उत्तर प्रदेशमा यात्रुबाहक बस दुर्घटना, २२ को मृत्यु

काठमाण्डौ, २२ जेठ । उत्तर प्रदेशमा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तिमा २२ जनाको मृत्यु भएको छ ।

यात्रुबाहक बस ट्रकसँग ठोक्किदा एक्कासी आगो लागेको थियो । उत्तर प्रदेशको बरेलीस्थित नेसनल हाइवे २४ मा उक्त घटना भएको थियो । घटनामा परेर घाइते भएकाहरुलाई नजिकैको अस्पतालमा लगिएको र तीमध्ये धेरैको अवस्था चिन्ताजनक भएको बताइएको छ ।

घटनाग्रस्त बस उत्तर प्रदेश स्टेट ट्रान्सपोर्ट कर्पोरेसन अन्तर्गत सञ्चालित छ । सो बस न्यु दिल्लीबाट उत्तर प्रदेशस्थित गोन्डा जाँदै थियो ।