Articles Posted on June 15th, 2011

  • सेरेना विलियम्सले विजयी सुरुवात गरिन्

    सेरेना विलियम्सले विजयी सुरुवात गरिन्

    अषाढ ०१ – चोटका कारण करीव एक वर्षपछि कोर्टमा फर्केकि अमेरिकी टेनिस स्टार सेरेना विलियम्सले इस्टवोउरर्नेमा सञ्चालन भइरहेको टेनिस प्रतियोगितामा विजयी सुरुवात गरेकी छिन। प्रतियोगिताको पहिलो चरणमा सेभेन्तेना प्रिनोकोभालाई १–६, ६–३ र ६–४ चारले पराजित गर्दै सेरेनाले विजयी सुरुवात गरेकी हुन्। खुट्टाको चोटका कारण झण्डै एक वर्ष कोर्टबाट टाढा रहेकी सेरेनाले पहिलो सेट १–६ ले [...]

  • एपिएफले मच्छिन्द्रविरुद्ध एक एक गोलको बराबरीमा खेले

    एपिएफले मच्छिन्द्रविरुद्ध एक एक गोलको बराबरीमा खेले

    अषाढ ०१ -  जारी सिजनको सहिद स्मारक ए डिभिजन लीगमा खराव प्रदर्शन गरिरहेको विभागीय क्लव एपिएफले मच्छिन्द्रविरुद्ध एक एक गोलको बराबरी खेलेको छ। लीगको पुछारतीर रहेको मछिन्द्रसंग बराबरी खेलेको एपिएफले पूरै खेलमा फितलो प्रदर्शन गर्दै दोस्रो बराबरी खेल्न वाध्य भयो। यता लीगमा दोस्रो जित दर्ता गर्ने दाउमा रहेको मच्छिन्द्रका लागि खेलको चौसठ्ठीऔं मिनेटमा उजेन लामाले [...]

  • सडक दुर्घटना रोक्न के गर्नु पर्ला?

    सडक दुर्घटना रोक्न के गर्नु पर्ला?

    अषाढ ०१ – सडक दुर्घटना रोक्न के गर्नु पर्ला? सबैले जवाफ देलान्, सडक राम्रो हुनुपर्छ, सवारी साधनको अवस्था राम्रो हुनुपर्छ अनि चालक र यात्रुले पनि ध्यान पुर्‍याउनुपर्छ। समग्रमा ट्राफिक नियमको पालना गर्नुपर्छ। तर, राजधानी काठमाडौंलाई तराइसंग जोड्ने वैकल्पिक मार्ग वीपी राजमार्गमा दुर्घटना बढ्न थालेपछि भने सिन्धुलीवासी भगवानको सहारामा पुगेका छन्। सिन्धुली, काभ्रे र रामेछापको संगम [...]

  • फोटो सहितको मतदाता नामावली संकलन : निर्वाचन आयोग

    फोटो सहितको मतदाता नामावली संकलन : निर्वाचन आयोग

    अषाढ ०१ – शुद्ध मतदाता नामावली स्वच्छ निर्वाचनको मुल नाराका साथ निर्वाचन आयोग फोटो सहितको मतदाता नामावली संकलनमा व्यस्त छ। मुलुकका अधिकांश गाविसमा फोटोसहितको नामावली संकलन गरिसकेको आयोग अहिले सहर केन्द्रीत भएको छ। आफ्नो स्थायी ठेगाना भन्दा बाहिर रहेका नागरिकको पनि मतदाता नामावलीमा नाम सूचीकृत गर्न अहिले आयोगले बसोबास गरेकै स्थानबाट नामावली संकलन गर्न थालेको [...]

  • हाते कागज उद्योग बन्द हुने अबस्थामा पुगे

    हाते कागज उद्योग बन्द हुने अबस्थामा पुगे

    अषाढ ०१ – पर्वतको शालिजाका महिलाले सञ्चालन गरेको हाते कागज उद्योग जनशक्ति र लगानीको अभावमा बन्द हुने अबस्थामा पुगेको  छ। जंगलमा पुगेर लोक्ता ल्याउन र बजारसमेत राम्रोसँग पाउन नसकेपछि  हम्पाल बन जन्य उद्योग बन्द हुने अवस्थामा पुगेको हो। वनमा पाइने लोक्ता प्रशोधन गरेर नेपाली हाते कागज बनाउन स्थानीय महिलाहरुको सक्रियतामा गत वर्ष उक्त उद्योगको स्थापना [...]

