May 23, 2017

नयाँ शक्तिले सम्पूर्ण शक्ति निर्वाचनमा केन्द्रित गर्ने

काठमाण्डौ, ८ वैशाख । नयाँ शक्ति पार्टी नेपालले नजिकिँदै गरेको स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै आफ्ना सम्पूर्ण शक्ति निर्वाचनमा केन्द्रित गर्ने निर्णय गरेको छ ।

काठमाण्डौमा वैशाख ६ र ८ गते बसेको केन्द्रीय कार्यकारी समितिको बैठकले चुनाव चिन्हका लागि संघर्ष गर्दै निर्वाचनमा सहभागी हुन पार्टीको सम्पूर्ण शक्ति केन्द्रित गर्ने निर्णय गरेको हो । त्यस्तै पार्टीले स्थानीय तह निर्वाचनका लागि प्रतिबद्धता पत्र एक साताभित्र सार्वजनिक गर्ने जनाएको छ ।

पार्टीको विचार, सिद्धान्त र पाँच ‘स’ को अवधारणामा सहमत हुने शक्तिहरुसँग कार्यगत एकता र निर्वाचनमा तालमेलका लागि खुला रहने पनि नयाँ शक्तिले बताएको छ ।