Breaking News

आईएसले लियो लण्डन हमलाको जिम्मा

काठमाण्डौ, २२ जेठ । बेलायतको राजधानी लण्डनमा शनिबार भएको आतंकवादी हमलाको जिम्मा आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस) ले लिएको छ ।

आईएसले एक बयान जारी गर्दै भन्यो, ‘इस्लामिक स्टेटका एक सेनाको समूहले लण्डनमा भएको हमलाको जिम्मा लिएको छ, यो हमलामा इस्लामिक स्टेटको हात छ’ ।

बेलायती प्रहरीले उक्त हमलाको आशंकामा अहिलेसम्म १२ जनालाई नियन्त्रणमा लिइसकेको छ ।

shares