Articles Posted on July 3rd, 2011

  • archery

    नेपाली आर्चरी टोलीलाई फ्रान्सेली दुतावासले प्रवेशाज्ञा दिएनन्

    अषार १९ – इटलीमा सन्चालन हुने २० औं विश्व आर्चरी च्याम्पियन्सीपमा सहभागी हुन लागेको नेपाली आर्चरी टोलीलाई फ्रान्सेली दुतावासले प्रवेशाज्ञा नदिएपछि नेपाल विश्व च्याम्पियन्सीप खेल्नबाट बन्चित बनेको छ। नेपालस्थित फ्रान्सेली दुतावासले भिसा उपलब्ध नगराएकाले आफ्नो खेलाडीहरुले इटालीको टोरिनामा आयोजना हुने विश्व आर्चरी च्याम्पियनसिप गुमाएको नेपाल आर्चरी संघले जनाएको छ। संघका अध्यक्ष श्रेष्ठ सहित खेलाडीमा नेपाल [...]

  • औषधको कारोवार गर्ने तीन जना पक्राउ

    औषधको कारोवार गर्ने तीन जना पक्राउ

    अषार १९ -  धौलागिरी अंचलका विभिन्न स्थानमा बसेर लागु औषधको कारोवार गर्ने तीन जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरि सार्वजनिक गरेको छ। प्रहरीले चार दिनको अवधिमा लागूऔषध कारोवार गर्ने बागलुङका टार्जन रोका, पर्वतको शिवालयमा टेण्टहाउस संचालक बब्लु अली मुसलमान र कपिलबस्तु गजेहडाका  दिनेश बम मल्ललाई पक्राउ गरि सार्वजनिक गरेको हो। प्रहरीले उनीहरुको साथवाट साथबाट [...]

  • सरकारको नीति तथा कार्यक्रमलाई गफको दस्तावेज : नेपाली कांग्रेस

    सरकारको नीति तथा कार्यक्रमलाई गफको दस्तावेज : नेपाली कांग्रेस

    अषार १९ -  व्यवस्थापिका संसदमा आज प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रमलाई प्रतिपक्षि दल नेपाली कांग्रेसले गफको दस्तावेज भएको टिप्पणी गरेको छ। नीति तथा कार्यक्रममा सबै समेट्ने कोसिस गरिएको तर कुनै विषयलाई प्राथमिकता नदिइएको प्रतिपक्षि दलको भनाइ छ। व्यवस्थापिका संसदबाट निस्कदै गर्दा प्रमुख प्रतिपक्षदलका नेता प्रकाशशरण महतले सरकारले ल्याएको नीति तथा कार्यक्रम गफको दस्तावेज भएको [...]

  • कलेजहरुमा विज्ञापनको प्रतिस्पर्धा

    कलेजहरुमा विज्ञापनको प्रतिस्पर्धा

    अषार १९ – अहिले कलेजहरुमा विज्ञापनको बाढी जस्तै आएको छ। सबै कलेजहरुले भ्याएसम्म आकर्षणयुक्त विज्ञापन गरेका छन्। विज्ञापनको यो लहरमा के नया अनि के पुराना सबै कलेजहरु लागिपरेका छन्। उच्च माध्यामिक विद्यालयहरुलाई अहिले भ्याइनभाई छ, विज्ञापन गर्न अनि विद्यार्थी तान्नलाई। हुनत यी कलेजहरु, विद्यार्थीको प्रवेशिका परिक्षाको नतिजा आउनु अगाडि नै दौडधुप गर्न शुरु गरिसक्छन्। अनि [...]

  • चार क्यासिनोको अनुमतिपत्र खारेज

    चार क्यासिनोको अनुमतिपत्र खारेज

    अषार १९ – सरकारले राजश्व नतिर्ने क्यासिनो संचालक नेपाल रिक्रिएशन सेन्टरको दर्ता खारेज गरेको छ। पर्यटन तथा नागरिक उडययन मन्त्रालयले सेन्टरले संचालन गर्दै आएको चार क्यासिनोको अनुमतिपत्र पनि खारेज गरेको छ। होटल सोल्टीमा रहेको क्यासिनो नेपाल, होटल अन्नपूर्णमा रहेको क्यासिनो अन्ना, एभरेष्टमा रहेको क्यासिनो एभरेष्ट र ह्यात होटल स्थित क्यासिनो ताराको अनुमति पत्र खारेज गरेको [...]

