अषार २१ – नेपाली कांग्रेसका वरिष्ठ नेता शेरवहादुर देउवाले पांच बुंदे सहमतिमा एकीकृत माओवादी र एमाले गम्भीर नदेखिएकाले सहमति कार्यान्वयनमा कांग्रेसले दबाव दिने बताउनुभएको छ। साताब्यापी युरोप भ्रमणपछि आज बिहान स्वदेश फर्कने क्रममा सञ्चारकर्मीहरुसंग कुरा गर्दै वरिष्ठ नेता देउवाले सहमति कार्यान्वयनमा कांग्रेसले दबाव दिने स्पष्ट पार्नुभयो।
उहांले कांग्रेस प्रतिपक्षी दल भएका कारणले स्वाभाविक रुपमा नीति तथा कार्यक्रमको विरोध भएको पनि बताउनुभयो उहांले युरोपेली मुलुकहरुले नेपालको शान्ति प्रक्रियालाई गम्भीरतापूर्वक हेरिरहेको पनि जानकारी दिनुभयो। युरोप भ्रमणका क्रममा नेता देउवा गत असार पन्ध्र गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो।














There are currently no comments on सहमति कार्यान्वयनमा कांग्रेसले दबाव दिने : शेरवहादुर. Perhaps you would like to add one of your own?