चुडामणि शर्मालाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं २१ जेठ ।  आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मालाई काठमाडौं विशेष अदालतले सात दिन हिरासतमा राख्न अादेश दिएकाे छ ।

भ्रष्टाचारकाे अारोपमा अख्तियार दुरुपयोग अनुसन्धान अायोगले शुक्रवार आन्तरिक राजश्व विभागबाटै पक्राउ परेका शर्मालाई आज विशेष अदालतमा उपस्थित गराइएकाे थियो । अख्तियारको हिरासतमा राखेर थप अनुसन्धान गर्न अदालतले अादेश दिएकाे हो । ठूला व्यापारीलाई राजश्व मिनाहा गरेर राज्यलाई  हानी नोक्सानी  पुर्याएकाे आरोपमा उनी पक्राउ परेका थिए ।