अषार १० - नेपालगञ्ज बाट हुम्लाका लागि उडेको तारा एयरको डोरनियर विमान हुम्लाको सिमिकोट विमानस्थलमा दुर्घटना भएको छ।
विमान अवतरणको क्रममा विमानस्थलको लेभल नमिल्दा दुर्घटना हुन पुगेको तारा एयरले बताएको छ। दुर्घटना हुंदा विमानको पछिल्लो भाग क्षतिग्रस्त भएको छ भने चालक दलका डि आर निरौला, एन. एम. श्रेष्ठ र दीपा जोशी सकुशल रहेको तारा एयरले बताएको छ। खाद्य सामग्री लिएर गएको बिमानमा चालक दलका सदस्य मात्र थिए।









There are currently no comments on हुम्लाको सिमिकोट विमानस्थलमा विमान दुर्घटना. Perhaps you would like to add one of your own?