Articles Posted on July 4th, 2011

  • बाजा हस्तान्तरण

    बाजा हस्तान्तरण

    अषार २० - युथ आइकन दुईहजार एघारका प्रतियोगीहरुले एक दिनमा आर्जन गरेको आम्दानीबाट किनिएका वाद्य सामग्री लोपोन्मुख संस्कृतिको संरक्षणमा लागेका अगुवा पल्टु चौधरी दनुवार लाई हस्तान्तरण गरिएको छ। नेपालको विभिन्न संस्कृति लोप हुन लागिरहेका बेला लोपोन्मुख बरखी नाचलाई बचाउन ती वाद्य सामग्री किनिएका हुन्। सो नृत्यका लागि आवश्यक वाद्यवादनका साधन मादल, ढोलक, बांसुरी र घुघुरु बरखी [...]

  • पौडी संघको विवाद समाधान ; दुईसंघ पनि आपसमा गाभिए

    पौडी संघको विवाद समाधान ; दुईसंघ पनि आपसमा गाभिए

    अषार २० – विगत केही वर्षदेखि देखिएको नेपाल पौडी संघको विवाद समाधान भएको छ भने नेपालमा रहेका दुईसंघ पनि आपसमा गाभिएका छन् । अन्तर्राष्ट्रिय पौडी महासंघ फिनाको मान्यता पाएको संघ र राष्ट्रिय खेलकुद परिषद्बाट २०६७ सालमा मान्यता पाएको संघबीच सदस्य सचिव युवराज लामाको पहलमा समायोजन भएर अशोक बज्राचार्यको अध्यक्षतामा २० सदस्यीय नया समितिको गठन भएको [...]

  • पेट्रोल ढुवानी व्यवसायी संघ आन्दोलनमा

    पेट्रोल ढुवानी व्यवसायी संघ आन्दोलनमा

    अषार २० – १५ दिन अघि मात्र गठन भएको मध्यमाञ्चल पेट्रोल ढुवानी व्यवसायी संघ आन्दोलनमा उत्रने भएको छ।  आङ्खनो रुटमा ट्यांकर थपिए रोजीरोटी गुम्ने भन्दै निगम निर्णयको विरोधमा आन्दोलनमा उत्रन लागेको हो। ब्यवसायीहरुको आन्दोलनका कारण लामो समयदेखि सहज रुपमा तेल नपाएका उपभोक्ता फेरि मारमा पर्ने भएका छन्। निगमले असार ६ गते बरौनी रुटमा चल्ने ६० [...]

  • pheu-thai

    फु थाई पार्टीले संयुक्त सरकार गठन गर्ने भए

    अषार २० – थाइल्यान्डमा आइतबार भएको निर्वाचनमा बहुमत प्राप्त गरेको फु थाई पार्टीले साना राजनीतिक दलहरुसँग मिलेर संयुक्त सरकार गठन गर्ने भएको छ। संसदको ५ सय सदस्यमध्ये फु थाईले दुई पैसठ्ठी स्थानमा जित हासिल गरेको छ। अब सो गठबन्धनसँग २ सय उनान्सय स्थान हुनेछ। निर्वाचनमा पराजित भएपछि सत्ताबाट बाहिर लागेको प्रधानमन्त्री अभिसित भेज्जाजिभाले  डेमोक्र्याट पार्टीका [...]

  • माओवादी लडाकूको सम्मान नभए मुलुक गृहयुद्धमा फस्ने चेतावनी : सिपी गजुरेल

    माओवादी लडाकूको सम्मान नभए मुलुक गृहयुद्धमा फस्ने चेतावनी : सिपी गजुरेल

    अषार २० – एकीकृत नेकपा माओवादीका सचिव सिपी गजुरेलले माओवादी लडाकूको सम्मानजन समायोजन नभए मुलुक गृहयुद्धमा फस्ने चेतावनी दिनुभएको छ। भक्तपुरमा आज आयोजित अन्तरक्रिर्यामा माओवादी सचिव गजुरेलेले लडाकूको छुट्टै फोर्स बनाउंदा वा माओवादी लडाकूले नै कमाण्ड गर्ने मिश्रित फोर्स बनाएमात्रै सम्मानजनक समायोन हुने बताउनुभयो। समयमै संविधान नबन्नुमा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ मुख्य दोषी रहेको आरोप [...]

