अषार २० – नेपाल बार एसोसियसनका प्रतिनिधिहरुले संवैधानिक अदालतको व्यवस्था गर्न नहुने सुझाव दिएका छन्। सिहंदरबारस्थित संवैधानिक समितिको कार्यकक्षमा बसेको विवाद समाधान उपसमितिको बैठकमा सहभागी कानुनविद्हरुले संवैधानि अदालतको व्यवस्था गर्दा सर्वोच्च अदालतसंग विवाद हुने र न्याय प्रणालीनै धरासायी हुने भएकाले संवैधानिक अदालतको औचित्य नभएको बताए।
नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले बैठकमा केही कानुनविद्हरुले भने संवैधानिक अदालतको व्यवस्था गर्दा सर्वोच्च अदालतसंग कुनै विवाद नहुने सुझाव पनि दिएको बताउंनुभयो। उहांले दलहरुबीचको सहमतिकै आधारमा निर्णय लिइने पनि बताउनुभयो। एकिकृत नेकपा माओवादीका नेता देवप्रसाद गुरुङले संबैधानिक अदालत तथा सर्वोच्च अदालतको क्षेत्राधिकार लगायतका विषयमा कानुनका विज्ञहरुसंग परार्मश गरेको बताउनुभयो। संविधानसभाको न्याय प्रणाली समितिको प्रतिवेदनमा संवैधानिक अदालत र सर्वोच्च अदालत सहितको अवधारणा प्रस्तुत गरिएको छ।








There are currently no comments on संवैधानिक अदालतको व्यवस्था गर्न नहुने सुझाव :बार एसोसियसन. Perhaps you would like to add one of your own?