राष्ट्रपति डा. रामवरण यादवद्वारा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिएपछि मुलुकका राजनीतिज्ञहरु यसकै वरिपरि परिक्रमा गरिरहेका छन्। सरकारको नीति तथा कार्यक्रम उपयुक्त छ भन्ने सत्ता पक्षीय सभासद् र ठीक छैन भन्ने जनप्रतिनिधिबीच दुई खेमामा मुलुक विभाजित छ। जनता पूर्णतः अन्योलमा छन्, वास्तवमा सरकारको नीति तथा कार्यक्रमले मुलुकलाई मार्गनिर्देश गर्छ वा गर्दैन व्यापक अलमल [...]
अफगानिस्तानको नुरिस्तानमा तालिवान र सुरक्षाफौजबीच भएको भिडन्तमा कम्तीमा अठहत्तर व्यक्ति मारिएका छन्। प्रान्तीय सरकारका गभर्नर जमलुद्दीन बदारले जनाएअनुसार मारिनेमध्ये तेत्तीस जना सीमा सुरक्षाकर्मी रहेका छन्। एक सय पचासजना विद्रोहीले पाकिस्तानको चित्तलबाट गरेको यस आक्रमणमा चालीस विद्रोही र पाँच सर्वसाधारण मारिएको उनले बताए। सीमानामा हुने यस प्रकारको भिडन्तका कारण पाकिस्तान र अफगानिस्तानबीचको सम्बन्धमासमेत कटुता बढेको बताइएको [...]
भारतको उत्तर प्रदेश राज्यमा एउटा रेलले जन्ती बोकेको बसलाई ठक्कर दिँदा सत्तरी जनाको मृत्यु भएको छ। दुर्घटनास्थल भारतको राजधानी नयाँ दिल्लीबाट करिब तीन सय किलोमिटर दक्षिणतर्फ काशीराम जिल्लाको पटियालीमा रहेको अधिकारीहरुले बताएका छन्। राति करिब दुई बजेतिर रेलको लिग पार गर्दै गरेको बसलाई तीव्र गतिको छपरा–मथुरा एक्सप्रेस रेलले करिब ५ सय मिटरसम्म घिसारेको थियो। रेलको [...]
भारतीय चलचित्र निर्माता तथा निर्देशक मणि कौलको छैसठ्ठी वर्षको उमेरमा निधन भएको छ। सन् उन्नाईसय उनान्सत्तरीदेखि चलचित्र निर्माणमा लागेका कौलले उनान्असीमा सिद्धेश्वरी बृत्तचित्रबाट राष्ट्रिय पुरस्कार प्राप्त गरेका थिए। कौल हिन्दी आर्ट मुभीका लागि चर्चित नाम हो।
अज्ञात समूहले उदयपुरको ठानागाउंमा एकै परिवारका पांच जनाको हत्या गरेको छ। हतियारधारी समुहले ठानागाउं गाविस वडा नम्वर ५ खुम्ती गाउंका केशरवहादुर मगर, उनकी श्रीमती हर्कमाया, छोरीहरु दश वर्षीया रञ्जु, ६ वर्षीया प्रेमी र एक छोराको हत्या गरेको हो। चार छोरी, दुई छोरा र पत्नी सहित आठ जनाको परिवार रहेका मगरका दुई छोरी र एक छोरा [...]
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले शान्तिप्रक्रिया अघि नबढेसम्म संविधान निर्माण प्रक्रियामा प्रश्न चिन्ह लागिरहने बताउनुभएको छ। संविधानसभा भवन नयां बानेश्वरमा आज संचारकर्मीसंग कुरा गर्दै शान्ति अध्यक्ष नेम्वाङले शान्तिप्रक्रियालाई पूर्णता दिन दलहरु गंभीरतापूर्वक अघि बढ्नुपर्ने बताउनुभयो। आफूले प्रमुख दलका शीर्ष नेताहरुसंग शान्ति प्रक्रियाका बारेमा छलफल गरिरहेको पनि नेम्वाङले जानकारी दिनुभयो। यसैबीच, अध्यक्ष नेम्वाङ भारतको राजधानी नयां दिल्लीमा [...]
सक्रिय हुन खोजेको आरोप लागेपनि गद्धी छोडेपछि चुपचाप जस्तै देखिएका पूर्व राजा ज्ञानेन्द्र शाहले वर्तमान राजनीतिक बिकासक्रम प्रति असन्तुष्टि ब्यक्त गरेका छन्। आफ्नो जन्मोत्सवको अवसरमा सार्वजनिक अभिब्यक्ति दिंदै पूर्व राजा शाहले तीन वर्ष अघि पवित्र नियतका साथ गद्धि छोडेको घटनालाइ त्यागको रुपमा अर्थ्याउदै आफ्नो सदासयता फलीभूत हुन नसकेको भन्दै दलहरुप्रति अप्रत्यक्ष रुपमा कटाक्ष गरेका छन्।