विश्वका सयौं मुलुकहरुबाट आइतबार औपचारिक रुपमा नया मुलुक घोषणा भएको दक्षिणी सुडानलाई शुभकामना सन्देश प्राप्त भएका छन्। अमेरिका बेलायत, रसिया र अन्य मुलुकबाट प्राप्त शुभकामनामा दक्षिणी सुडानमा लोकतन्त्र र स्थायी शान्ति आउने अपेक्षा गरिएको छ। राजधानी जुबामा शनिवार आयोजना गरिएको नयां मुलुकको स्वतन्त्रता समारोह तथा झण्डोत्तोलन कार्यक्रमलाई दशौं हजार व्यक्तिले प्रत्यक्ष अवलोकन गरेको सञ्चारमाध्यमहरुले बताएका [...]
एक सातादेखि राजनीतिक दलका सशस्त्र समूहका कारण तनावग्रस्त रहेको पाकिस्तानको सबैभन्दा ठूलो शहर कराचीमा सेना र प्रहरीले संयुक्त गस्ती बढाएपछि सुरक्षा अवस्थामा केही सुधार आएको छ। गएको मंगलबारबाट कराची र यसको निकट क्षेत्रमा भड्कीएको दंगाका कारण एक सयभन्दा बढीको मृत्यु भैसकेको छ। शहरको पश्चिमी भाग बढी प्रभावित बनेको अधिकारीहरुले बताएका छन्। शुक्रबार प्रहरीले हतियारधारी व्यक्ति [...]
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नक्कली भारतीय कर्मचारीलाई नियुक्त गरेपछि प्रहरी नियन्त्रणमा रहेका नेपाल वायु सेवा निगमका इन्जिनियरिङ बिभागका निर्देशक अच्युतराज पहाडीले आफू निर्दोष रहेको प्रतिकृया दिएका छन्। आज विहान महानगरीय प्रहरी प्रभाग सिंहदरवारभित्र हिमालय टेलिभिजनसँग कुराकानी गर्दै निर्देशक पहाडीले आफू निर्दोष रहेको दाबी गरेका हुन्। सुरुमा हिमालय टेलिभिजनलाई प्रतिकृया दिन नमानेका पहाडीले छोरा अविनराज पहाडीलाई निर्दोष [...]
नाटवेस्ट क्रिकेट श्रृंखलाका पाँच तथा अन्तिम खेलमा श्रीलंकालाई सोह्र रनले पराजित गर्दै घरेलु टोली इंग्ल्याण्डले नाटवेस्ट सिरिज जितेको छ। गए राति वर्ल्ड ट्रयाफोर्डमा भएको रोमाञ्चक खेलमा इंग्ल्याण्डले निर्धारित पचास ओभरमा नौ विकेट गुमाएर दुई सय अरसठ्ठी रन बनाएको थियो। इंग्ल्याण्डको शुरुवात निकै सशक्त रह्यो। बाह्र ओभरमा पचासी रनको स्थितीमा इंग्ल्याण्डले एक्तीस रनमै एलिस्टर कुकलाई गुमाएको [...]
ठुलो परिमाणको लागू औषधसहित एक किशोरलाई शनिवार मोरङ प्रहरीको टोलीले विराटनगरवाट पक्राउ गरेको छ। सिमावर्ती भारतीय वजार जोगवनीवाट लागु औषध खरिद विराटनगरतर्फ आउंदै गर्दा धरान सत्रका पन्ध्र वर्षीय विशाल विक पक्राउ परेका हुन्। विशेष सुराकीको आधारमा प्रहरी टोलीले विकलाई विराटनगर १९ भट्टिमोडमा नियन्त्रणमा लिई खानतलासी गर्दा कम्मर र शर्टको कलरमा लुकाएर ल्याउँदै गरेको एक सय [...]
पूर्व उत्तरी जापानमा आइतबार बिहान ७ दशमलव १ रेक्टर स्केलको शक्तिशाली भूकम्पपछि सुनामी आउनसक्ने चेतावनी जारी गरिएको छ। जापानको मौसम नियोगले इवाते, मियागी र फुकुसिमा प्रेफेक्चरका मानिसलाई सतर्क रहन सचेत गराएको छ। मार्च ११ मा गएको ९ रेक्टर स्केलको भूकम्प र त्यसले उत्पन्न गरेको सुनामीको कारण ती क्षेत्र नराम्रोसग प्रभावित बनेको थियो। जसको कारण १४ [...]
सेना समायोजनको प्रक्रिया, संख्या, पदमिलान लगताका विषयमा छलफल गर्न आज पनि विशेष समिति बैठक बस्दैछ। समायोजनको प्रक्रिया, संख्या, पदमिलन र पुनर्स्थापनाको प्याकेजमा सहमति जुटाएर भदौ दश गतेसम्म समायोजन र पुनर्स्थापनामा जाने लडाकुको पुनरवर्गीकरण गर्ने विशेष समितिको कार्यतालिका रहेको छ। दलहरुबीच समायोजन र पुनर्स्थापनाको प्याकेजमा सहमति जुट्न नसक्दा सेना समायोजनको मोडालिटिमा दलहरुबीच कुरा नमिलोको छैन, पटक [...]
चितवनमा भएका अलग अलग घटनामा परी शनिबार दुई जनाको मृत्यु भएको छ। भरतपुर नगरपालीका वडा नम्मर ३ नारायणगढस्थीत होटल रेड कार्पेटअगाडी नम्मर नखुलेको सवारी साधनको ठक्करबाट गएराति एकजनाको मृत्यु भएको हो। मृत्यु हुनेमा चितवन जुटपानी ६ बस्ने वर्ष पैंसठ्ठीका नरबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। यसैविच पानी जमेको खाल्डोमा पुरिएर चितवनको मंगलपुरमा [...]