  • स्थानीय निकायको निर्वाचन सम्पन्न गर्नेगरी बजेट तर्जुमा गर्नुपर्ने : अर्थ समिति

    स्थानीय निकायको निर्वाचन सम्पन्न गर्नेगरी बजेट तर्जुमा गर्नुपर्ने : अर्थ समिति

    अषार २० – आर्थिक अनियमितता तथा भ्रष्ट्रचार न्यून गर्नको लागि छ महिनाभित्र स्थानीय निकायको निर्वाचन सम्पन्न गर्नेगरी आगामी बजेट तर्जुमा गर्नुपर्नेमा सभासद्हरुले जोड दिएका छन्। व्यवस्थापिका संसदको अर्थ र श्रम सम्बन्ध समितिको आज बसेको बैठकले दश वर्षभन्दा पुराना आयोजना यसै वर्ष सम्पन्न गर्नेगरी र आवधिक योजनासंग तारतम्य हुनेगरी बजेट विनियोजन गर्न सरकारलाई सुझाव दिएको छ। [...]

  • पश्चिमाञ्चल क्षेत्रका ६ जना कलाकारलाई सम्मान

    पश्चिमाञ्चल क्षेत्रका ६ जना कलाकारलाई सम्मान

    अषार २० – नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले पश्चिमाञ्चल क्षेत्रका ६ जना कलाकारलाई सम्मान गरेको छ। प्रतिष्ठानले पाल्पाका नारायण रायमाझी र किरण चित्रकार, कास्कीका क्षेत्र गुरुङ र पुर्ण नेपाली, गुल्मीका बमबहादुर कार्की तथा लम्जुङकी बिमाकुमारी दुरालाई सम्मान गरेको हो। पुरस्कारको राशी जनही १० हजार रुपैया र ताम्रपत्र रहेको छ। उनीहरुलाई पाल्पाको तानसेनमा आयोजित कार्यक्रममा [...]

  • काठमाडौंबाट कलम आकारको पेनगन बरामद

    काठमाडौंबाट कलम आकारको पेनगन बरामद

    अषार २० – तपाई हामी प्रायः जसो कलम बोकेरै हिड्ने गर्छौं। तर, कलम बोकेकै कारणले प्रहरीले तपाईलाई जुनकुनै बेला चेकजाँच गर्नसक्छ। काठमाडौंबाट कलम आकारको पेनगन बरामद भएसंगै प्रहरीले सुरक्षाजांचका क्रममा कलम समेत जाच्ने भएपछि यस्तो अवस्था आएको हो। गत असार १७ गते पेस्तोलसहित पक्राउ परेका सुभाष तिमिल्सेनाको डेराबाट एक थान पेन गन सहित ५ राउण्ड [...]

  • भोटेओडार–बेलघारी जोड्ने मस्याङ्दी नदीको पुल भत्कियो

    भोटेओडार–बेलघारी जोड्ने मस्याङ्दी नदीको पुल भत्कियो

    अषार २० – लमजुङको भोटेओडार–बेलघारी जोड्ने मस्याङ्दी नदीको पुल निर्माणाधीन अवस्थामामै गत असार एक गते भत्कियो। उक्त दुर्घटनामा दुई मजदुरको मृत्यु भयो भने नदीमा बेपत्ता एक जनाको अवस्था अझै पत्ता लाग्न सकेको छैन। त्यो दुर्घटना स्थानीयवासीका लागि ताजै त छंदै छ, त्यसंगै अर्को त्रास पनि थपिएको छ। भत्केको पुल अहिलेसम्म पनि नदीमा जस्ताको तस्तै छ। [...]

  • संवैधानिक अदालतको व्यवस्था गर्न नहुने सुझाव :बार एसोसियसन

    संवैधानिक अदालतको व्यवस्था गर्न नहुने सुझाव :बार एसोसियसन

    अषार २० – नेपाल बार एसोसियसनका प्रतिनिधिहरुले संवैधानिक अदालतको व्यवस्था गर्न नहुने सुझाव दिएका छन्। सिहंदरबारस्थित संवैधानिक समितिको कार्यकक्षमा बसेको विवाद समाधान उपसमितिको बैठकमा सहभागी कानुनविद्हरुले संवैधानि अदालतको व्यवस्था गर्दा सर्वोच्च अदालतसंग विवाद हुने र न्याय प्रणालीनै धरासायी हुने भएकाले संवैधानिक अदालतको औचित्य नभएको बताए। नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले बैठकमा केही कानुनविद्हरुले भने संवैधानिक [...]