स्वास्थ्यमन्त्रीद्वारा १० महिने कार्यकालकाे समीक्षा

काठमाण्डौ, २१ जेठ । स्वास्थ्य मन्त्री गगन थापाले  स्वास्थ्य क्षेत्रलाई  गुणस्तरीय सँगै दीर्घकालिन बनाउन आफ्नो कार्यकालमा महत्वपूर्ण कामको सुरुवात भएको बताएका छन् ।

अाफ्नाे १० महिने कार्यकालका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्री थापाले संघीयता अनुसार स्वास्थ्य संस्थाको ब्यवस्थाकाे प्रक्रिया सुरु गरेको बताए ।

अब बन्ने नयाँ सरकारबाट  स्वास्थ्य मन्त्रालय आउने जो काेहिले अाफुले सुरु गरेका महत्वपूर्ण कार्यकाे  कार्यान्वयन गर्न पहल गर्नुपर्नेमा उनले जाेड दिए ।

मन्त्री थापाले  स्वास्थ्य क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको भन्दै नयाँ  बन्ने सरकारमा पनि  स्वास्थ्य मन्त्री बन्ने ईच्छा  रहेकाे संकेत गरेका छन् ।