एमाले नेतृ फोरम नेपालको गाउँपालिका उपप्रमुखकाे उम्मेद्वार

भैरहवा २१ जेठ । संघीय समाजवादी फोरम नेपाल रुपन्देहीले सियारी गाउँपालिकाको उपप्रमुखकाे उम्मेद्वारमा सुशिला चौधरीलाई चयन गरेको छ । चौधरी हिजो  मात्रै एमाले परित्याग गरि फोरम नेपालमा प्रवेश गरेकी थिइन् ।चाैधरीसंगै एमालेका  धेरै कार्यकर्ताहरु फोरम नेपाल प्रवेश गरेका थिए ।

नवप्रवेशीलाई स्वागत गर्दै फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानले गाउँ, नगरमा धेरै अधिकारहरु हस्तान्तरण गरेकाले निर्वाचनमा नगए त्यो अधिकार गुम्ने खतरा भएको हुँदा त्यसलाई संरक्षण गर्न पार्टीले संघर्ष सँगसँगै निर्वाचनलाई रोजेको बताए ।

मधेशको मागबाट आफूहरु पछि नहटेको बताउँदै निर्वाचन पछि तराईका २२ जिल्लामा आफ्नो पार्टी पहिलो शक्ति बन्ने उपेन्द्रले दाबी गरे ।
मधेसी थारु, आदिवासी, जनजाति, मुस्लिम समुदयाका माग पूरा नभएसम्म संघर्षबाट पछि नहट्ने यादवको भनाई छ ।