अमेरिकी राष्ट्रपति ओबामाले ह्वाइटहाउसस्थित कार्यालयमा डेमाक्रेटिक तथा रिपव्लिकन सांसदहरुलाई करको दायरा कति बढाउने भन्ने विषयमा छलफल चलाउन बिहीबारका लागि आमन्त्रण गर्नुभएको छ। अमेरिकी सरकारले आगामी अगस्ट दुई तारिखसम्म कर लिनका लागि कंग्रेसबाट पाएको अनुमतिको समयसीमा सकिन लागेको सन्दर्भमा परामर्श गर्न राष्ट्रपति ओबामाले बैठक डाक्नुभएको हो। रिपब्लिकन सांसदले करको दायरा बढाउने विषयमा आपत्ति जनाइसकेका छन्। तर प्रतिनिधिसभाका अध्यक्ष जोन बोहेनरले भने बैठकको उपादेयताका बारेमा प्रश्न उठाउनु भएको छ।












There are currently no comments on ओबामाद्वारा सांसदहरुसँग कर बारे छलफल. Perhaps you would like to add one of your own?