Breaking News

भक्तपुरमा सप्ताहव्यापी योग जागरण अभियान

काठमाण्डौ, २१ जेठ । पतञ्जली योग समिति भक्तपुरको आयोजनामा भएको सप्ताहाव्यापी योग जागरण अभियान सम्पन्न भएको छ ।

योग अभियानमा आफू निरोगी भई परिवार र समाजलाई स्वच्छ कसरी बनाउनेबारे प्रशिक्षित गरिएको थियो । स्वस्थ्य व्यक्ति, स्वस्थ्य समाज हुँदै स्वस्थ्य राष्ट्र निमार्णमा योग साधनाले सहयोग पुर्‍याउने अभियन्ताहरुले बताए ।

साथै उक्त अभियानमा सहभागीहरुलाई योग अभ्यास पुस्तिका समेत उपलब्ध गराइएको थियो ।

shares