्ष नेताहरुको समान धारणा लैजाने एकीकृत माओवादीको प्रयास असफल भएको छ। शीर्ष नेताहरुबीच आगामी कार्ययोजना र कार्यविभाजनमा सहमति बन्न नसक्दा आज बोलाइएको स्थायी समिति बैठक माओवादीले स्थगित गरेको छ। माओवादी स्थायी समितिका सदस्य देव गुरुङका अनुसार भोली विहान ११ बजेदेखि स्थायी समिति र दिउंसो २ बजेदेखि केन्द्रीय समितिको बैठक [...]

  • sunsari-bomb

    सुनसरी र उदयपुरका विभिन्न ठाउंमा बम

    सुनसरी र उदयपुरका विभिन्न ठाउंमा बम राखेको घटनाले आज बिहानैदेखि स्थानीयवासिन्दा त्रसित बनेका छन्। धरानस्थित आन्तरिक राजस्व कार्यालय र इटहरीस्थित राजस्व अनुसन्धान विभाग, पूर्वाञ्चल एकाई कार्यालय तथा जिल्ला विकास समितिको कार्यालय उदयपुरमा प्रेसरकुकर बम फेला परेका छन्। उदयपुरको क्रसर उद्योगमा पनि बम राखिएको प्रहरीले बताएको छ। उदयपुरको तपेश्वरी ९ स्थित महाविर एग्रीकेट प्रालीद्धारा संचालीत क्रसर [...]