Articles Posted on July 1st, 2011

  • खोपासी जलविद्युत

    खोपासी जलविद्युत

    अषार १७ – सरकारले देशमा उर्जा संकटकाल घोषणा गरी नयां जलविद्युत आयोजनाहरु निर्माणमा जोड दिइरहेकै समयमा काभ्रेको पनौती जलविद्युत आयोजना भने मर्मत हुन नसक्दा पूर्ण रुपमा बन्द भएको छ। विक्रम सम्वत् २०२२ सालमा रुसको सहयोगमा निर्मित फर्पिङ पछिको दोस्रो पुरानो जलविद्युत केन्द्र यतिबेला पुनर्निर्माणको पखाइमा छ। तर, त्यसतर्फ नेपाल विद्युत प्राधिकरणको ध्यान पुग्न सकेको छैन। [...]

  • शान्तिप्रकृया दलहरुका लागि जीवन मरणको सवाल : सि.पी.गजुरेल

    शान्तिप्रकृया दलहरुका लागि जीवन मरणको सवाल : सि.पी.गजुरेल

    अषार १७ – एकीकृत नेकपा माओवादीका सचिव सि.पी.गजुरेलले नयाँ संविधान निमार्ण र शान्तिप्रकृया दलहरुका लागि जीवन मरणको सवाल रहेको बताउनुभएको छ। आज काठमाडौमा दक्षिण एसियामा लोकतन्त्र र शान्ति प्रकृयाको चुनौती विषयक सम्मेलनमा सचिव गजुरेलले माओवादी सवै समूहको  अधिकार सुनिश्चित हुने संविधानको पक्षमा रहेको स्पष्ट पार्नुभयो। सोही सम्मेलनलाई सम्वोधन गर्दै उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीले गरीबी, [...]

  • महिला विभागले दाङका सञ्चार माध्यमहरुमा अनुगमन

    महिला विभागले दाङका सञ्चार माध्यमहरुमा अनुगमन

    अषार १७ – नेपाल पत्रकार महासंघ दाङ शाखा अर्न्तगत महिला विभागले दाङका सञ्चार माध्यमहरुमा अनुगमन सुरु गरेको छ। महिला विभागले दाङका विभिन्न माध्यमहरुमा महिला संचारकर्मीको अवस्था पत्ता लगाउने उद्देश्यले अनुगमन शुरु गरेको हो। महिला विभाग प्रमुख बसुन्धरा गौतमको नेतृत्वमा टोलीले अनुगमन गरिरहेको छ। टोलीले संचार माध्यमको स्थितीका बारे अध्ययन गरि  यथार्थ विवरण लिने विभाग प्रमुख [...]

  • सप्तकोशीमा चार बेपत्ता

    सप्तकोशीमा चार बेपत्ता

    अषार १७ – सप्तकोशीमा पानीको बहाव बढ्दै गएको बेला केही बेर अघि बालुवा सफाई गर्ने एउटा ड्रेजर मेसिन पल्टिदा चारजना बेपत्ता भएको छ। कोसी ब्यारेज भन्दा करिव ढेड किलोमिटर दक्षिण उक्त ड्रेजर मेसिन बालुवा सफा गर्ने क्रममा पल्टिएको हो। बेपत्ताहरु स्थानिय नाविकहरुद्धारा खोजी भइरेको कोशीब्यरेज प्रहरी नायब निरिक्षकका सम्भु बस्नेत जानाकारी दिनुभयो। पानीको तिव्रवेगका कारण [...]

  • काठमाडौंमा सिठ्ठी जुलुश

    काठमाडौंमा सिठ्ठी जुलुश

    अषार १७ – नेपाल पत्रकार महासंघले पत्रकार खिलनाथ ढकाल माथि आक्रमण गर्ने युथ फोर्स मोरङका अध्यक्ष परशुराम बस्नेत लगायतका लाई कार्बाहीको माग गर्दै काठमाडौंमा सिठ्ठी जुलुश गरेको छ। दोश्रो चरणको आन्दोलन अर्न्तगतको अन्तिम कार्यक्रमको समापन गर्दै महासंघले अबको ध्यान न्यायलयबाट पीडितलाई न्याय र पीडकलाई सजाय गराउनमा केन्द्रीत रहने जनाएको छ। पत्रकार ढकाललाई आक्रमण गरेको भनिएका [...]

