अषार २१ – अर्जेन्टिनी खेलाडी तथा म्यानचेस्टर सिटीका स्ट्राइकर कार्लोस टेभेजले पुनः आफू क्लब छोड्ने तयारीमा रहेको बताएका छन। सोमबारराति एक कार्यक्रममा बोल्दै टेभेजले पारिवारिक समस्याका कारण आफु क्लब छोडन लागेको भएपनि क्लबले कुनै प्रतिक्रिया भने नदिएको बताएका छन्। सात महिना अगाडि पनि सिटी छोड्न आतुर देखिएका टेभेजले म्यानेजर रोबर्टो मान्सिनी र अध्यक्ष सेइख मनसुरका कारण क्लबमा रहेका थिए।
दक्षिण अमेरिकामा चलिरहेको कोपा अमेरिकामा ब्यस्त टेभेजले परिवारलाई समय दिन चाहेकोले क्लब छोड्ने मनसाय बनाएको बताएका हुन। दुई छोरीका बाबु टेभेजले सिटीका लागि छयासी खेलमा त्रिपन्न गोल गरेका छन। यता आर्सनलका डिफेन्डर गेल क्लिसे सात मिलियन पाउण्डमा म्यान्चेस्टर सिटीमा आबद्द भएका छन। प्रिमियर लीगमा खेलाडी अनुबन्ध गर्ने होड चलेका बेला आर्सनलका मुख्य डिफेन्डर मानिने क्लिसे सन् २००३ मा फ्रेन्च क्लब कान्सबाट आर्सनलमा आबद्द भएका थिए। सिटीमा आवद्द भएपछि क्लिसेले आफु जुन क्लबमा गएपनि आफ्नो उत्कृष्टता सधंै साथ हुने प्रतिक्रिया दिए।









There are currently no comments on अर्जेन्टिनी खेलाडी स्ट्राइकर कार्लोस टेभेजले क्लब छोड्ने तयारीमा. Perhaps you would like to add one of your own?