Breaking News

मधुमेह रोगिका लागि यस्ता अासन लाभदायक–

काठमाण्डौ, २१ जेठ । तनावले भरिएको जीवनमा योगको निकै महत्व हुने गर्दछ ।

मानिसहरु आजभोलि निकै कम उमेरमा मधुमेहको शिकार हुने गरेका छन् । यदि तपाई पनि यस्तै समस्याबाट चिन्तित हुनुहुन्छ भने पक्कै ध्यान दिनुपर्दछ ।
कति यस्ता आसनहरु छन् जसले मधुमेहजस्तो रोगलाई दूर गर्न मद्दत गर्दछ । आउनुहोस् के के हुन् ती आसनहरु–

१. कपालभाति

यो आसन गर्दा हाम्रो तन्त्रिका तन्त्रलाई पुनर्जीवित हुने गर्दछ । यसो गर्नाले मधुमेहका रोगिहरुलाई निकै लाभ मिल्ने गर्दछ । यो आसनले पेटको अंगलाई उत्तेजित गर्दछ र रक्तप्रवाह तीव्र हुने गर्दछ ।

२. अनुलोम विलोम प्राणायाम

यो आसनमा बिस्तारै बिस्तारै सास लिने गर्दछ र बिस्तारै छोड्ने गर्दछ । यसो गर्नाले शरीरमा अक्सिजनको मात्रा बढ्दछ र रक्तसञ्चारमा सुधार हुने गर्दछ ।

३. बालासन

यो आसान देख्दा यस्तो लाग्छ कि जस्तो कुनै बालक वा बालिका बसेको छ । यो आसन गर्दा तिघ्रामा र घुँडामा दबाब बढ्छ जसले गर्दा शरीरमा स्ट्रेसको लेभल पनि घट्ने गर्दछ ।

४.पश्चिमोत्तासन

यो आसनमा व्यक्ति आफ्नो खुट्टालाई फैलाएर आफ्नो सामु झुक्ने गर्दछ । यो आसन पनि मधुमेह रोगिका लागि वरदान साबित हुने गर्दछ । यो आसनले शरीर र प्राणको स्तरमा सन्तुलित पनि कायम गर्दछ ।

shares