  • काठमाण्डौं उपत्यका धेरै ठांउमा बर्षाका कारण जलमग्न

    काठमाण्डौं उपत्यका धेरै ठांउमा बर्षाका कारण जलमग्न

    अषार १७ – मध्य असार काटिसक्दा देशभर अविरल बर्षाले जनजीवन प्रभावित भएको छ। काठमाण्डौं उपत्यकामा पनि अत्यधिक बर्षाका कारण धेरै ठांउ जलमग्न भएको छ। बर्षायाममा पानी पर्नु कुनै नौलो विषय भएन। तर राजधानी काठमाडौंमा परको पानीका कारण आवज आवत गर्न नै समस्या हुने गरेको छ। यो काठमाडौंको जमलस्थित नाचघर अगाडी सडकको दृश्य हो। त्यहां जमेको [...]

  • ‘वर्ल्ड कप इन नेपाल’ नामक चलचित्र रिलिजको तयारीमा

    ‘वर्ल्ड कप इन नेपाल’ नामक चलचित्र रिलिजको तयारीमा

    अषार १७ – दशरथ रंगशालामा विश्वकप फुटबल २०१४को एसियाली छनोट खेल अन्तरगत पहिलो चरणको खेल सन्चालन भइरहेका बेला फुटबलमा आधारित फिफा वर्ल्ड कप इन नेपाल नामक चलचित्र रिलिजको तयारीमा पुगेको छ। चिलचित्र निर्माता कम्पनी नेचुरल मूभी मेकर्स प्रालिले शुक्रबार पत्रकार सम्मेलन गर्दै तयारीको पोष्ट प्रोडक्सनको काम मात्र रहेको जनाएको हो। गाउघरमा रहेको फुटबल मोहलाई नजिकबाट [...]

  • nepal-sports

    नेपालले यससाता दुई अन्तराष्ट्रिय प्रतियोगितामा सहभागीता जनाउने

    अषार १७ – अन्तराष्ट्रिय प्रतियोगितामा तीव्रता दिदै आएको नेपालले यससाता दुई अन्तराष्ट्रिय प्रतियोगितामा सहभागीता जनाउने भएको छ। घरेलु मैदान दशरथ रंगशालामा विश्वकप फुटबलको एसियाली छनोट खेल चलिरहदा नेपाली बक्सिङ टोलीले जाकर्तामा र एथलेटिक्स टोलीले जापानमा प्रतिस्पर्धा गर्न लागेको हो। आउदो मंगलबारदेखि जापानको कोबे शहरमा हुने १९ औं एसियन एथ्लेटिकस च्यामिपयन्सीपमा नेपालबाट हरिकुमार रिमाल र सूर्यमाया [...]

  • पेट्रोल पम्पको आय व्यय तिन तिन महिनामा सार्वजनिक

    पेट्रोल पम्पको आय व्यय तिन तिन महिनामा सार्वजनिक

    अषार १७ – सार्वजनिका लेखा समितिले नेपाल प्रहरिले संचालन गरेको पेट्रोल पम्पको आय व्यय तिन तिन महिनामा सार्वजनिक गर्न निर्देशन दिएको छ। सिहंदरबारस्थित समितिको कार्यकक्षमा बसेको बैठकले प्रहरी कल्याण कोषको रकम तथा प्रहरिले संचालन गरेको विभिन्न आयमुलक कार्यहरुको विवरण सार्वजनिक गर्न निर्देशन दिएको हो। साथै बैठकले अख्तियार दुरुपयोग अनुशन्धान आयोगमा रहेको प्रहरी कल्याणकोषको चार करोड [...]

  • कपिलवस्तुको चैनपरबाट चरेश सहित पक्राउ

    कपिलवस्तुको चैनपरबाट चरेश सहित पक्राउ

    अषार १७ -  कपिलवस्तुको शिवपूर गाविसस्थित चैनपरबाट चरेश सहित पक्राउ परेका २ जनलाई प्रहरीले सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा बाग्लुङ्गका मनपुरी घर्ती र रामचन्द्र थापा छन्। लागु औषध चरेस सहित उनीहरुलाई प्रहरीले वुधवार पक्राउ गरेको थियो। मनपुरी घर्तीको घरमा कालो प्लास्टिक ड्रममा प्लास्टिक र टेपले बेरी जमिनमुनी गाडेको अवस्थामा प्रहरीले चरेश फेला पारेको थियो। उनीहरुका [...]