अषार १७ – सार्वजनिका लेखा समितिले नेपाल प्रहरिले संचालन गरेको पेट्रोल पम्पको आय व्यय तिन तिन महिनामा सार्वजनिक गर्न निर्देशन दिएको छ। सिहंदरबारस्थित समितिको कार्यकक्षमा बसेको बैठकले प्रहरी कल्याण कोषको रकम तथा प्रहरिले संचालन गरेको विभिन्न आयमुलक कार्यहरुको विवरण सार्वजनिक गर्न निर्देशन दिएको हो। साथै बैठकले अख्तियार दुरुपयोग अनुशन्धान आयोगमा रहेको प्रहरी कल्याणकोषको चार करोड रकममा भएको घोटाला छानविन प्रक्रियालाई छिटो टुङगाउन समेत निर्देशन दिएको छ।
बैठकमा सभासदहरुले प्रहरी कल्याण कोषको रकम हिना मिना भएको भन्दै आय व्यय विवरण प्रस्तुत गर्न माग गरेका थिए। प्रहरि कल्याण कोषको विधानमा सामाजिक उद्देश्यका लागि कोष संचालन हुने भनि दर्ता गरीएको छ। तर सभासदहरुले कोषको रकम सेवा प्रदान भन्दा पनि आर्थिक मुनाफा आर्जन गर्न तर्फ केन्द्रीत भएकोमा गृह सचिव तथा नेपाल प्रहरीका महानिरिक्षको ध्यानार्काषण गरेका थिए। सभासदहरुले गत बर्ष कोषको रकममा चार करोडको घोटाला भएकोमा त्यसको छानविन गर्न समेत माग गरेका थिए।
बैठकमा गृहसचिव लिलामणि पौडेलले प्रहरि कल्याणकोष गैर सरकारी संस्थाका रुपमा दर्ता भएको जानकारी गराउनुभएको थियो। सचिव पौडेलले घोटालाको विषयमा अख्तियारले छानविन गरी रहेको बताउनुभयो। उहाले नयां आर्थिक बर्ष देखि कोषको आम्दानीको आयव्यय विवरण तिन तिन महिनामा सार्वजनीक गर्न प्रतिबद्धता जनाउनुभयो। नेपाल प्रहरि कल्याण कोषले २०६७ श्रावण देखि २०६८ जेष्ठ सम्ममा १२ करोड खुद आम्दानि गरेको प्रतिवेदन समितिलाई बुझाएको छ।









There are currently no comments on पेट्रोल पम्पको आय व्यय तिन तिन महिनामा सार्वजनिक. Perhaps you would like to add one of your own?