प्रधानमन्त्री चयन प्रक्रियाप्रति एमालेकाे अापत्ति, भोलि पनि संसद चल्न नदिने

काठमाण्डौ २० जेठ । नेकपा एमालेकाे अाज बसेकाे स्थायी कमिटीकाे बैठकले संसदमा जारी प्रधानमन्त्री निर्वाचन प्रक्रियाप्रति अापत्ति जनाएको छ । बैठकले सांसदहरुलाई सूचना नदिई प्रधानमन्त्री चयन प्रक्रिया  बढ्न नसक्ने निष्कर्ष निकालेको छ ।

बैठकमा भोली पनि संसद अबरुद्ध गर्ने विषयमा छलफल भएकाे बताइएकाे छ । चितवनकाे भरतपुरमा माओवादीका प्रतिनिधिले मतपत्र च्यातेपछि रोकिएको मतगणना सुचारु गर्न माग गर्दै एमालेले संसद अबरोध गरिरहेको छ । संसद अबरोध भइरहेकाबेला प्रधानमन्त्री चयन प्रक्रिया सुरु गरिएकाेमा एमालेले कडा अापत्ति जनाएकाे छ ।