  • कोर्दोफानमा भैरहेको युद्ध तत्काल रोक्न आग्रह : ओबामा

    कोर्दोफानमा भैरहेको युद्ध तत्काल रोक्न आग्रह : ओबामा

    अषाढ ०१ – अमेरिकी राष्ट्रपति बाराक ओबामाले सुडानको दक्षिणी क्षेत्र कोर्दोफानमा भैरहेको युद्ध तत्काल रोक्न आग्रह गरेका छन्। ओबामाले एक अडियोटेप मार्फत उत्तरी तथा दक्षिणी सुडानका जनतालाई आफ्नो जिम्मेवारी पूरा गर्न तथा देशलाई पुन गृहयुद्धमा नधकेल्न आग्रह गरेका हुन्। ओबामाले सैन्य बलले समस्याको समाधान नहुने भन्दै हिंसाग्रस्त क्षेत्रबाट आफ्ना सैनिक छिट्टै फिर्ता बोलाई वार्ताद्धारा समस्या [...]

  • न्यायिक छानबिन माग

    न्यायिक छानबिन माग

    अषाढ ०१ – सशस्त्र द्वन्द्वको समयमा राज्य र माओवादीका तर्फबाट मारिएका र बेपत्ता पारिएका नागरिकका आफन्तहरुले सत्य र न्यायिक छानविनका लागि माग गरेका छन्। संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चआयुक्तको नेपालस्थित कार्यालयले आज काठमाडौंमा आयोजना गरेको सत्य र न्यायको आवाज संक्रमणकालीन न्यायसम्बन्धि छलफल कार्यक्रममा पीडितहरुले सत्य निरुपण तथा मेलमिलाप आयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको मस्यौदा विधेयकका सवालमा [...]

  • मनकामना ३ जातको मकैको मूल बिउ उत्पादन सुरु

    मनकामना ३ जातको मकैको मूल बिउ उत्पादन सुरु

    अषाढ ०१ – मकै बालीको उत्पादन बृद्धि गर्न क्षेत्रीय कृषि अनुषन्धान केन्द्र खजुराले यसवर्षदेखि मनकामना ३ जातको मकैको मूल बिउ उत्पादन सुरु गरेको छ। विशेषगरी मध्य पहाड तथा पहाडी क्षेत्रका दैलेख, जाजरकोट, रुकुम , बाजुरा, डडेलधुरा लगायतका जिल्लाहरुमा मकैको उत्पादन बृद्धि गरी त्यस क्षेत्रका किसानहरुलाई खाद्य अभाव हुन नदिन मनकामना―३ जातको मकैको बिउ उत्पादन सुरु [...]

  • बाहिनीपति ट्रफी खेलकुद प्रतियोगिता सम्पन्न

    बाहिनीपति ट्रफी खेलकुद प्रतियोगिता सम्पन्न

    अषाढ ०१ – नेपाली सेनाको उन्नाई नम्बर बाहिनी तुलसीपुरको आयोजनामा गत जेठ दशगतेदेखि सुरु भएको बाहिनीपति ट्रफी खेलकुद प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा राप्तीका सल्यान, रुकुम रोल्पा प्यूठान र दाङमा रहेका नेपाली सेनामा कार्यरत विभिन्न खेलाडीहरुबीच प्रतिस्पर्धा गराइएको थयो। प्रतियोगितामा रोल्पाको देवीदत्तगण प्रथम भई बाहिनीपति ट्रफी प्राप्त गरेको छ भने प्युठानको चण्डीदल गणले दोस्रो र [...]

  • कार्यदलको बैठकमा शासन प्रणालीका विषयमा छलफल हुने

    कार्यदलको बैठकमा शासन प्रणालीका विषयमा छलफल हुने

    अषाढ ०१ – संविधान टुंगिन बांकी विषयमा सहमति जुटाउन गठन गरिएको कार्यदलको आजको बैठकमा शासकीय स्वरुप अन्तर्गत संघीय शासन प्रणालीका विषयमा छलफल भएको छ। सिंहदरबारमा भएको बैठकमा संघीय शासन प्रणालीका विषयमा दलहरुले आ– आफ्नो एजेण्डा प्रस्तुत गरेको संसदका कानुनी सल्लाहकार टेकप्रसाद ढुंगानाले जानकारी दिनुभयो। कार्यदलको आजको बैठक दलहरुका आफ्ना प्रस्तावहरुलाई समायोजन गरी सर्वसम्मत मोडेल बनाउने [...]