Breaking News

पाँचथरमा निर्वाचन गतिविधि व्यापक बनाइँदै

गिरिराज बाँस्कोटा/ पाँचथर, २२ जेठ । पाँचथर जिल्लामा पनि स्थानीय तह अन्तर्गत दोस्रो चरणको निर्वाचन गतिविधि व्यापक रुपमा अघि बढेको छ ।

सदरमुकाम फिदिम लगायतका गाँउ गाँउमा राजनीतिक दलहरुले चुनावी गतिविधि अघि बढाएका छन् । पाँचथरका १ नगरपालिका र ७ गाँउपालिकामा मुख्य राजनीतिक दलहरुले सभा, घरदैलो, भेटघाटका कार्यक्रम गर्दै जिल्लालाई नै चुनावमय बनाएका हुन् । जिल्लामा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी) केन्द्र लगायतका दलहरुले उम्मेद्वारी तय गरिसकेका छन् ।

८ वटै स्थानमा निर्वाचन कार्यालय स्थापनाको काम काम भइरहेको जिल्ला निर्वाचन अधिकारी ध्रुव राईले बताए । आवश्यक सामाग्री गाँउगाउँमा पठाउनका लागि तयारीमा राखिएको बताउँदै राईले निर्वाचनमा स्थानीय स्तरमा देखिएको उत्साहले काम गर्न पनि जाँगर चलेको बताए ।

shares