Articles Posted on July 8th, 2011

  • american-flag

    अमेरिकामाथि आन्तरिक मामिलामा हस्तक्षेप गरेको आरोप : सिरिया

    सिरियाले अमेरिकामाथि आन्तरिक मामिलामा हस्तक्षेप गरेको आरोप लगाएको छ। सिरियाका लागि अमेरिकी राजदूतले हामा नगरको भ्रमण गरेपछि यस्तो आरोप लगाएको हो। सिरियाली विदेश मन्त्रालयले राजदूत रवर्ट फोर्डले अनधिकृत रुपमा मुलुकको भ्रमण गर्नुले मुलुकमा भैरहेको विद्रोहीका गतिविधिलाई अमेरिकाले सघाइरहेको पनि प्रमाणित भएको जनाएको छ। यसअघि अमेरिकी विदेश मन्त्रालयले राजदूत फोर्डको भ्रमण विद्रोहीप्रति ऐक्यबद्धता जनाउनकै लागि हो [...]

  • karachi

    कराचीमा भिडन्तमा कम्तीमा उनन्तीस व्यक्ति मारिए

    पाकिस्तानी व्यापारिक शहर कराचीमा विगत तीन दिनभित्र विरोधी राजनीतिक समूहबीच भएको भिडन्तमा कम्तीमा उनन्तीस व्यक्ति मारिएका छन्।  सरकारले शंकास्पद् सयौं व्यक्तिलाई पक्राउ पनि गरेको छ। गत मंगलबार कराचीको पश्चिमी नगरमा भएको झडपपछि अन्यपत्र पनि हिंसा भडि्कएको हो। अनधिकृत भूमिकब्जा, क्षेत्रीय हैकम र तस्करीको नेतृत्व गर्ने व्यक्तिहरुले राजनीतिक दलको संरक्षणमा रहेर एक–आपसमा आक्रमण गर्ने गर्दैआएका छन्। [...]

  • oesophagus

    लण्डनका वैज्ञानिकहरुले कृत्रिम स्वाशनलीको विकास गरे

    फोक्सोबाट घाँटीसम्म जोड्ने स्वासनली कृत्रिम पाइपले प्रतिस्थापन गर्ने पहिलो सफलता स्वीडेनलाई प्राप्त भएको छ। कृत्रिम स्वाशनलीको विकास भने लण्डनका वैज्ञानिकहरुले गरेका हुन्। यसअघि मानवकै स्वाशनली मात्र प्रतिस्थापन गर्न सम्भव थियो, तत्काल दाता फेला नपरे बिरामीको मृत्यु हुन्थ्यो। अब एकै दिनमा यस प्रकारको स्वाशनली तयार पारेर प्रतिस्थापन गर्न सकिने चिकित्सकहरुले बताएका छन्। इटलीका प्राध्यापक पौलो म्याकियारिनीको [...]

  • manipal

    चिकित्सको लापरवाहीले बिरामीको मृत्यु

    पोखराको फुलवारीस्थित मणिपाल शिक्षण अस्पतालमा बिहिबार फेरि तनाव सृजना भएको छ। बेलाबेलामा चिकित्सकको लापरवाहीका कारण विवादमा तानिने गरेको अस्पतालमा फेरि पनि चिकित्सकै लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तहरु धर्नामा उत्रिएपछि अस्पतालमा तनाव सृजना भएको हो। हर्नियाको शल्यक्रिया गर्न गत असार ६ गते अस्पतालमा भर्ना भएका तनहु छाङ गाविस थाङ्दीका नौ वर्षिय बालक विवेक सुनारको असार [...]

  • ढोका खोल्नासाथ हरियो रातो वा सेतो कागज

    ढोका खोल्नासाथ हरियो रातो वा सेतो कागज

    दाङका वासिन्दाले यो साता कुनै दिन विहानीको ढोका खोल्नासाथ हरियो रातो वा सेतो कागजको पर्चा पम्प्लेट भेट्न सक्ने छन्, त्यो कुनै गैरसरकारी निकाय वा राजनीतिक दलगत संगठनको चेतावनीयुक्त पत्र भने हुने छैन। त्यो पर्चा जिल्ला प्रहरी कार्यालय दाङले गरेको सार्वजनिक अनुरोधको हुनेछ। जिल्ला प्रहरी कार्यालय दाङले चोरी डकैती नियन्त्रणमा नागरिकको भूमिकालाई समेत सर्वोपरी ठान्दै प्रहरी [...]