  • सडक निर्माण कार्यमा ढिलाई

    सडक निर्माण कार्यमा ढिलाई

    अषार १९ – एक सातामा सिध्याउने लक्ष्य लिएर मुख्य सडक बन्द गरी ढल निर्माण सुरु गरेको डेढ महिना बितिसक्दा पनि काम नसकिएपछि भक्तपुरको बालकोट, सिरुटार र दधिकोट गाविसका बासिन्दाकालाई आवतजावतमा समस्या भएको छ। बालकोट ढल निर्माण तथा सरसफाई उपभोक्ता समितिले एक साताका लागि भन्दै कौशलटारबाट बालकोट हुँदै सिरुटार, दधिकोटको बिरुवा तथा ललितपुरको लुभु जाने मूल [...]

  • वीपी कोइराला स्वास्थ्य विज्ञान तालाबन्दी

    वीपी कोइराला स्वास्थ्य विज्ञान तालाबन्दी

    अषार १९ – कर्मचारी कल्याण संघ र नर्सिङ वेलफेयर समितिले सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान समितिको आर्थिक, शैक्षिक र नर्सिङ कक्षमा अनिश्चितकालिन तालाबन्दी गरेको छ। कर्मचारीहरुले सेवा अवधि गणना, जोखिम भत्ता, अध्ययन विदा लगायतका विषयमा १३ बुँदे माग राख्दै आएको छ। माग पुरा गर्न बनेको समितिले दिएको सुझाव कार्यान्वयन नगरेको भन्दै कर्मचारीहरु आन्दोलित भएका [...]

  • सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम अनुमोदन

    सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम अनुमोदन

    अषार १९ – सरकारले संसदमा आज प्रस्तुत गर्ने नीति तथा कार्यक्रम मन्त्रिपरिषदले अनुमोदन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आज बसेको मन्त्रिपरिषद बैठकले नीति तथा कार्यक्रम अनुमोदन गरेको सरकारका प्रवक्ता गंगालाल तुलाधरले जानकारी दिनुभयो। उहांले नीति तथा कार्यक्रममा शान्ति संविधान, राष्ट्रिय स्वाधीनता र तीन खम्वे अर्थनीतिलाइ प्राथमिका दिइएको पनि प्रवत्तला तुलाधरले जानकारी दिनुभयो।

  • सभामुखको उपस्थितिमा माओवादी र एमालेबीच छलफल

    सभामुखको उपस्थितिमा माओवादी र एमालेबीच छलफल

    अषार १९ – नेपाली कांग्रेस नेता अमरेशकुमार सिंहले सभामुखको उपस्थितिमा एकीकृत माओवादी र एमालेका शीर्ष नेताहरुसंग छलफल गर्नुभएको छ। सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा आज बिहान भएको छलफलमा लडाकु समायोजन र भदौ चौधभित्र संविधान निर्माण गर्ने बिषयमा छलफल भएको कांग्रेस नेता सिंहले जानकारी दिनुभयो। छलफमा एकीकृत माओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष डाक्टर बाबुराम भट्टराई, एमाले [...]

  • राफेल नाडाल र विश्वनम्बर दुई नोभाक जोकोभिकबीच प्रतिस्पर्धा

    राफेल नाडाल र विश्वनम्बर दुई नोभाक जोकोभिकबीच प्रतिस्पर्धा

    अषार १९ – वर्षको तेस्रो ग्रान्डस्लाम विम्बल्डन टेनिस च्याम्पियन्सीपको उपाधिका लागी आज विश्व नम्बर एक राफेल नाडाल र विश्वनम्बर दुई नोभाक जोकोभिकबीच प्रतिस्पर्धा हुदैछ। आजको खेलमा यी दुई बीचको खेलमा नाडालले उपाधि जिते पनि भोलीबाट सर्वियाका नोभाक नम्बर एक बन्दैछन् भने स्पेनिस नाडाल नम्बर दुईमा झर्नेछन्। जसका कारण पनि आजको खेललाई शीर्षताको लडाईका रुपमा हेरिएको [...]