  • petrol

    व्यवसायीहरु तेल ढुवानी सुचारु गर्न सहमत

    नेपाल आयल निगम र पेट्रोलियम ढुवानी व्यवसायीबिचको वार्तामा व्यवसायीहरु तेल ढुवानी सुचारु गर्न सहमत भएका छन्।  तेल ढुवानी ठप्प पारि व्यवसायीहरु आन्दोलनमा उत्रिएपछि राजधानीसहित मुलुकभर चर्को इन्धन अभाव भएको थियो। निगमले भारतको बरौनीबाट तेल ल्याउने साठी ट्यांकर रक्सौल रुटमा सार्ने निर्णय गरेपछि व्यसायीहरु विरोधमा उत्रिएका थिए। अब पचासवटा ट्यांकर रक्सौल रुटमा र दशवटा ट्यांकर बरौनी [...]

  • health_ministry

    ग्रामीण सामुदायिक जनताका आधारभूत स्वास्थ्य सेवा निःशुल्क

    स्वास्थ्यमत्री शक्तिबहादुर बस्नेतले स्वास्थ्य सेवा जनमुखी र प्रभावकारी बनाउन जनतालाई केन्द्रबिन्दुमा राखेर नीति बनाइने बताउनु भएको छ। स्वास्थ्य संस्था निरीक्षण र अनुगमनको शिलशिलाममा आज बुटवल पुग्नु भएका मत्री बस्नेतले ग्रामीण सामुदायिक जनस्वास्थ्य कार्यक्रम लागु गरी जनताका आधारभूत स्वास्थ्य सेवा निःशुल्क गर्दै जाने रणनीति सरकारले लिएको बताउनुभयो। आधारभूत स्वास्थ्य सेवालाई परिभाषित गरी सुरुका दिनमा दुर्गम पहाडी [...]

  • baburam-bhattarai

    सरकारको नेतृत्व बाबुराम भट्टराईले गर्नुपर्छ

    एकीकृत नेकपा माओवादीका प्रवक्ता दीनानाथ शर्माले सरकारको नेतृत्व बाबुराम भट्टराईले गर्नुपर्छ भन्ने विषयमा पार्टीभित्र सहमति भएको बताउनुभएको छ। हिमालय टेलिभिजको समय सर्न्दभसंग आज कुराकानी गर्दै प्रवक्ता शर्माले  पार्टी नेतृत्व अध्यक्ष प्रचण्डले नै गर्ने बताउंदै उहांले संगठनको जिम्मेवारी मोहन वैद्यले गर्ने,  सरकार र संसद्को जिम्मेवारी बाबुराम भट्टराईलाई  दिने विषयमा पदाधिकारीमा सहमति भएपनि अन्तिम टुङ्गो भने केन्द्रीय [...]

  • Np-mao

    माओवादीदी स्थायी समिति बैठक

    एकीकृत नेकपा माओवादीको बिहिबार बसेको पदाधिकारी बैठकले आज स्थायी समिति बैठक बस्ने निर्णय गरेको छ। नयां बजारस्थित अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा बसेको बैठकले दूई सातादेखि स्थगित केन्द्रीय समितिको बैठकको मिति तय गर्न स्थायी समिति बैठक बस्ने निर्णय गरेको हो। शान्ति प्रक्रिया, संविधान निर्माण सांगठनिक कार्य विभाजन लगायत विषयमा प्याकेजमा शीर्ष नेताहरुबीच सहमति जुट्न नसक्दा [...]

  • jhalnath

    नीति तथा कार्यक्रम बहुमतले पारित

    व्यवस्थापिका संसदको बैठकले आर्थिक वर्ष दुई हजार अड्सठ्ठी उनान्सत्तरीको सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ।  संसदको बैठकमा प्रधानमन्त्री झलनाथ खनालले नीति तथा कार्यक्रममाथि परेका संशोधन प्रस्ताव र छलफलमा उठेका प्रश्नहरुको जवाफ दिएपछि नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो। सरकारको नीति तथा कार्यक्रममाथि परेको संसोधन प्रस्तावहरु ध्वनी मतको आधारमा बहुमतले अस्वीकृत भएका थिए। [...]